IMG-LOGO

बिद्रोह जेन–जीको दोष भारतलाई ः भएको के हो ?

 मंगल, असोज ७, २०८२  – आर. एल. श्रमजीवी, प्रधान सम्पादक नेपाल–भारत सम्बन्ध – २४

    जिनजी आन्दोलनबाट प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य खड्गप्रसाद ओलीको भदौ दोस्रो साताको चीन भ्रमणले भारतलाई बिच्क्याएको र त्यसै बीचमा ओलीको सनकमा फेसबुक टुइटर युटुब जस्ता सामाजिक संजालमा प्रतिबन्ध लगाउनु जिनजीको आन्दोलन हुनुमा भारतले प्रसस्तै खेल्ने ठाउँ पायो । भारत नेपालको स्थिरता चाहन्न त्यसैले सोसल मिडियामा ओली सरकारको प्रतिबन्धपछि भारतीय संचार माध्यमले ओली सरकारलाई खेदे । आन्दोलनकारीलाई समर्थन गरे । सामाजिक संजाललाई नियमन गर्न छोडेर ओली सरकारले नियन्त्रण गर्ने सोचले आन्दोलनमा हजारौं होइन लाखौं सहभागी भए । जिनजी आन्दोलनले विश्व हल्लायो । नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा निर्णायक घटनाका रूपमा सफल भयो । सुरुमा सामाजिक सञ्जाल बन्दविरुद्धको सामान्य असन्तोषबाट जन्मिएको यो आन्दोलन २७ घन्टाको समयमै ओलीलाई सत्ता च्युत मात्रै गरेन हेलिकप्टरबाट भागेर शिवपुरी ब्यारेकमा लुक्न बाध्य पा¥यो । डिजिटल स्वतन्त्रता, पारदर्शिता, सुशासन, र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूलाई नरसम्हार गर्यो । यो पुस्ताको आवाज कुल्चियो । आन्दोलनमा जसरी घुसपैठ भयो र स्वार्थी समूहले हिंसात्मक मात्रै बनाएन सिहदरबार सर्बोच्च अदालत जलायो । सबै पार्टीका नेताका घर खरानी भए (राप्रपा र रास्वपा बाहे) का । सुरक्षाकर्मीले असम्यमित बल प्रयोग गरेर आन्दोलनलाई दमनमा बदलिदिएपछि यो आक्रोश र आक्रमणमा परेर अहिलेसम्म ७३ जनाको ज्यान गइसकेको छ । भदौ २३ को दिनमा आन्दोलन शान्तिपूर्ण थियो । माइतीघर, नयाँ बानेश्वर, र काठमाडौँ उपत्यकाका अन्य ठाउँमा युवाहरू प्लेकार्ड बोकेर, डिजिटल स्वतन्त्रताको नारा लगाउँदै, शान्तिपूर्ण जुलुस निकाल्दै, गीत गाउँदै सडकमा उत्रिएका थिए । उनीहरूको स्वर एकदमै स्पष्ट थियो–’हाम्रो आवाज सुन्ने अधिकार दिनुपर्छ, हाम्रो स्वतन्त्रता हनन नगर्नुपर्छ ।’ आन्दोलनले सामाजिक समर्थन पाउने बित्तिकै यो भिडमा विभिन्न स्वार्थी समूहहरू मिसिन थाले । आन्दोलनकारीका लागि असल उद्देश्य डिजिटल स्वतन्त्रता र पारदर्शिता भए पनि केही घुसपैठ गर्ने समूहहरूले आन्दोलनलाई भड्काउने, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने, सरकारी कार्यालयमा ढुंगामुढा गर्ने काम थाले । संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गर्नु, गाडीमा आगजनी गर्नु, प्रहरीमाथि आक्रमण गर्ने प्रयास गर्नु–यी क्रियाकलाप सामान्य आन्दोलनकारीको शैली होइन । यी घटनाले स्पष्ट देखायो कि आन्दोलनको मूल स्वरूपलाई बदनाम गर्ने, आन्दोलनलाई हिंसात्मक देखाउने र त्यसबाट आफ्नो राजनीतिक वा व्यक्तिगत लाभ लिने तत्वहरू सक्रिय छन् । युवापुस्ताले यो खतरा देखेर सामाजिक सञ्जालमै सचेतना फैलाए । उनीहरूले लेखे–’कृपया भिडमा उत्तेजक गतिविधि नगर्नुहोस् । आन्दोलनलाई बदनाम गर्ने स्वार्थी समूहहरू सक्रिय छन् । हामी हाम्रो मागप्रति स्पष्ट छौं, हिंसाले हाम्रो आवाजलाई कमजोर बनाउँछ ।’ यति मात्रले घुसपैठ रोकिएन । राज्यको असफलता र आन्दोलनभित्रका असंगठित गतिविधिले गर्दा आन्दोलनको दिशा क्रमशः हिंसात्मक गयो । आगजनी लुटपाट हिंसा र अराजकतालाई सेनाले २४ गते राति १० बजे मात्रै कमान्डमा लियो । जिनजीका नाममा यो आगजनी लुटपाट कस्ले मच्चायो । अहिले यो अनुसन्धान र छानबिनको बिषय भएको छ । भदौ २३–२४ अर्थात सेप्टेम्बर ८–९, २०२५) को बारेमा के–के प्रमाणित छ भन्ने खोजेर हेरेँ — अनि यो निष्कर्ष निकाल्न सकिन्छ कि हालसम्म भारतले यो आन्दोलनमा प्रत्यक्ष भूमिका खेलेको भन्ने ठोस प्रमाण छैन । आन्दोलन सुरु भयो सरकारको सोशल मिडिया प्लेटफर्महरू ब्लक गर्ने निर्णय देखि, जहाँ सरकारले फेसबुक, ह्, यूट्युब आदि प्लेटफर्महरूले स्थानीय नियम (जस्तै लोको संपर्क व्यक्ति, शिकायत सम्हाल्ने व्यक्ति, आदि) पूरा नगरेको भन्दै ब्लक गर्ने घोषणा ग¥यो । आन्दोलनमा मुख्य रूपमा युवा (‘न्भल श्’) ले भाग लिएको देखिन्छ र उनीहरूको दायरा भ्रष्टाचार, सामाजिक असमानता, सरकारी पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी मुद्दाहरूमा केन्द्रित थिए। आन्दोलनले बढ्दै हिंसा भयो । परिणाम स्वरूप प्रधानमन्त्री ओलीले राजीनामा दिए, सरकार परिवर्तनको प्रक्रिया सुरु भयो, र अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्ती भयो । केही रिपोर्टहरूमा ’बाहिरका शक्ति“ वा ’प्रवेश गर्ने राजनीतिक पार्टीका कार्यकर्ता“ लगायतले आन्दोलनलाई कुनै हदसम्म उप्रभौतिक शक्ति वा भित्री राजनीतिक पक्षहरूले प्रभावित गरेको हुन सक्ने आशंका गरिएको छ । अहिलेसम्म कुनै विश्वसनीय स्रोतले देखाएको छैन कि भारत सरकारले योजना बनाएको, समर्थन गरेको, वा आर्थिक सहयोग गरेको, रणनीतिक रूपमा संग्लग्न रहेको भन्ने निश्चित प्रमाण छैन । भारतले सार्वजनिक रूपमा भनेको छ कि नेपालमा भएको घटनाहरूमा ’गहिरो चासो राखेको“ छ र ’शांत, संवेदनशील तर प्रतिक्रियाशील ढंगले काम गर्नुपर्छ“ भन्ने आग्रह गरेको छ । कुनै आधिकारिक दस्तावेज, सार्वजनिक बयान वा अन्तरराष्ट्रीय जांचले भारतलाई प्रत्यक्ष हस्तक्षेपकर्ता बताएको छैन । यो बिद्रोह आन्तरिक कारणहरूले उठेको हो । सामाजिक मिडिया प्रतिबन्ध, भ्रष्टाचार विरुद्ध भएको हो । यसमा ’भारतको हात छ“ भन्ने दाबी अहिले अनुमान मात्र हो, विस्तारमा हामीले प्रमाण खोज्नुपर्ने हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्