२०५१ साल भदौ ८ गते म्याग्दी जिल्ला जानेक्रममा काठमान्डु बागलुङ चल्ने साझाबसको झ्यालबाट हेर्दै हेर्दै लगभग दिउसोको बजेतिर कास्की जिल्ला, विजयपुर खोला पुलपारी ठूलो साइनबोर्डमा लेखिएको देखेँ, पोखरामा तपाईलाई हार्दिक स्वागत ! बसबाट ओर्लन नपाई झ्यालबाट हेर्दै पृथ्वीचोक, वागलुङ वसपार्क, हेम्जा हुुदै काडेँबाट लुम्ले पुग्नु अगाडि मोडबाट दक्षिण पुर्वमा बसको झ्यालबाट झुुलुक्क हेर्दा देखिएको एउटा अनौठो दृश्य, क्षितीज, पहाड र निलो फेवाताल ! जुन मेरो मानसपटलमा गहिरिएर बसेको एउटा पहिलो प्राकृतीक भौगोलिक अनुपम दृश्य ! ओ हो ! म्याग्दि जिल्लामा ९ महिना बसुञ्जेल, ओहोरदोहोर गर्दा सधैँ रात्रीवस, बसमा गुडेर पोखरा आईपुग्दा सडकको दायाँ किनारा वा बायाँ किनाराका घरहरुको लहर, विजुुली बत्ती दृश्यमा ! कहिले त भुसुक्कै ! ब्युुँझदा त दमौली दमौली ! १५ वर्ष पछि २०६६ साउनमा ईन्जिनियरीङ कलेजबाट शैक्षिक भ्रमण मा १० जना जती कलेजका साथीहरु सगै फेरि पोखरा पुगेँ, फेवाताल, वेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, लेकसाईट घुमे । २०६६ भदौमा अफिसका ४ जनासाथीहरुसँग, २०६७ फागुन ८ गते ईन्जीनीयरीङ स्नातक बी.ई. को दिक्षान्त समारोहमा भाग लिन कलेजका साथीहरुसँग, २०६९ भदौमा चारजना साथीहरुसँग २–३ दिन पोखरा घुमेँ ! घुमे अझ नयाँ नयाँ ठाउँहरु । २०७१ माघ १६ गते फेरि मैले पोखराको यात्रा तय गरेँ ! तत्कालीन पश्चिमाञ्चल क्षेत्रका १६ मध्ये १४ जिल्लाहरुमा झोलुङ्गे पुलको नियमित मर्मत, मूख्य मर्मत र नयाँ निर्माणको लागि प्राविधिक समन्वयकर्ताको भूुमिकामा ! जब पोखरामा बसेँ, हप्तामा दुई दिन विदा !, दुईचार हप्ता त नयाँ नयाँ ठाउँ गएँ, खुशीमा रमाएँ ! डुंगामा फेवाताल, वेगनासताल, सराङकोटबाट फेवातालसम्म प्याराग्लाडीङ पनि गरेँ । धेरै नयाँ नयाँ साथी पनि बनाएँ ! रमाएँ ! तत्पश्चात ? कहाँ जाने ? पोखरा पनि उकुस मुकुस जस्तो ! ओ हो ! हामीलाई हरेक नयाँ ठाउँ घुुम्दा नयाँ दृश्यहरु, नयाँ भूगोल, नयाँ परिवेशले गर्दा रमाइलो भाको जस्तो लाग्न सक्छ, तस्विर खिचेर घरमा आएर हेर्दा , ओ हो ! कति रमाईलो ! जस्तो लाग्न सक्छ ! तर नयाँ वातावरणमा आफ्नो स्वास्थ्यले साथ नदिने, थकान, आफ्नो अनुुकुल खानपानको अभाव आदि ! अरुले फोटो हेर्दा मात्र रमाईलो ! भोग्नेलाई त ! उप्mफ ! आदि रारा तालको अनुभूति त झन .........!!! जहाँ गएपनि आफू जहाँ बसिन्छ त्यही रमाईलो ! आफ्नो ठाँउ यसै रमाईलो !
