सनातन धर्ममा शङ्खलाई पवित्र मानिन्छ । यसको प्रयोग पूजापाठ, अनुष्ठान र अन्य शुभ कार्यहरूमा गरिन्छ । तर शङ्ख बजाउनु केवल धार्मिक आस्थासँग मात्र जोडिएको छैन । यसको वैज्ञानिक र स्वास्थ्यसम्बन्धी महत्त्व पनि छ । शङ्ख फुक्ने अभ्यासले मानिसको स्वास्थ्य, विशेष गरी श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा धेरै सकारात्मक प्रभाव पार्छ भन्ने कुरालाई प्राचीन वैदिक र पौराणिक ग्रन्थहरूले समर्थन गर्छन् । यसका साथै आधुनिक वैज्ञानिक अनुसन्धानहरूले पनि यसलाई प्रमाणित गरेका छन् । यो लेख शङ्ख फुक्ने अभ्यासले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव, विशेष गरी श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्याहरूको निवारणमा यसको भूमिकामाथि केन्द्रित छ । यसलाई वैदिक र पौराणिक प्रमाणका साथै आधुनिक अनुसन्धानका आधारमा प्रस्तुत गरिएको छ । आउनुहोस्, विभिन्न अनुसन्धान जर्नलहरूमा प्रकाशित अध्ययनहरूलाई आधार बनाएर यस विषयमा छोटो चर्चा गरौँ । हालसालैका केही अध्ययनहरूले शङ्ख बजाउने वा फुक्ने अभ्यासले श्वासप्रश्वास सम्बन्धी समस्याहरू जस्तै दम (बकतजmब) ब्रोंकाइटिस (दचयलअजष्तष्क) र घुर्ने रोग अर्थात् स्लीप एपनिया (कभिभउ बउलभब) मा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखाएका छन् । यो वैदिक सनातन धर्मको परम्परागत अभ्यासले हाम्रो श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने र फोक्सोको कार्यक्षमतामा सुधार ल्याउने कुरामा अनुसन्धानकर्ताहरूको ध्यान आकर्षित गरेको छ । शङ्ख फुक्नु कुनै सामान्य क्रियाकलाप होइन, यो एक प्रकारको श्वासप्रश्वासको व्यायाम हो। शङ्ख बजाउँदा हामी गहिरो सास लिन्छौं र बलपूर्वक सास बाहिर फाल्छौं । यस प्रक्रियाले डायफ्राम (मष्बउजचबनm) र फोक्सोको मांसपेशीहरूलाई सक्रिय बनाउँछ । यसले गर्दा फोक्सोको क्षमता (गिलन अबउबअष्तथ) बढ्छ र श्वासप्रश्वास सम्बन्धी मांसपेशीहरू बलियो हुन्छन् । अनुसन्धानकर्ताहरूले यही वैज्ञानिक आधारमा यसको उपचार सम्बन्धी सम्भावनाबारे अध्ययन गरेका छन् । त्यसो भए दम (ब्कतजmब) मा शङ्ख फुक्ने अभ्यासको प्रभाव कस्तो छ त ? दम एक दीर्घकालीन रोग हो, जसमा श्वासनली सुन्निने र साँघुरिने गर्छ । यसले गर्दा सास फेर्न गाह्रो हुन्छ । परम्परागत रूपमा, योगा र प्राणायामले दमका बिरामीहरूलाई राहत दिन सक्ने कुरा सर्वविदित छ । शङ्ख फुक्ने अभ्यासलाई पनि एक प्रकारको प्राणायाम मान्न सकिन्छ । व्यगचलब िया ब्तिभचलबतष्खभ बलम ऋयmउझिभलतबचथ ःभमष्अष्लभ मा प्रकाशित एक अध्ययनले दमका बिरामीहरूमा शङ्ख फुक्ने अभ्यासको प्रभावको परीक्षण गरेको थियो । यो अध्ययनले नियमित रूपमा शङ्ख बजाउने बिरामीहरूको फोक्सोको कार्यक्षमतामा उल्लेखनीय सुधार आएको पत्ता लगाएको छ । विशेषगरी, उनीहरूको एभबप भ्हउष्चबतयचथ ँयिध च्बतभ ९एभ्ँच्० बढेको देखियो, जसले सास बाहिर फाल्ने क्षमतामा सुधार आएको संकेत गर्दछ । यसले दमको आक्रमणको जोखिम कम गर्न मद्दत गर्ने देखियो भनेर उक्त जर्नलले निष्कर्ष निकालेको छ । यो त भयो दम रोगीमा शङ्ख फुक्दा पार्ने प्रभाव । अब ब्रोंकाइटिस (द्यचयलअजष्तष्क) रोगीमा पार्ने प्रभावको कुरा गरौं। ब्रोंकाइटिस भनेको श्वासनलीमा संक्रमण हुनु र सुन्निनु हो । जसले गर्दा खकार आउन र सास फेर्न गाह्रो हुन्छ । यो पनि