IMG-LOGO

कुश पितृसम्मान र वैज्ञानिक महत्व

 मंगल, भदौ १०, २०८२  – माधव रेग्मी

     नेपाल लगायत संसारका विभिन्न भागमा बसोबास गर्ने सनातन हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण अमावस्या (औंशी) लाई कुशे औंशी वा पितृ औंशी को रूपमा मनाउँछन् । यो पर्व पिताप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने विशेष दिन हो । यस दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ, जहाँ छोराछोरीले बुवालाई मन पर्ने भोजन खुवाएर, उपहार दिएर र सम्मान प्रकट गरेर आशीर्वाद लिने गर्छन् । यस पर्वको धार्मिक, सांस्कृतिक, र वैज्ञानिक महत्व गहिरो छ । कुशे औंशीको मुख्य शास्त्रीय पक्ष कुश र पितृसँग जोडिएको छ । हिन्दु धर्ममा कुशलाई अत्यन्त पवित्र वनस्पति मानिन्छ । पौराणिक मान्यताअनुसार, समुद्र मन्थनका बेला अमृतका थोपाहरू कुशमा खसेका थिए, जसले गर्दा यो अजर–अमर बन्यो ।      कुशको महत्वलाई स्कन्द पुराणमा यसरी वर्णन गरिएको छः यस्यास्तु मूलं ब्रह्मा वै मध्ये विष्णुरुदाहृतः। अग्रं शिवस्वरुपस्तु त्रयो देवास्तथा तृणाः।। अर्थात् ‘कुशको जरामा ब्रह्माको वास छ, बीचमा विष्णुको, र टुप्पोमा शिवको वास छ । यसरी, कुशको एक बोटमा त्रिमूर्ति (ब्रह्मा, विष्णु, महेश्वर) को वास छ ।’ औंशीका दिन ब्राह्मणहरूले कुशलाई विधिपूर्वक उखेलेर घरमा भण्डारण गर्छन् । यसलाई वर्षभरि गरिने पूजा, जप, र श्राद्धजस्ता धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ । कुश नभई कुनै पनि धार्मिक कार्य पूर्ण हुँदैन भन्ने मान्यता छ । कुशे औंशीका दिन पितृहरू (दिवंगत पुर्खाहरू) को सम्झनामा श्राद्ध गर्ने चलन पनि छ । श्राद्ध भनेको पितृहरूको ऋण चुक्ता गर्ने र उनीहरूलाई तर्पण दिने एक महत्त्वपूर्ण कर्म हो । गरुड पुराणका अनुसार ‘श्राद्धात् परतरं नान्यत् श्रेयसो वस्तु विद्यते । यज्ञो दानं तपो विद्या सर्वेभ्यः श्राद्धमुत्तमम् ।।’ ’श्राद्धभन्दा ठूलो कुनै पनि कल्याणकारी वस्तु छैन । यज्ञ, दान, तपस्या, विद्या यी सबैभन्दा श्राद्ध उत्तम छ ।’ शास्त्रमा यसरी यस पितृकर्मको सर्वोच्चता र यसको महत्वलाई स्पष्ट पारिएको छ । यस दिन बाबु जीवित नभएकाहरूले श्राद्ध गरेर पितृहरूको आत्मालाई शान्ति प्रदान गर्ने कामना गर्छन् । बाबु जीवित हुनेले बुवाको पूजा–आराधना र सम्मान गरी उहाँको आशीर्वाद लिन्छन् । वेद र पुराणमा कुशे औँसीको विशेष वर्णन पाइन्छ । ‘यथा पिता देवतुल्यः, मातृवत् पितृदेवता । तर्पणेन सुपुत्रस्य, पितृणां शांतिदायकम् ।।’ अर्थात्, जसरी पिता देवता समान हुन्छन्, त्यसैगरी पितृ पनि देवता हुन् । असल पुत्रले गरेको तर्पणले पितृहरूलाई शान्ति प्राप्त हुन्छ । यसैगरी, स्कन्द पुराणमा कुशे औँसीको दिन पितृहरूको पूजा र श्राद्ध गर्नाले व्यक्तिले आफ्ना सबै पापबाट मुक्ति पाउँछ भन्ने उल्लेख छ । यसैगरी ऋग्वेदको दशौं मण्डलमा भनिएको छः ‘कुशः पवित्री, पवित्री ह्यसौ, देवैः कृता । अग्निस्तप्तं, पावनं च, यज्ञे कुशं भवेत् ।।’ यसको अर्थ होः ‘कुश पवित्र छ, यो पवित्र देवहरूले बनाएका हुन् । अग्निद्वारा तताइएको (पवित्र पारिएको) र यज्ञमा कुशको प्रयोग हुन्छ ।’ यसले कुशको धार्मिक महत्वलाई दर्शाउँछ । अथर्ववेदमा कुशलाई सबैभन्दा पवित्र मानिएको छ र यसलाई नकारात्मक ऊर्जा हटाउने शक्तिको रूपमा वर्णन गरिएको छ । ‘कुशोऽसि पवित्रोऽसि, पवित्रेण सह पावय। मा नो देवाः प्रतिलोमान्, कुशैर्हतोऽमृतोऽसि ।। अर्थात् हे कुश, तिमी पवित्र हौ, पवित्रताका साथ शुद्ध गर । हामीलाई देवताहरूबाट हुने विपरीत (नकारात्मक) प्रभावबाट बचाऊ, तिमी अमर हौ ।’      प्राचीन ऋषिमुनिहरूले कुशको उपयोगितालाई ज्ञानका आधारमा पहिचान गरेका थिए भने आधुनिक विज्ञानले यसलाई विभिन्न अनुसन्धानमार्फत प्रमाणित गरिरहेको छ । अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार, कुशमा विद्युत् चुम्बकीय (भ्भिअतचयmबनलभतष्अ च्बमष्बतष्यल) विकिरणलाई अवशोषित गर्ने अद्वितीय क्षमता हुन्छ । यसै कारणले धार्मिक अनुष्ठान, जप र ध्यान गर्दा औँलामा कुशको पवित्री (औँठी) लगाउने चलन छ । यसले शरीरबाट निस्कने सकारात्मक ऊर्जालाई बाहिर जान दिँदैन र बाहिरबाट आउने नकारात्मक विकिरणहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ । व्यगचलब िया ःभमष्अष्लब िएबिलतक च्भकभबचअज मा प्रकाशित वैज्ञानिकहरूले गरेको अध्ययनले ६०% सम्म रेडियोधर्मी विकिरण (एक्सरे) को जोखिम कम गर्न पनि कुशको प्रयोग गर्न सकिने सम्भावना देखाएको छ । कुशको व्यापकता जीवाणुनाशक र कीटाणुनाशक केही प्राकृतिक रसायनल उत्पादनमा पनि पाइएको छ । हानिकारक जीवाणु र सूक्ष्मजीवहरूलाई नष्ट गर्न सक्छन् । यसैले गर्दा पूजापाठ वा यज्ञ गर्दा कुशको प्रयोगले वातावरणलाई शुद्ध र कीटाणुरहित बनाउन मद्दत गर्छ । विशेषगरी, धार्मिक अनुष्ठानमा प्रयोग हुने जल र अन्य सामग्रीलाई माथि भनिएको जर्नल जस्ता वैज्ञानिक प्रकाशनहरूमा पनि कुशको जीवाणुनाशक गुणबारे अनुसन्धान प्रकाशित भएका छन् । यसरी नै आयुर्वेदमा कुशलाई एक महत्त्वपूर्ण औषधीय जडीबुटी मानिन्छ । यसको जरालाई मूत्र सम्बन्धी समस्या (जस्तैः पिसाब पोल्ने), ज्वरो, छालाका रोग र रक्तचाप नियन्त्रणका लागि प्रयोग गरिन्छ । यसले शरीरलाई शीतलता प्रदान गर्छ र मूत्र प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ भन्ने कुरा प्राचीन ग्रन्थ चरक संहितामा उल्लेख छ ।      कुश सम्बन्धमा आधुनिक वैज्ञानिकहरूले ‘बायो–इलेक्ट्रिक ईनर्जी’ (दष्य–भभिअतचष्अ भलभचनथ) मा गरेको अनुसन्धानले कुनै पनि जीवित वस्तुमा एक प्रकारको ऊर्जा हुन्छ भन्ने देखाएको छ । कुशलाई पनि एक ’एन्टिना’ जस्तै मानिन्छ, जसले ब्रह्माण्डको सकारात्मक ऊर्जालाई ग्रहण गरी मानिसको शरीरमा प्रवाह गर्न सक्छ । कारण यही रहेछ, यसैले ध्यान र योग गर्दा कुशको आसनमा बस्ने चलन, जसले मनलाई शान्त पार्छ र एकाग्रता बढाउँछ । त्यसो भए कुशको वैज्ञानिक गुण के हो त ?      