IMG-LOGO

जेन–जी विद्रोहमा घुसपैठ

 मंगल, असोज २८, २०८२  – आर. एल. श्रमजीवी, प्रधान सम्पादक

नेपाल–भारत सम्बन्ध – २६ “जेन–जी आन्दोलन” ९न्भल(श् उचयतभकतक० नेपालमा सन् २०२५ सेप्टेम्बर ८÷९ का दिनमा भयो । यो एक महिनामा धेरै कुरा बाहिर आएका छन् । यो विद्रोहमा भारतको घुसपैठ छ भन्ने प्रस्ट प्रमाण त छैन् तर आशंका गरिएको भने छ । हुन त यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, प्रशासनिक असमर्थता इत्यादि कुराहरूसँग सम्बन्धित थियो । आन्दोलन बारे सरकारको यस्तो हुन्छ भन्ने अनुमान पनि थिएन । एउटा कुरा स्पष्ट छ कि यो आन्दोलनमा काठमाडौं महानगर पालिकाका मेयर बालेन साहको साथ समर्थन र सहयोग थियो । उनलाई भारतको समर्थन थियो भन्ने कुरा बाहिर आएको कुरा चाहीँ सत्य हो तर “भारतीयको घुसपैठ” भएको छ भन्ने दाबीको प्रमाण खोज्दा, सिद्ध प्रमाण वा विश्वसनीय स्रोतहरूमा त्यस्तो ठाँउ पाइएको छैन । त्यसबेला देखि अहिलेसम्मका जानकारीहरू हेर्दा पाइएको पनि छैन बरु टी ओ बि तिब्बतीयन ओर्जिनल ब्लड भन्ने कालो ज्याकेट लगाएकाको सहभागिता रहेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएका छन् । यो भन्दा पहिला कुनै पनि प्रधान मन्त्रीलाई धार्मिक नेता दलाई लामाले बधाई दिएका थिएनन् तर अन्तरिम प्रधानमन्त्री सुशीला कार्की पदमा नियुक्त हुनासाथ दलाइ लामाले बधाई तथा शुभकामना दिएका थिए । स्मरण रहोस् दलाइ लामा चीनको स्वशासित क्षेत्र तिब्बतबाट भागेर ५० वर्ष अघि भारत पुगेका थिए । हाल उनी भारत मै निर्वासित जीवन बिताइरहेका छन् । दलाई लामाले भारत मै बसेर फ्री तिब्बतको अभियान संचालन गरेका छन् उनको अभियानलाई अमेरिका र पश्चिमी मुलुकहरूले साथ र समर्थन दिएका छन् । नेपाल सरकारले भनेको छ कि ”बलबचअजष्कतक बलम चभबअतष्यलबचष्भक“ ले आन्दोलनभित्र घुसपैठ गरेको छ भनेरिपोर्ट गरिएको छ । सत्तामा रहेका प्रधानमन्त्री ओलीले “भहतभचलब िष्लतभचाभचभलअभ” वा ”घुसपैठ“ भन्ने शब्द प्रयोग गरेको भन्ने समाचारहरू पनि आएका छन् । बाह्य तत्वहरूले आन्दोलनमा खल्बल मच्चाउने कोशिस गरेको हुन सक्छ भन्ने एउटा परिकल्पना पनि हो — तर फेला परेका समाचारहरूमा त्यो ”भारतीय सरकारको प्रत्यक्ष सहभागिता“ भएको भन्ने कुनै पक्का प्रमाण भने छैनन् । बरु त्यतिबेला भारत–नेपाल सीमामा सुरक्षा कडा गरिएको र भारतका सुरक्षा अधिकारीहरूले सर्तकता अपनाइएको भन्ने कुरा भारतीय समाचारमा आएका थिए । विरोधका घटनाहरूको असर सीमावर्ती क्षेत्रसम्म पुगेको देखिन्छ । भारतलाई डर यसमा थियो कि नेपालका जेलबाट १३ हजार भन्दा बढी कैदी भारत छिर्लान भन्ने आशंका उनीहरूलाई थियो । जिनजी विद्रोहमा भारतीयको ”घुसपैठ“ भन्ने मत अझै पुष्टि हुन नसकेता पनि नेपाली जनजनमा त्यो बिश्वास छैन ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्