IMG-LOGO

देश रहेन भने तपाईं हामी कहाँ जाउँला ?

 मंगल, मंसिर १०, २०८२  – रामप्रसाद ज्ञावली

    अहिले नेपालका राजनीतिक दलहरू, नयाँ अनुहारमा उदाएका जेन्जीहरू, तथाकथित सामाजिक अभियन्ताहरू, तथाकथित नागरिक अगुवाहरू, तथाकथित हावा कविकलाकारहरू, विदेशहरूद्वारा परिचालित किनिएका र बिकेका तथाकथित समाजसेवी सङ्गसंस्थाहरू,  क्लबहरू र दलालहरू अनि स्वयं सरकार सबै सबै अहङ्कार, दम्भ, विद्वेष, उद्दण्डता, अराजकता र दण्डहीनता बढाउन, फैलाउन, देशलाई अनन्तकालीन द्वन्द्वमा  झोस्नका निम्ति लागिपरेका छन् र सामाजिक सञ्जालहरू तिनका गतिविधिमा आगो लगाउँदै रमाइरहेका छन् ⁄ हत्याहिंसा, देशको सम्पदाको विनाश तथा राष्ट्रिय गौरवहरू विध्वंस गरेर पनि चित्त नबुझेर  यिनीहरू देशलाई गृहयुद्धतिर धकेल्दै छन् ।     यसबाट हामी नेपालीले दुःख पीडा मात्र पाउनेछौँ, कुनै राम्रो परिणाम पाउनेछैनौँ । त्यसैले  समयमै सतर्क बनौँ, अरूबाट परिचालित बन्ने मूर्खता छाडौँ र सबैले सबैका जायज र कानुनप्राप्त अधिकारको सम्मान गरौँ ⁄ देशलाई विदेशीहरूको मनोरञ्जन र चलखेलको भूमि हुनबाट जोगाउनेतिर लागौँ । देशमा न्यायपूर्ण र कानुनी राज स्थापित गर्नमा जोड लगाऔँ । भावुक बनेर अराजकताको आगो नतापौँ । नत्र पछुताउनुबाहेक केही बाँकी रहनेछैन् ।     यो देश नै रहेन भने दलाललाई त फरक पर्दैन, धनको दम्भमा छोराछोरी अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता विदेश पठाएर गर्व गरिरहेकाहरूलाई पनि फरक पर्दैन किनभने उनीहरू  उतै गएर बस्नेछन् । दलालहरूलाई विदेशी मालिकले दास बनाएर राख्नेछ । तर देशलाई माया गर्ने हामीहरूको बिचल्ली हुनेछ ।     त्यसैले भावनामा बगेर यिनीहरूको पक्षमा कुर्लन, रमाउन  छाडौँ, देश जोगाउनेतिर सक्रिय बनौँ । जथाभावी लेख्नेहरूलाई तिरस्कार गरौँ । नत्र दुःख पाउने हामीले नै हो, बिजोग हुने हाम्रो नै हो । हामीले थाहा पाउनुपर्छ – विदेशका दलाल र भरौटे तथा यहाँ आफूसँग सबै भएर पनि नेपालमा केही छैन भन्दै सन्तान विदेश पठाउने, आफूहरू पनि उतै गएर बस्ने योजना बनाउने र यहाँ जनताहरूमा उत्तेजना र विद्वेष फैलाएर रमाउनेहरूलाई केही फरक पर्ने होइन ।     यो देश नै रहेन भने दलालहरू त आ–आफ्ना मालिकको पास जानेछन् र सन्तान उतै पठाएकाहरू सन्तानसँग बस्न उतै जानेछन् तर तपाईंहामी कहाँ जाऔँला ? समयमै चेतौँ नत्र पछुताउन र दःुख भोग्नका निम्ति तयार बनौँ ⁄⁄⁄ सबैलाई चेतना भया ⁄⁄⁄  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्