नेपाल–भारत सम्बन्ध – २५ जेन्जी पुस्ताको आन्दोलन पछि बनेको आन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि पल्ट भारत कै मणिपुर पुगेको बेला त्यहाँ आयोजित कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदंै नेपाल भारत सम्बन्ध ऐतिहासिक भएको बताए । ओली सरकारबाट रुष्ट मोदीकै कारण ओली प्रधानमन्त्री बनेको १७ महिनासम्म भारतले भ्रमणको निम्तो पनि पठाएको थिएन । पछि भारतीय विदेश सचीव विजय मिश्रीले साउनको दोश्रो साता नेपाल आएर निम्तो दिएका थिए । भदौको पहिलो साता केपी ओलीले चीन भ्रमण गर्दा भारत चीनले नेपालको लिपुलेकलाई व्यापारिक ड्राइपोर्ट बनाउने सम्झौता गरेकोमा चीनिया राष्ट्रपति सिजिङ पिङ्ग सामु ओलीले आपत्ति जनाए त्यसपछि भारत झन् रिसाएको भनिन्छ । ओलीको भदौ अन्तिम साता भारत भ्रमणको मिति तय नहुदैं जेन्जी आन्दोलनले उनको पद मात्रै गुमेन सेनाको हेलिकप्टर मगाएर ओली बालुवाटारबाट भाग्नु प¥यो । ओली आफूलाई जेन्जी आन्दोलनले भाग्नु परेको कुरामा सहमत छैनन् । उनको बुझाइमा भारतको बलमा नेपालमा आतंक मच्चाउने काम भएको ठहर उनको छ । भारत भने यतिबेला नेपालका जेलबाट भागेका १३ हजार कैदीबारेमा सजक र सतर्कता अप्नाएको देखिन्छ । आन्दोलनकोक्रममा केन्द्रीय र देशभर कारागारबाट भागेका नेपाली र भारतीय कैदी खुल्ला सिमानाका कारण भारत पस्लान् भन्ने कुरामा चिन्तित रहेको छ । भारतले केही वर्ष अघि भारतीय नागरिक भोला कुमार भारतको दिल्लीमा पक्राउ गरेर सहयोग पनि गरेको छ । भोला ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा जन्मकैद पाएर केन्द्रीय कारागारमा थिए । आन्दोलनको दोस्रो दिन भदौ २४ गते कारागारमा रहेका कैदी बन्दीहरू भाग्नेक्रममा भोला पनि केन्द्रीय कारागारबाट भागेका थिए । भागेर भारत पुगेका उनी उतै समातिए । भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार दिल्ली प्रहरीले गत बुधवार भोलालाई पक्राउ गरेको हो । भोलाले भारतमा आफ्नी प्रेमिकालाई हत्या गरेर नेपालमा लुकेका बेला साबित्री कि छोरीले आफ्नी आमा मार्न २२ लाख भोलालाई दिएकी थिईन् । अहिलेसम्म भारतले यो सरकारलाई सहयोग पु¥याउने नै देखिन्छ । हेरौं आगामी दिनमा भारतले कसरी सहयोग गर्छ । भारतका कुनैपनि छिमेकी मुलुकसँग राम्रो सम्बन्ध छैन । दक्षिण एसियायी मुलुक श्रीलंका बङलादेशमा यस अघि आन्दोलन भएको दुबै देशमा भारतको हात रहेको बताइन्छ । नेपालको जिनजी विद्रोह हुनुमा भारतीय हात छ कि छैन समयसंगै पर्दा उघ्रदैं जाला ।
