यसरी नयाँ शैक्षिक सत्र शुरु फागुन १ गते देखि ने हामी ४ शिक्षकहरुले विद्यालयलाई राम्रो सँग सञ्चालन गरेका थियौँ । स्कूलका विद्यार्थीहरुको प्रदर्शन सरस्वती पूजाको दिनमाया समारोहमा हुन्छ । समारोह भन्नाले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ । त्यस्तै सरस्वती पूजा गरेर भोज खाने चलन थियो । तर कुनै पनि समारोहमा भाग लिन चैतन्य राष्ट्रिय प्राइमरी स्कूल पछि पर्दैन । मैले यस विद्यालयमा अध्यापक गर्दा गर्दै २००२६ सालमा नर्मल तालिमको साथै आइ.ए. पनि पास गरे । विद्यालयमा विद्यार्थीहरु बढेसँगै शिक्षक र शिक्षिकाहरु पनि थपे । २०२५ साल फागुन तिरै हुनु पर्छ । हुरी बतास आएर विद्यालयको जस्ताको छाना समेत उडाएर लग्यो । त्यो उडाएर लगेको छाना पनि मेरो बाजे पर्ने विल बहादुर व्याँ मानन्धरको सहयोगमा बन्यो । यसरी विद्यालयमा अरु अरु समस्या भएता पनि विद्यालयलाई विद्यालय पछाडिको सार्वजनिक शौचालयको समस्या पर्दथ्यो । बैशाख, जेष्ठ महिनाको गर्मिले शौचालयको गन्धले विद्यालयके पछाडिको दुई कोठाको विद्यार्थीहरुलाई ज्यादै सताउथ्यो । तर के गर्ने ? पछाडी जाने बाटामा सिस्नु र काँडा ओछ्र्याइ दिए पनि बेलुका सिस्नु र काँडा झिकि बिहान हुलका हुल मानिसहरु दिसा पिसाब गर्न पछाडि जान्छन् । त्यसैले हामीले २०२६, २०२७ साल तिर विद्यालयको पछाडि जानै नहुने गरी अगाडि पर्खाल लगाइ दियौँ । त्यस वेला हामी शिक्षकहरुलाई केही बनेपाली हुल्याहाहरुले शौचालय बन्द गरेको भनि विभिन्न धम्कि पनि दिएका थिए तर विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुका संंघर्षले पछाडिका सार्वजनिक शौचालय हटि सकेपछि विद्यालयमा विद्यार्थीहरु पनि झन बढ्दै गए । विद्यार्थीहरु बढेसँगै शिक्षकहरु पनि थपिदै लगे र विद्यार्थीहरुको पढाइ शुल्क पनि बढाउँदै लगे । यसरी २०२६,२०२७ साल देखि बनेपाको सम्पूर्ण विद्यालयहरुमा स्कूल स्थापना उत्सव मनाई त्यसैदिन सरस्वती पूजा गर्ने चलन थियो । यसरी सरस्वती पूजामा बनेपाका अरु विद्यालयका हेड मास्टर र अन्य गन्य मान्यलाई आमन्त्रण गरी भोज खुवाउने चलन थियो । त्यसैले चैतन्य स्कूलको पनि स्थापनाको दिन कहिले हो भनेर मैले मेरो वाज्य मोहन लाल खिं मानन्धरसँग सोधे किनभने २०७७ साल पछि चैतन्य स्कूल खोल्न वहाँको अग्रणि भूमिका थियो । २०१७ सालमा विद्यालय नेपाल सरकारबाट स्वीकृति मात्र पाएको थियो तर विद्यालयका स्थापना त्यो भन्दा पहिले नै भएको थियो । वहाँले (मोहन लाल खिं) विद्यालय खोलेको दिन थाहा भएन भनेर भन्नु भएपछि हामी विद्यालयका शिक्षक साथीहरुको समर्थनमा आजाद हाई स्कुल फागु २५ गते स्थापना भयो भने चैतन्य स्कूलको स्थापना दिन फागुन २४ भनि निर्णय गरी सधै फागुन २४ गते स्कूलको जन्मोत्सव मनाई त्यसै दिन सरस्वती पूजा गर्ने चलन पनि भयो । यसरी मैले २०२४ साल आश्विन महिना देखि २०२९ साल माघ महिना सम्म चैतन्य राष्ट्रिय प्राइमरी स्कूलमा प्रधानाध्यापक भई काम गरेका थिए । २०२८ सालमा पञ्चायति सरकारले नेपालमा नयाँ शिक्षा लागु गरिएको थियो । तर काभ्रे जिल्लामा २०२९ सालमा मात्र लागु भएको थियो । मैले आइ.