२००७ सालको प्रजातन्त्र पछि तत्कालिन माननीय उद्योग तथा वाणिज्य मन्त्री श्री गणेणमान सिहद्वारा स्कूलको समुदघाटन भए पछि बनेपाको टोल टोलमा स्कूल स्थापनाको लहर नै चल्यो । बनेपा दछुटोलमा शिक्षा शदनको स्थापना भयो भने बनेपा वकुटोलमा हिमालय स्कूलको स्थापना भयो । त्यस्तै स्वधा टोलको कोवुहालमा सरस्वती स्कूलको स्थापना भएको थियो भने वाँख्यो टोलमा चैतन्य स्कूल स्थापना भएको थियो । पहिला यो चैतन्य स्कूल बनेपा वाँख्यो टोलको स्व. श्री कालुमान गाठा मानन्धरको पार्टीमा सर्व प्रथम स्थापना भएको थियो । यो पाटीको अगाडि एउटा बुहदको सानो चैत्य पनि थियो । सायद २००८–०९ साल तिर ८–९ वर्षका थिए । मैले यसै स्कूलबाट वा¥हखरी सिकेका थिए । त्यस वेला अहिले जस्तै कापि, कलम थिएन । एउटा ढुँडाको सिलोट र त्यसमा लेख्ने सानो खरी जस्तो पोन्सील हुन्थ्यो । त्यहि सिलोट काखि त्यापेर हामी चैतन्य स्कूूल जान्थ्यौँ र त्यहि सिलोटमा अ.आ.इ.ई.... लेखेर पढाइन्थ्यो । त्यस वेलाका हाम्रा गुरु हुनुहुन्थ्यो श्री कृष्ण प्रसाद भकू मानन्धर हुनुहुन्थ्यो । त्यसैवेल वहाँको तलब मासिक ७÷५० मात्र थियो । त्यो पनि टोलमा चन्दा उठाएर दिन्थे । स्कूलको भवन दुुइ तल्ला थियो । अर्थात भुइ तल्ला र माथिल्लो तल्ला । विद्यार्थीहरुको पठन पाठन माथिल्लो तल्लामा हुन्थ्यो । एक दिन नेपाली कांग्रेसका नेता सुनदर राज चालिसे हाम्रो घरमा आउनु भएको थियो । वहाँ (सुन्दर राज चालिसे) नेपालमा प्रजातन्त्र स्थापना हुनु भन्दा पहिले हाम्रौ घरमा भूमिगत बस्नु भएको थियो । त्यसैले वहाँ सधै हाम्रो वाजे मोहन लाल खिं मानन्धरलाई भेट्न आउनु हुन्थ्यो । त्यस वेला हाम्रो वाज्य मोहनलाल खिंले स्कूल स्थापना भएको तर स्कूलको नामकरण गर्न नसकेको बताउनुभयो र सुन्दर राज चालिसे स्कूल भवन जानू भई भवनको अगाडि एउटा सानो चैन्य देखेर स्कूलको नाम पनि चैतन्य राख्नुभयो भनेर वाजे मोहनलाल खिं बताउनु हुन्छ । म २०११÷०१२ साल तिर मेरो काका ज्ञानकाजी मानन्धरसँग काठमाण्डौ गए । त्यस पछि यस चैतन्य स्कूल के भयो थाहा भएन । विक्रम सम्वत् २०१७ सालमा यस वाँख्यो टोलका २÷४ जनाको सक्रृयता र मेरा काका ज्ञानकाजी मानन्धर पनि आजाद हाइ स्कूलमा शिक्षक भई सकेको हुनाले यो चैतन्य स्कूलको नेपाल सरकारबाट स्वीकृति प्रदान गर्न स्कूल निरिक्षण गर्न आउने भए । त्यस वेल हाम्रै घर अर्थात मोहनलाल खिं मानन्धरको पसलको छिडिमा टोलका वाल बच्चाहरु झण्डै ७०÷८० जनालाई राखेर पढाएका थिए । विद्यालय निरिक्षण गर्नेहरुले विद्यार्थीहरुलाई केही सोधपुछ गर्ला कि भने हामी चार पाँच जना पढ्न सक्ने अगाडि बसेका थियौँ । जिल्लाबाट विद्यालय निरिक्षण गर्न त आए तर विद्यार्थीहरुलाई कुनै सोध पुछ भएन र नेपाल सरकारबाट स्वीकृति भयो । नेपाल सरकारबाट स्वीकृति भए पछि यस विद्यालयको नाम चैतन्य राष्ट्रिय प्राइमरी स्कूल भयो । स्कूल