IMG-LOGO

क्रोधका पर्यायः महर्षि जमदग्नि रुरु क्षेत्र र कालीगण्डकी

 मंगल, भदौ १७, २०८२  --

    गत हप्ता मात्रै हामीले ऋषिपञ्चमी मनायौ । हुन त सयौँ ऋषि मुनिहरू छन् हाम्रा अग्रजहरू तर पनि तीमध्ये मुख्यत सात ऋषिहरूको पूजा आराधना गरिन्छ, ऋषि पञ्चमीको दिन । यिनै वैदिक सनातन परम्पराका महान् सप्तर्षिहरूमध्ये एक, भृगुवंशी महर्षि जमदग्नि ज्ञान, तप र सिद्धान्तका एक जटिल तर शक्तिशाली प्रतीक मानिन्छन् । उनी भगवान् विष्णुका छैटौं अवतार परशुरामका पिता र एक महान् मन्त्रद्रष्टा ऋषि हुन् । उनको जीवनगाथाले ज्ञानको उचाइ, तपस्याको शक्ति र अनियन्त्रित क्रोधको विनाशकारी परिणामलाई एकैसाथ उजागर गर्दछ । उनको योगदान केवल आध्यात्मिक क्षेत्रमा मात्र सीमित नभई त्यसका सिद्धान्तहरूले आधुनिक विज्ञान र जीवनशैलीलाई समेत गहिरो सान्दर्भिकता प्रदान गर्दछन् ।     महर्षि जमदग्नि वैदिक मन्त्रहरूका द्रष्टा थिए, आफ्नो समयका वेद र शास्त्रका प्रकाण्ड विद्वान् थिए । उनले वेद मन्त्रहरूको ज्ञानलाई आफ्नो तपस्याको बलमा साक्षात्कार गरेका थिए । जमदग्नि ऋषिको आश्रम एक महत्वपूर्ण गुरुकुल थियो, जहाँ शिष्यहरूलाई वेद, धनुर्विद्या, आयुर्वेद र अन्य शास्त्रहरूको शिक्षा दिइन्थ्यो। महर्षि जमदग्नि ’जामदग्न्य वत्स’ गोत्रका प्रवर्तक हुन् । आज पनि यस गोत्रका अनुयायीहरू उनलाई आफ्नो आदिपुरुष मान्छन् ।     जमदग्नि ऋषि केवल आध्यात्मिक ज्ञानमा मात्र नभई भौतिक विज्ञानमा पनि पारङ्गत थिए । उनी धनुर्विद्याका एक महान् आचार्य थिए, जसको ज्ञान उनले आफ्ना पुत्र परशुरामलाई हस्तान्तरण गरे । यसका साथै, उनी आयुर्वेद र चिकित्साशास्त्रका ज्ञाता पनि थिए, जसको प्रयोग उनले आफ्नो आश्रम र समाजको कल्याणका लागि गरे ।     क्रोधको मनोविज्ञान (एकथअजययिनथ या ब्लनभच) अध्ययन गर्नेहरूले जमदग्निको चरित्रको अध्ययन गरेका हुन्छन् । यी तिनै ऋषि हुन् जसले रिसको आवेगमा आफ्नी पत्नी रेणुकाको मनमा क्षणिक विचलन आएको थाहा पाउनासाथ उनले आफ्ना पुत्रहरूलाई माताको शिर छेदन गर्न आज्ञा दिएका थिए । यो घटना अनियन्त्रित क्रोधले कसरी विवेकलाई नष्ट गर्छ र विनाश निम्त्याउँछ भन्ने कुराको एक शक्तिशाली शास्त्रीय उदाहरण हो । आधुनिक मनोविज्ञानले पनि अनियन्त्रित क्रोध (क्ष्लतभचmष्ततभलत भ्हउयिकष्खभ म्ष्कयचमभच) लाई एक गम्भीर मानसिक समस्या मान्दछ, जसले व्यक्तिको सम्बन्ध र जीवनलाई तहसनहस बनाउन सक्छ । जमदग्निको कथाले हजारौं वर्ष पहिले नै यो मनोवैज्ञानिक सत्यलाई उजागर गरेको थियो । यति हुँदाहुँदै पनि जम्मदग्नीमा तपस्या र ऊर्जाको संरक्षण (ब्गकतभचष्तथ बलम ऋयलकभचखबतष्यल या भ्लभचनथ) गर्न सक्ने सामथ्र्य थियो । जमदग्निले आफ्नो तपस्याको बलले नै अलौकिक शक्तिहरू, दिव्य अस्त्रहरू र यहाँसम्म कि मृत पत्नीलाई पुनर्जीवित गर्ने क्षमता प्राप्त गरेका थिए । वैज्ञानिक दृष्टिकोणबाट ’तप’ लाई एकाग्रता (अयलअभलतचबतष्यल), आत्म–अनुशासन (कभाि–मष्कअष्उष्लिभ) र ऊर्जाको सही दिशान्तरण (अजबललभष्लिन या भलभचनथ) को रूपमा बुझ्न सकिन्छ । आधुनिक विज्ञान पनि मान्दछ कि जब कुनै व्यक्तिले आफ्नो सम्पूर्ण मानसिक र शारीरिक ऊर्जालाई एउटै लक्ष्यमा केन्द्रित गर्छ, उसले असाधारण परिणामहरू हासिल गर्न सक्छ ।     