एक दीर्घकालीन रोग हो। शङ्ख फुक्ने अभ्यासले फोक्सो र श्वासनलीबाट खकार बाहिर निकाल्न मद्दत गर्छ भनेर क्ष्लतभचलबतष्यलब िव्यगचलब िया थ्यनब बलम ब्ििष्भम क्अष्भलअभक मा हालै प्रकाशित एक अनुसन्धानले भनेको छ । त्यो जर्नलमा शङ्ख बजाउँदा श्वासप्रश्वास प्रणालीको ’क्लियरिङ मेकानिजम’ (अभिबचष्लन mभअजबलष्कm) लाई सक्रिय बनाउने बताएको छ । यसले गर्दा ब्रोंकाइटिसका बिरामीहरूलाई जमेको खकार निकाल्न सजिलो हुन्छ । यस अभ्यासले श्वासनलीको अवरोध कम गर्न पनि सहयोग गर्दछ, जसले गर्दा सास फेर्न सहज हुन्छ । जर्नल भन्छ, यो एक प्राकृतिक र साइड–इफेक्ट रहित उपचार विधि हुन सक्छ । यसै गरी स्लीप एपनिया (क्भिभउ ब्उलभब) मा शङ्ख फुक्ने अभ्यासको भूमिका का बारेमा अनुसन्धान भएको छ । हामीलाई थाहा छ । स्लीप एपनिया एक गम्भीर निद्रा सम्बन्धी विकार हो, जसमा निद्रामा सास बारम्बार रोकिने र फेरि सुरु हुने गर्दछ । यसले गर्दा बिरामीलाई पर्याप्त अक्सिजन पुग्दैन, जसले मुटु सम्बन्धी रोगको जोखिम बढाउँछ । यस रोगको मुख्य कारण घाँटीको मांसपेशी कमजोर हुनु र निद्रामा आराम गर्दा सास नली बन्द हुनु हो । व्यगचलब िया ऋष्लिष्अब िबलम म्ष्बनलयकतष्अ च्भकभबचअज मा गरिएको एक अध्ययनले शङ्ख फुक्ने अभ्यासले स्लीप एपनियाका बिरामीहरूमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना औंल्याएको छ । शङ्ख बजाउँदा घाँटी र मुखका मांसपेशीहरू बलियो हुन्छन् । यस अभ्यासले इचयउजबचथलनभब िमांसपेशीहरू (मुख र घाँटीको माथिल्लो भागका मांसपेशीहरू) लाई बलियो बनाउँछ । बलियो मांसपेशीहरूले निद्रामा सास नलीलाई खुल्ला राख्न मद्दत गर्दछ, जसले गर्दा सास रोकिने सम्भावना कम हुन्छ । यस अध्ययनले नियमित रूपमा शङ्ख बजाउने व्यक्तिहरूको ब्उलभब–ज्थउयउलभब क्ष्लमभह ९ब्ज्क्ष्० मा सुधार भएको पाएको थियो । ब्ज्क्ष् भनेको स्लीप एपनियाको गम्भीरता मापन गर्ने एक सूचकांक हो । हालै भएको अनुसन्धानको यति चर्चा गरिसकेपछि अब हामी सनातन हिन्दू धर्मावलम्बीहरू घमण्डका साथ भन्न सक्छौं शङ्ख फुक्ने अभ्यासलाई धार्मिक र सांस्कृतिक क्रियाकलापको रूपमा मात्र हेर्ने होइन, यो त हाम्रा शात्रहरुले अनादिकालादेखि नै एउटा अनुपम प्राणायाम विधिका रुपमा अपनाएर श्वास प्रश्वास सम्बन्धी उपचारमा प्रयोग गरिसकेका हुन् । त्यही कुरा आधुनिक भनिएको अनुसन्धान जर्नलहरूले पनि बताउन थाले । यी जर्नलहरुमा शंख फुक्ने अभ्यासले दम, ब्रोंकाइटिस, र स्लीप एपनिया जस्ता रोगहरूको व्यवस्थापन र उपचारमा प्रभावकारी भएको उल्लेख गरिएको छ । यस्तै गरी अर्को एउटा अनुसन्धानले मानसिक शान्ति र तनाव कम गर्नमा शङ्ख फुक्ने अभ्यासले सहयोग गर्दछ भनेर पनि प्रमाणित गरेको छ । इन्डियन जर्नल अफ साइकोलोजी (क्ष्लमष्बल व्यगचलब िया एकथअजययिनथ) मा प्रकाशित एक अध्ययनका अनुसार, शङ्ख फुक्ने अभ्यासले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र यसले डिप्रेसनका लक्षणहरूलाई कम गर्न पनि मद्दत गर्छ भनेको छ । जर्नलले अगाडि भन्छ, शङ्ख फुक्दा हुने गहिरो श्वासप्रश्वास र यसको लयबद्धताले ध्यान र एकाग्रतालाई बढाउँछ । यो एक प्रकारको माइन्डफुलनेस मेडिटेसन (ःष्लमागलिभकक ःभमष्तबतष्यल) पनि हो । यसले मस्तिष्कमा ’एन्डोर्फिन’ र ’सेरोटोनिन’ जस्ता ’ह्याप्पी हर्मोन’ उत्पादन गर्न मद्दत गर्छ, जसले तनाव र चिन्तालाई