IMG-LOGO

काभ्रेली स्रस्टा मुरहरि र नवराजको पुस्तक लोकार्पण

 मंगल, असोज २८, २०८२  --

  काभ्रेली स्रष्टाहरुको सामुहिक रचनाहरुको संग्रह’ काभ्रेली आवाजझ र कवि मुरहरि रायमाझी ’हरिको मिश्रति कविता संगालो’गाउँ बिरानो भयो दुईवटा पुस्तकको लोकार्पण गरिएको छ । प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा भएको कार्यक्रममा स्रष्टा विशेष अन्तर्गत कवि नवराज उत्साहीले आफ्नो रचनाहरु सुनाउनु भएको थियो । बनेपामा एक समारोह बीच दुई पुस्तक लोकार्पण गरिएको हो । काभ्रेली आवाज कविता संग्रह माथि समिक्षात्मक टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथि डा जिवेन्द्र देव गिरीले कविता संग्रहले कविताहरुले समाजको सामाजिक परिवेशलाई बाहिर ल्याउन प्रयत्न गरेको धारणा राख्नु भयो । संग्रहमा ४१ जना स्रष्टाका ५९ वटा रचना समावेश गरिएको छ । उहाँका अनुसार प्रकाशित कविताहरु नारी चेतना, सामाजिक विद्रोह, राजनीतिक बेथिति, पर्यावरण आदि धार पक्रन सफल भएको छ । यस्तै अर्काे पुस्तक ’गाउँ बिरानो भयोझ पुस्तक माथि परिचर्चा गर्दै शब्द यात्रा प्रकाशनका अध्यक्ष साहित्यकार हरि मञ्जु श्रीले कवि रायमाझीका कविताहरु प्रकाशन अगाबै समीक्षा भइसकेको अनुभव गरेको स्मरण गर्नु भयो । उक्त कार्यक्रममा प्राध्यापक डाक्टर विद्यानाथ कोइराला र प्रध्यापक डाक्टर हरि सिलवालले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै नियमित काव्य गोष्ठीमा १ दर्जन कविहरुले रचना वाचन गर्नु भएको थियो । कविहरु दिल पौडेल, रचना मोक्तान, युवराज नास्तिक, गोविन्द मैनाली, मच्छेश्वर सापकोटा, कालिका त्रिपाठी, संगिता खरेल, यदुनाथ देउपुरे र शशी श्री आचार्यले समय सान्दर्भिक कविताहरु प्रस्तुत गर्नुभएको थियो । कवि रायमाझीले ’गाउँ बिरानो भयोझ संङग्रहबाट एक कविता वाचन गर्नु भयो भने उहाँका अन्य तीन कविता छोरा निर्भिक जंग रायमाझी, छोरीसरिता रायमाझी र नातिनीले गरिमा अधिकारीले वाचन गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरु – प्राडा हरि सिलवाल, डाः इन्दुल केसि, साहित्यकार हरिमन्जुश्री, प्रलेस पार्सद तथा नागर्जुन वाङमयका अध्यक्ष दिल पौडेल, महासचिव युवराज नास्तिक, प्रलेस बागमती प्रदेश सचिवालय सदस्य भवानी पाण्डे काभ्रे इन्चार्ज गोबिन्द अर्यालको आतिथ्यता रहेको थियो । प्रलेस काभ्रेले स्रस्टा बिशेषमा नवराज उत्साही, कवि मुरहरी रायमाझी, दिल पौडेल, केशब घिमेरे, डा जिवेन्द्रदेव गिरि हरिमन्जुश्रीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । स्वागत मन्तव्य प्रलेस जिल्ला सदस्य श्रीकृष्ण पाण्डेले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्