यसै गरेर दिगो स्रोतको अवधारणाको (ऋयलअभउत या क्गकतबष्लबदष्ष्तिथ) विकास पनि जमदग्निको समयमा भएको देखिन्छ । उनको आश्रममा रहेको कामधेनु गाई (सुशीला) ले सबै इच्छाहरू पूरा गर्थिन् । जब राजा कार्तवीर्य अर्जुनले लोभवश त्यो गाईलाई बलपूर्वक लैजान खोजे, जसका कारण विनाशकारी युद्धको बीजारोपण भयो । यो प्रसङ्गले प्राकृतिक स्रोतहरूको दिगो उपयोगको प्रतीकलाई समर्थन गर्दछ । कामधेनु एउटा प्रकृति हो, जसले आवश्यकता पूरा गर्छे, तर लोभ र अनियन्त्रित दोहनले अन्ततः संघर्ष र विनाश निम्त्याउँछ भन्ने कुरालाई राम्रोसँग बुझाएको छ । यो आजको पर्यावरणीय संकट (भअययिनष्अब िअचष्कष्क) र दिगो विकास (कगकतबष्लबदभि मभखभयिऊभलत) को बहससँग प्रत्यक्ष रूपमा सान्दर्भिक छ ।     माथि उल्लेखित प्रसङ्गहरूका सम्बन्धमा महर्षि जमदग्निद्वारा द्रष्टित वैदिक मन्त्रहरू ऋग्वेद आदि ग्रन्थमा संग्रहीत छन् । उनका ज्ञान र शिक्षाहरू पुराण र महाभारतजस्ता ग्रन्थहरूमा वर्णित छन् । आधुनिक समयमा यी प्रसङ्गहरूको उपादेयता अझ बढेर गएको छ । उनको जीवनका घटनाहरूले सत्य, धर्म, कर्तव्यपरायणता र आत्म–नियन्त्रणको महत्वलाई दर्शाउँछ । यी नैतिक मूल्यहरू आजको समाजका लागि पनि उत्तिकै आवश्यक छन् । जमदग्नीमा उत्पन्न भएको क्रोध जसले पारिवारिक सम्बन्धको जटिलतालाई दर्शाउँछ । जमदग्नि, रेणुका र परशुराम (जमदग्निका छोरा) को बीचको पारिवारिक सम्बन्ध, पितृ–आज्ञा पालन र व्यक्तिगत विवेकबीचको जटिल द्वन्द्वलाई प्रस्तुत गर्दछ, जुन आज पनि हरेक परिवारमा कुनै न कुनै रूपमा विद्यमान छ ।     जमदग्निको जीवनको सारलाई प्रतिविम्बित गर्ने शास्त्रीय भनाइहरू छन् । उनको जीवनको सबैभन्दा ठूलो शिक्षा क्रोधको विनाशकारी प्रकृतिबारे हो । यस सन्दर्भमा शास्त्रको यो भनाइ उनको जीवनदर्शनसँग मेल खान्छ, क्रोधो वैवस्वतो राजा तृष्णा वैतरणी नदी ।     विद्या कामदुघा धेनुः सन्तोषो नन्दनं वनम् । अर्थात् ः क्रोध साक्षात् यमराज (मृत्युको राजा) हो, तृष्णा (अत्यधिक इच्छा) वैतरणी नदी (नर्कको नदी) हो । विद्या कामधेनु गाई समान हो जसले सबै इच्छा पूरा गर्छे र सन्तोष नै नन्दन वन (स्वर्गको बगैंचा) हो। यो श्लोकले जमदग्निको जीवनको दुई पक्षलाई देखाउँछ, पहिलो क्रोध, जसले उनको जीवनमा यमराजको जस्तो भूमिका खेल्यो, र दोश्रो विद्या, जुन उनको कामधेनु शक्ति थियो ।     