ए. पास गरेको हुनाले मलाई निम्न माध्यमिकको दरवन्दीमा आजाद हाई स्कूल खटायो । २०२९ साल फागुन महिनामा आजाद हाई स्कूलमा सरुवा भएर गए । म स्कूलकै कोटाबाट वि.एड. पढ्न किर्तिपुर गए । २०३० साल र २०३१ सालको वि.एड.पुरा गरी म पुन आजाद हाई स्कूल फर्के । त्यस वेला मैले वि.एड. प्रथम सेमेष्टर र दोश्रो सेमेष्टर पुरा गरी तेश्रो र चौँथो सेमेष्टरको एउटा एउटा विषय पुरा गर्न सकेन । म आजाद हाई स्कूल फर्के पछि मैले हेड सरसँग आइ. एडको तलब माग गरे । त्यस बेला आए.ए को शिक्षक तलब रु २२५।– थियो भने आइ.एड.को रु २५०।– थियो । तर आजाद हाई स्कूलका हेड सरले वि.एड. पुरा गर्नु पर्छ भनेर मलाई आइ.एड को शिक्षक तलब नदिई त्यही आइ.ए को शिक्षक तलब दिनुभयो । त्यसपछि मैले आजाद हाई स्कूलमा एउटा बेतलबी विदाको पत्र छाडि पोखरा लागे । म पोखरामा ४, ५ वर्ष बसि पोखराको पृथ्वी नारयण क्याम्पसमा मैले मेरो वि.एड. को बाँकी विषयमा अध्ययन गरी वि.एड. पुरा गरी २०३६ साल जेष्ठ महिनामा फेरि घर फर्के । त्यस बेला मेरा भाई मदन काजी मानन्धरको साथी पर्ने जिल्ला शिक्षा अधिकारीको सहयोगले पुन मलाई चैतन्य निम्न माध्यमिक विद्यालयको हेड मास्टरै नियुक्ति गरी पठाए । यसरी २०३६ सालमा पुन म आउँदा पुराना शिक्षकहरु श्याम सर, कृष्ण सर र सुवस सर मात्र हुनु हुन्थ्यो भने अरु सरहरु मेरो लागि नयाँ हुनु हुन्थ्यो । सबै शिक्षकहरुको राम्रो सहयोगले विद्यालय पनि राम्रोसँग सञ्चालन भयो । म २०३६ सालमा विद्यालयमा आउँदा मूख्य भवनको ६ कोठामा कक्षा १ देखि कक्षा ६ सम्म मात्र सञ्चालन भएको थियो । अफिसको लागि वार्दलिमा कोठा बनाई राखेको थियो । पछि कक्षा ७ सञ्चालन गर्न मुख्य भवन पछाडि जहाँ पहिले सार्वजनिक शौचालय थियो । त्यहाँ जस्ताको छाना राखि टहरा बनाए । टहरा पनि ठूलो थियो ।जहाँ कक्षा सञ्चालन गर्न ४ वटा कोठा भयो । त्यसैले २०३६ फागुन महिना देखि कक्षा १ देखि कक्षा ७ सम्म राम्ररी सञ्चालन भयो । विदालयको शिक्षक दरवन्दि पनि पुरै थियो । निम्न माध्यमिक विद्यालयमा २ जना शिक्षक दरवन्दि थियो भने प्राथमिक विद्यालयमा ७ जना दरवन्दि थिए । एक जना कार्यालय सहायक र एक जना पाले गरी विदालयका कर्मचारी ११ जना थियो । शिक्षक संख्या पुरा भएको हुनाले विद्यालय कक्षा १ देखि कक्षा ७ सम्म राम्रो सँग सञ्चालन भएको थियो । त्यसैले मैले २०३९ सालको शिक्षा दिवसको उपलक्षमा जिल्ला शिक्षा समितिबाट सम्मानका साथै नगद पुरस्कार र प्रमाण पत्र पनि पाएको थिएँ । यसरी चैतन्य निम्न माध्यमिक विद्यालय राम्रोसँग सञ्चालन हुँदै गर्दा सायद २०४०, २०४१ साल तिर यस