कुशलाई अनुसन्धानले विकिरण र जीवाणुनाशक वनस्पतिको रुपमा व्याख्या गरेको छ । विज्ञानले कुशको एउटा प्रजाति (म्भकmयकतबअजथब दष्उष्ललबतब) मा इलेक्ट्रोम्याग्नेटिक विकिरण (भभिअतचयmबनलभतष्अ चबमष्बतष्यल) लाई सोस्ने क्षमता रहेको पत्ता लगाएको छ । आखिर कारण त त्यस्तो पो रहेछ हाम्रा पुर्खाहरूले पूजा गर्दा, ध्यान गर्दा कुशको आसनमा बस्ने गरेको । कुश्मा केही प्राकृतिक रसायनहरू पनि हुने रहेछन् जसले वातावरणलाई शुद्ध बनाउन र जीवाणुहरूको वृद्धि रोक्न मद्दत गर्छन् । यो गुण विशेष गरी यज्ञ र पूजाको समयमा महत्त्वपूर्ण हुन्छ, जहाँ वातावरणलाई स्वच्छ र सकारात्मक ऊर्जाले भरिएको बनाउनुपर्छ । वैज्ञानिक दृष्टिले हेर्दा, कुशले जमिनको चिसोपन र कीरा–फट्याङ्ग्राबाट बच्न, रेडियो विकिरणबाट बच्न मद्दत गर्ने रहेछ । कुशले एक प्रकारको इन्सुलेटर (ष्लकगबितयच) को रूपमा काम गर्छ जसले शरीरको ऊर्जालाई बाहिर जान दिँदैन ।      कुश, केवल धार्मिक आस्थाको विषय मात्र नभई वैज्ञानिक रूपमा पनि एक चमत्कारी जडीबुटी रहेछ भन्ने कुरा माथिको अनुसन्धान चर्चाबाट वेद पुराणमा वर्णित यसका गुणहरूलाई प्रमाणित गरिदियो । यसरी, कुशले प्राचीन ज्ञान र आधुनिक विज्ञानबीचको दूरीलाई मेटाउँदै आएको छ । यो केवल एक घाँस नभई हाम्रो स्वास्थ्य र वातावरणको लागि पनि एक महत्वपूर्ण प्राकृतिक स्रोत रहेछ । कुश केवल धार्मिक मान्यतामा मात्र सीमित छैन, यसको गहिरो वैज्ञानिक र मनोवैज्ञानिक महत्व पनि छ ।      कुशे औंशीले पारिवारिक सम्बन्धलाई पनि मजबुत बनाउने काम गर्छ । यो दिन छोराछोरीले बुवासँगको आफ्नो भावनात्मक बन्धनलाई ताजा गर्छन् । बुवाको सम्मान गर्दा उनीहरूको मनमा कृतज्ञताको भाव बढ्छ, जुन मनोवैज्ञानिक रूपमा सकारात्मक हुन्छ ।      पितृहरूको श्राद्धले मानिसलाई जीवनको नश्वरता र मृत्युको वास्तविकता स्वीकार गर्न सिकाउँछ । यसले जीवनको मूल्य बुझाउन र पुस्तान्तरणको महत्वमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ । श्राद्धमा पितृहरूलाई अर्पण गरिने र पछि ब्राह्मणहरूलाई खुवाइने पकवानहरू प्रायः पौष्टिक र परम्परागत हुन्छन् । यसमा तिल, जौ, दूध, घिउ जस्ता सामग्रीहरू प्रयोग गरिन्छ, जसले पोषणको महत्व दर्शाउँछ । यस्ता पर्वहरूले पुस्ता–पुस्तासम्म सांस्कृतिक र परम्परागत ज्ञानलाई हस्तान्तरण गर्न मद्दत गर्छन् । यसले सामाजिक अयजभकष्यल (सम्बन्ध) लाई पनि बढाउँछ ।      यसरी, कुशे औंशी केवल एक धार्मिक पर्व मात्र नभई यो एक समग्र वैज्ञानिक जीवनशैलीको दर्शन हो जसले प्रकृति, परिवार, र समाजसँगको सम्बन्धलाई मजबुत बनाउँछ । यो दिन पितालाई सम्मान गरेर र पितृहरूको स्मरण गरेर हामी आफ्नो अस्तित्वको जगलाई सम्मान गर्छौं, जसको वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणबाट गहिरो उपादेयता छ । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्