फोक्सोको रोग दमले दाइलाई ठूलो सङकट निमत्यायो ⁄ जर्मनको हेदडलर्बगमा उपचार गरेर त्यहाँको डा.को सल्लाह अनुसार भारत वा क्यानाडा जानु भनेकोले इन्डिया जानु भयो । तर हामीले सोचेको जस्तो तुरुन्त उपचार हुन सकेन । प्रकृया ढिला भयो, त्यहि पखाइमा अचानक दाइलाई हट हटेक भयो । हट हटेकको अप्रेसन भयो । तर बिड्म्बना दाइ कहिले नआउने गरि जानु भयो । जीबन मरणशील छ । हरेक मान्छे एकदिन मर्नु नै पर्छ । तर उहाँको केहि सपनाहरु अधुरो रहन गयो । जहिले पनि हामीलाई अर्थपूर्ण मर्नु पर्छ भन्नु हुन्थ्यो । मिनिङ्गफूल सब्द अब सधै नमेटिने मनको घाउ बन्यो । उहाँ जहिले पनि भन्नु हुन्थ्यो मेरो मरन सिमलको भुवा सरी नहोस् । तर यो समाजमा बस्ने मान्छेले देखे पनि नदेखे पनि हाम्रो लागि तपाई सिमलको भुवा होइन, एउटा असल फलाम तुल्या महान हो, मार्ग निर्देशित पिता हो, महान समाज सेवी हो, अर्थपूर्ण अभिभावक हो । मान्छे जन्मेपछि एक दिन मर्नु पर्छ । तपाई लेख्नु हुन्थ्यो र हामीलाई भन्नु हुन्थ्यो मेरो मराई पहाड जस्तो गहकिलो होस् । तर दाइ सतीले सरापेको हाम्रो देश, यहा कसैको मरण गहकिलो देखिदंैन, । ग्निदंैन पनि । इतिहास जित्नेको हो रे, तपाइ त झन अन्याय नसहने एक निडर लिडर, हो । त्पाइलाई यो समाजका मान्छेले कहिल्यै जित्न दिएन । तपाईको कामको ल्मूयाङकन र कदर कस्ले गर्छ ? इतिहासमा तपाई काभ्रेको जनता र सामाजिक सङ्ग सस्थाको संस्थापक हो । अभिभावक हो । आज जति पनि नाम कहलिएका संस्थाहरु छन् तपाइले स्थापना गर्नु भएको हो । यसमा तपाइको योगदान छ । साथै गाउको थुप्रै विकास को सुरुवात तपाइले गर्नु भएको हो । त्यो मध्ये केहि यी हुन् । १. चिसापानीबाट खानेपानी योजना २. जलबिधुत २५ वाट चौरी खोलाको योजना । ३. मादनको विद्यालयको खेलकुद–मैदान ४. अतिरिक्त हुलाक स्थापना गरेको । ५. मादन युवा क्लब स्थापना गरेको । ६. मादनको जंगलमा बूक्षरोपन र बेसीको डाँडी गाउँमा नर्सरी स्थापना । ७. मादन कुडारीको हरेक गाउमा खानेखानेपानी र विद्यालय स्थापना । ८. भालुखोला बाङथली पानी को सुरुवात । कसले ? कहिल्यै ? कसरी ? काम गरे ? इतिहासमा लेखाजोखा गरेको थाहा छैन । सायद यो रेकर्ड गाउँपालिकामा पनि छैन होला । त्यसैले फेरी भन्छु इतिहास जित्नेको हो रे । बल्ने आगो न ताप्ने हो ? एकेडेमी हलमा चम्किने ताराहरु मा तपाइ कसरी पर्नु हुन्छ ? यो त वर्तमान हो । त्पाई त विगत भयो । वर्तमान भनेको बल्ने आगो ताप्ने समय हो । जे गरे आछा गरे तर तिनले देश, जनता र विद्यालय र समाजलाई के के योगदान गरे भनेर अब हामीलाई प्रश्न गर्नु छैन । हेर्नु छ । यो मूर्ख दुनियामा । केवल हेर्ने मात्र हो । केवल सहने मात्र हो । सायद अहिलेको समयको मूल्य र मान्यता पनि यहि हो ।