यस्ता मेधावी ज्ञानका धनी ऋषि हाम्रै भूमि नेपालमा जन्मेका र हुर्केका थिए भनेर भन्दा हामीलाई गर्व महसुस हुन्छ । देवभूमि नेपाल, ऋषिमुनिहरूको तपोभूमि र सनातन संस्कृतिको उद्गमस्थलको रूपमा परिचित छ । यहाँका नदी, पर्वत र पवित्र स्थलहरू अनेकौं पौराणिक कथाहरू र आध्यात्मिक रहस्यहरूसँग जोडिएका छन् । यसै सन्दर्भमा, सप्तर्षिहरूमध्ये एक, महर्षि जमदग्नि र उनका पुत्र, भगवान् विष्णुका छैटौं अवतार, भगवान् परशुरामको नेपालसँगको सम्बन्ध अत्यन्त गहिरो र महत्त्वपूर्ण छ । स्कन्द पुराण, विशेषगरी यसको ’हिमवत्खण्ड’ र ’नेपाल महात्म्य’मा यी कुराहरू उल्लेख गरिएको छ । स्कन्द पुराणको हिमवत्खण्डले स्पष्ट रूपमा उनको आश्रम हालको नेपालको गुल्मी र पाल्पा जिल्लाको संगममा अवस्थित रुरु क्षेत्र (रिडी) मा रहेको संकेत गर्दछ । कालीगण्डकीको किनारमा रहेको यो पवित्र भूमि नै जमदग्निको तपोभूमि थियो । यसै स्थानमा उनले कठोर तपस्या गरी अलौकिक शक्तिहरू प्राप्त गरेका थिए । कालीगण्डकिनिकटे ह्याश्रमं पुण्यवर्धनम् । जमदग्निर्महातेजास्तपस्तेपे सुदारुणम ।     (कालीगण्डकीको निकटमा पुण्य बढाउने आश्रम छ, जहाँ महातेजस्वी जमदग्निले अत्यन्त कठोर तपस्या गरेका थिए ।)     यो श्लोकले रुरु क्षेत्रको भूमि जमदग्निको तपस्याले पवित्र भएको र उनको आश्रम यही रहेको स्पष्ट पार्दछ । यहीँ उनकी पत्नी रेणुका र पुत्र परशुरामसहित अन्य पुत्रहरू बस्दथे । आज पनि रिडी क्षेत्रलाई ’रेणुका क्षेत्र’ पनि भनिन्छ, जसले यस स्थानको पौराणिक महत्त्वलाई थप बलियो बनाउँछ ।     भगवान् परशुरामको जीवनका दुई महत्वपूर्ण घटनाहरू नेपालको भूमिमा घटेको मानिन्छ । पहिलो, पिता जमदग्निको आज्ञा शिरोधार्य गर्दै उनले आफ्नै माता रेणुकाको शिर छेदन गरेका थिए । पछि पिता प्रसन्न भएपछि मातालाई पुनर्जीवित गराए । यो घटनाले उनको असीम पितृभक्तिलाई दर्शाउँछ ।     दोस्रो र महत्त्वपूर्ण घटना, २१ पटक पृथ्वीलाई क्षत्रियविहीन बनाएपछि लागेको पापबाट मोक्ष पाउन उनले गरेको तपस्या हो । सहस्त्रबाहुजस्ता अभिमानी क्षत्रियहरूको वध गरेपछि उनलाई ठूलो पश्चाताप भयो । पापमोचनका लागि उनले गुरुहरूको सल्लाहअनुसार हिमालयको पवित्र भूमिमा आएर तपस्या गर्ने निर्णय गरे । क्षत्रियाणां वधं कृत्वा पापप्रक्षालनार्थतः। जगाम पर्वतं पुण्यं हिमवन्तं भृगूत्तमः ।।     (क्षत्रियहरूको वध गरेपछि पाप पखाल्नका लागि भृगुवंशका उत्तम पुरुष (परशुराम) पवित्र हिमालय पर्वतमा गए ।)     स्कन्द पुराणमा वर्णित यस्ता प्रसङ्गहरूले देवभूमि नेपाल त जमदग्निको तपोभूमि रुरु र परशुरामको पापमोचन स्थल कालीगण्डकी भएको पावन क्षेत्र रहेछ । आज पनि हजारौं श्रद्धालुहरूका लागि पवित्र तीर्थस्थल बनेका छन् । यी पौराणिक प्रमाणहरूले नेपाल केवल एक भौगोलिक भूखण्ड नभई ऋषिमुनि र स्वयं भगवानका अवतारहरूको पदचापले पवित्र भएको एक आध्यात्मिक र पुण्य भूमि हो भन्ने कुरालाई प्रमाणित गर्दछ ।  सबैको जय होस् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्