कम गर्छ । अब यी माथिका अनुसन्धानहरूलाई सँगै राखेर हाम्रा वेद, उपनिषद् र पुराणहरूमा शङ्खलाई कसरी हेरिएको छ भन्ने बारेमा पनि सानो चर्चा गरौं। शङ्खलाई पवित्रता, विजय र समृद्धिको प्रतीक मानिन्छ । अथर्ववेदमा शङ्खलाई शत्रुनाशक र रोग निवारण गर्ने साधनका रूपमा वर्णन गरिएको छ । यसको ध्वनिले नकारात्मक ऊर्जालाई हटाउने र वातावरणलाई शुद्ध पार्ने विश्वास गरिन्छ । सामवेदमा शङ्खनादलाई दिव्य ध्वनिका रूपमा व्याख्या गरिएको छ । सामवेदको भजनहरूमा शङ्खको ध्वनिले शरीर र मनलाई शान्त बनाउने, ध्यानलाई गहिरो बनाउने र श्वासप्रश्वासलाई नियन्त्रित गर्ने कुरा उल्लेख छ । शङ्ख फुक्ने प्रक्रियामा पेटबाट गहिरो श्वास लिएर त्यसलाई नियन्त्रणका साथ बाहिर फ्याँकिन्छ । यसले प्राणायामको सिद्धान्तलाई पछ्याउँछ । सामवेदमा भनिएको छ कि शङ्ख बजाउनु एक प्रकारको प्राणायाम हो जसले फोक्सोको क्षमता बढाउँछ र शरीरमा प्राण ऊर्जाको सञ्चारलाई सहज बनाउँछ । सामवेदमा यति कुरा भनिसकेपछि अहिलेको आधुनिक अनुसन्धानसँग ठ्याक्कै मेल खाएन त !! विभिन्न पुराणहरूमा शङ्खको उत्पत्ति र महत्वबारे विस्तृत वर्णन पाइन्छ । ब्रह्मवैवर्त पुराण, स्कन्द पुराण र महाभारतमा भगवान कृष्णले युद्धको सुरुवात गर्नुअघि पाञ्चजन्य शङ्ख बजाएको प्रसङ्ग उल्लेख छ । यसले यो प्रमाणित गर्छ कि शङ्खलाई धार्मिक र सामाजिक महत्त्वका साथै युद्धको समयमा सेनालाई उत्साहित गर्ने र एकताबद्ध गर्ने साधनका रूपमा प्रयोग गरिन्थ्यो । शङ्ख फुक्ने अभ्यासले सैनिकहरूमा शक्ति र आत्मविश्वास जगाउँछ । यसका लागि गहिरो श्वासप्रश्वास र फोक्सोको बलियो क्षमताको आवश्यकता पर्छ । यहाँ पनि शङ्ख फुक्नुलाई श्वासप्रश्वासको क्षमतासँग दाजिएको छ । आयुर्वेदमा त शङ्खलाई औषधीय गुण भएको एक महत्त्वपूर्ण वस्तु मानेको छ । शङ्ख भस्म (शङ्खको पाउडर) लाई विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ । तर शङ्ख बजाउने अभ्यासलाई पनि एक प्रकारको चिकित्साको रूपमा मानिन्छ । आयुर्वेदमा भनिएको छ कि नियमित शङ्ख फुक्ने अभ्यासले ’वात’, ’पित्त’ र ’कफ’ तीनवटै दोषहरूलाई सन्तुलित गर्न मद्दत गर्छ । यसले विशेष गरी कफ र वात सम्बन्धी समस्या, जस्तै दम, ब्रोङ्काइटिस, र साइनसलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्छ भनेर व्याख्या गरेको छ । शङ्ख फुक्ने अभ्यास केवल एक धार्मिक अनुष्ठान मात्र नभएर एक वैज्ञानिक र स्वास्थ्यवर्धक क्रियाकलाप पनि हो । प्राचीन वैदिक र पौराणिक ग्रन्थहरूले यसलाई आध्यात्मिक शक्तिको साथसाथै शारीरिक र मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण मानेका छन् । आधुनिक अनुसन्धानहरूले पनि यसका फाइदाहरूलाई प्रमाणित गरेका छन् । यसले फोक्सोको क्षमता बढाउने, श्वासप्रश्वासका मांसपेशीहरूलाई बलियो बनाउने, साइनसलाई सफा गर्ने र मानसिक तनावलाई कम गर्ने जस्ता धेरै फाइदा पुर्याउँछ । यति चर्चा गरिसकेपछि ढुक्कसँग भन्न सक्छौं श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूले नियमित रूपमा शङ्ख फुक्नहोस्, आफ्नो दैनिक जीवनको एक हिस्सा बनाउनहोस् श्वासप्रश्वाससम्बन्धी समस्यालाई पूर्ण रूपमा व्यवस्थापन गर्नुहोस् । यो एक सरल, प्राकृतिक र प्रभावकारी अभ्यास हो जसले प्राचीन ज्ञान र आधुनिक विज्ञानको संगमलाई प्रतिनिधित्व गर्छ । सबैको जयहोस् ।