विद्यालयको प्राथमिक विद्यालयका एउटा दरवन्दि खालि भयो । यस प्रावि दरवन्दि पूर्ति गर्न यस बाँख्यो टोलका दुई चार जना व्यक्तिहरुले मात्र होइन यस विद्यालयका सञ्चालक समितिका सदश्यहरुले समेत मलाई आफ्ना मान्छे राख्न दवाव दिएका थिए । तर मैले कुनै पनि दवावलाई मानिन । किनभने मलाई कक्षा ७ मा नेपाली विषय मात्र पढाउन सक्ने शिक्षक होइन त्यहि कक्षा ७ मा सस्कृत विषय पनि पढाउन सक्ने शिक्षक चाहेकाले मैले एक जना नेपाली पढाउन सक्ने शिक्षक नियुक्ति गरे । यस नेपाली शिक्षक नियुक्तिले गर्दा यस विद्यालयका सञ्चालक समिति र टोल बासीहरु म सँग रुष्ट भए । यसरी सञ्चालक समिति म सँग जति सुकै रुष्ट भए पनि कक्षा १ देखि कक्षा ७ सम्म विद्यालय राम्रो सँग सञ्चालन भएका थिए । प्रत्येक कक्षामा विद्यार्थीहरु पनि लगभग ७०, ८० भन्दा कम थिए । माध्यमिक विद्यालय सञ्चालन ग¥यो भने पनि आफ्नै विद्यालयका विद्यार्थीहरु मात्र भए पनि पुग्ने थियो । फेरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मात्र नभई कार्यरत शिक्षकहरुको चाहाना पनि माध्यमिक विद्यालय सञ्चालन गर्ने थियो । त्यसैले हामी विद्यालयका शिक्षकहरुको निर्णयले सञ्चालक समितिको स्वीकृति विना नै कक्षा ८ सञ्चालक समितिका स्वीकृति विना नै कक्षा ८ सञ्चालन गरे । यसले गर्दा सञ्चालक समिति झन मसँग रुष्ट भयो । कक्षा ८ मात्र सञ्चालन भए सम्म मलाई केही पिर थिएन् । जब कक्षा ८ का विद्यार्थीहरु कक्षा ९ मा पुग्यो । त्यस पछि मलाई परि प¥यो । किनभने स्कूल माध्यमिक विद्यालयको स्वीकृति पाएको थिएन् । कक्षा ९ का विद्यार्थीहरुलाई राजिष्ट्रेशन फाराम भरे पछि मात्र एस.एल.सी. परिक्षामा सामेल हुन पाउथे । त्यसैले मैले माध्यमिक विद्यालय स्वीकृति लिन विद्यालय सञ्चालक समितिको बैठक बोलाए । सञ्चालक समितिको बैठकले माध्यमिक विद्यालयलाई स्वीकृति गर्ने गरी अर्को व्यक्तिलाई हेड मास्टर पनि नियुक्ति गरी पढाए । यसले विद्यालयका शिक्षक स्टाफ र विद्यालय सञ्चालक समिति बिच असमझदारी मात्र होइन झगडा नै प¥यो । यो झगडाका बिच म विद्यालय नै जान छोडे तर जे होस नयाँ आउनु हुने हेड मास्टर र विद्यालय सञ्चालक समितिको प्रयासमा बनेपामा दोश्रो माध्यमिक विद्यालय मात्र होइन चैतन्य बहुमुखि क्याम्पस समेत स्थापना गर्न सफल भएको छ । त्यसैले एउटा किसान परिवारमा जन्मेको व्यक्ति जसले त्यहि चैतन्य स्कूलबाट बा¥ह खरी सिकि त्यहि चैतन्य विद्यालयमा कक्षा १ देखि ९ सम्म सञ्चालन गरी विद्यालय छोडेर गए पनि अहिले त्यहि आफ्नै अगाडि त्यहि चैतन्य स्कूल चैतन्य माध्यमिक विद्यालय मात्र होइन चैतन्य बहुमुखी क्याम्पस समेत भइसकेको छ । अत यहि २०७७ साल फागुन २४ गते विद्यालयको जन्मोत्सवको उपलक्षयमा चैतन्य माध्यमिक विद्यालयको मात्र नभई चैतन्य बहुमुखि क्याम्पसको समेत प्रगतिको कामना सहित हार्दिक बधाई ।
