IMG-LOGO

देशको मुख्यालय सिंहदरबारमा दुईपल्ट आगलागी

 मंगल, असोज ७, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

सिंहदरवारमा आगो कस्ले लगायो ? यो प्रश्न साह्रा नेपालीहरूको मन मस्तिष्कमा उठेको छ । २०८२ साल भदौ २४ गते मङ्गलबार जेन्जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको सिंहदरबार त्यो दिन मात्रै जलेको होइन, यस अघि २०३० सालमा पनि सिंहदरबार जलेको थियो । त्यतिबेला आगलागी हुँदा किर्तीनिधी विष्ट प्रधानमन्त्री थिए । सिंहदरबार आगलागी भए पछि नैतिकताको आधारमा उनले राजीनामा दिएका थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो । वि.सं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला देखि हालसम्म यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर प्राय सम्पूर्ण मन्त्रालयहरु यसै दरबार भित्र छन् । जेन्जीको विद्रोहबाट प्रधानमन्त्रीको कार्यालय लगायत अन्य थुप्रै मन्त्रालयका कार्यालय ध्वस्त भएका छन् । अचम्म मान्नु पर्ने एउटा कुरा छ । सिंहदरबार भित्र सेनाको सानो टुकडी छ । सेनाको मुख्यालय भद्रकालीको दूरी मात्रै चार सय मीटर छ त्यस्तो अवस्थामा सिंहदरबारमा आगो लाग्यो त्यसलाई प्रहरीले त रक्षा गर्न सकेन सकेन सेनाले पनि रक्षा गर्न नसक्नुले धेरै प्रश्नहरु जन्माएका छन् । सेनाले सिंहदरबार रक्षा गर्न नसक्नुले हामी नेपाली जनता खिन्न र दुःखित भएका छौं । नेपाली जनताको मुख्यालय सिंहदरबारको रक्षा मात्रै होइन सेनाले सर्वोच्च अदालतको पनि रक्षा गर्न सकेन । यसै विषयमा कोही नेता बोल्न नसकिरहेको अवस्थामा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले एक भिडियोमा भनेका छन् । सिंहदरबार आगजनी भित्रैबाट भएको बिजुक्छेको आरोप छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारमा भएको आगजनी नेपाली सेनाबाहेक कसैले गर्न नसक्ने दाबी उनको छ । ख्वप कलेजमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस घटनामा अमेरिका र भारतको हस्तक्षेप रहेको बताए, तर उनीहरूले नेपालीलाई प्रयोग गरेको बिजुक्छेको आरोप छ । बिजुक्छेका अनुसार, सिंहदरबारमा बाहिरबाट आगजनी सम्भव छैन र यस घटनामा भित्रैबाट संलग्नता भएको छ । उनले भने, “हरेक सेना मर्नको लागि तयार हुन्छ, तर अहिले जे भयो त्यो नेपाली युवाहरूले नबुझेका कारण भयो । जे तिनीहरूलाई पढाइएको छ, त्यही गलत भयो ।” उनले जेन–जी आन्दोलनको नेतृत्वले संविधानको बारेमा नबुझेको र त्यसैले घटनाहरू घटेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पनि डरका कारण संविधान विपरीत काम गरेको उनले टिप्पणी गरे । बिजुक्छेले युवाहरूलाई सचेत हुन र संविधानको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडिओ मार्फत् देश र सेनामा भरोसा कायम राख्न जनतालाई सन्देश दिएका छन् । नेताहरु सबै आफ्नो घर जलेको कुरा गर्छन्। ७४ जना युवा युवतीको मारिएको ३ सय भन्दा बढी घाइते भएको बारे बोल्दैनन् । देशको मुख्यालय सिंहदरबार संसद भवन र सर्वोच्च अदालतमा आगलागी भएको कुरामा कोही गम्भीर छैन । ती धरोहर स्थलमा आगो लगाउनेलाई कारवाही गर्ने अन्तरिम सरकारको पनि कुनै नीति छैन । यदि यी घटनामा त्यत्तिकै छोडिने हो भने नेपालमा अझै दण्डहीनता बढ्ने खतरा छ । समय नबित्दै सरकारको ध्यान जाओस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्