स्वीकृति भए पछि यस चैतन्यका पुराना शिक्षक कृष्णराम प्रसाद मानन्धर कहाँ जानुभयो थाहा भएन । यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूलका प्रथम हेड मास्टर देवेन्द्र दुवाल हुनु भयो भने सहायक मास्टर नरेन्द्रप्रसाद श्रेष्ठ हुनुभयो । चैतन्य राष्ट्रिय प्राइमरी स्कूल हाम्रै घर अगाडि एउटा खाली घर श्री कृष्ण बहादुर गैडा मानन्धरको घरमा सञ्चालन भएको थियो । २०१७ साल देखि २०१८ साल सम्म अरु पनि शिक्षकहरु भए होलान् । नेपाल सरकारबाट स्वीकृति पाए पछि यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूललाई वार्षिक रु १८०० (एक हजार आठ सय) रुपैया सरकरले प्रदान गर्ने भएको थियो । २०१९ साल तिर मैले आठ सय रुपैया सरकरले प्रदान गर्ने भएको थियो । २०१९ साल तिर मैले ८ कक्षा पास गरी ९ कक्षा आजाद हाइ स्कूलमा पढ्दै थिए । त्यस वेला यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूलका हेड मास्टर देवेन्द्र दुवालले मलाई र कृष्णप्रसाद मानन्धरलाई यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूलको शिक्षक बनाइ मलाई प्रति महिना रु २५ र कृष्णप्रसाद मानन्धरलाई प्रति महिना रु ३० दिने भनियो । त्यस वेला देखि हामी चार जना शिक्षकहरुले कक्षा १ देखि कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ । हामीले यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूलमा २०१९ साल जेष्ठ महिना देखि २०२० साल जेष्ठ महिना सम्म अध्यापन ग¥यौँ तर कृष्ण सर र म दुबै जनाले स्कूलबाट पाउनु पर्ने तलब एक वर्षको पाएनौँ । नेपाल सरकारबाट पाउने आर्थिक सहायता रकम रु १८०० (एक हजार आठ सय) हेड मास्टर देवेन्द्र दुवाल रर सहायक मास्टर नरेन्द्र श्रेष्ठ दुबै जनाले मात्र खर्च गर्नुभएको थियो । त्यस पछि सायद २०२० साल बैशाक, जेष्ठ महिनामा यो चैतन्य राष्ट्रिय प्राइमरी स्कूल कृष्णवहादुर गैडा मानन्धरको घरबाट खोपासी निवासी श्री हर्ष उलकको भर कोला टोलमा सरेको थियो । यहि २०२० सालको असार र श्रावण २ महिना काठमाण्डौ मनहरा गान्धी आदर्श विद्यालयमा शिक्षक तालिम खोलेको थियो । त्यस शिक्षक तालिम लिन विद्यालयबाट शिक्षक हो भन्ने एउटा पत्र लगे पुग्ने रहेछ र शिक्षकहरुलाई तालिम भत्ता भनेर प्रति महिना रु ५० (पचास रुपैँया) पनि दिन्थ्यो । हामी दुबै शिक्षक महिनाको २५।– र ३०।– रुपैँया लिन गा¥हो हुने म र कृष्ण सर विद्यालयको एउटा पत्र लिइ गान्धी आदर्श विद्यालय मनहरमा गयौँ । शिक्षक लालिम भनेर विभिन्न जिल्लाका शिक्षकरु पनि आउनु भएको थियो । गान्धी आदर्श विद्यालय केटीहरुमात्र पढ्ने विद्यालय थिए । विद्यालय सँगै एउटा छात्राबास पनि थियो । छात्राबासको सबैभन्दा माथिल्लो तल्लामा हामी तालिम लिएका शिक्षकहरु बस्थ्यौँ भने तल्लो तल्लामा महिला छात्राहरु बस्थे । हाम्रो शिक्षकहरुको तालिम विहान चल्थ्यो भने छात्राहरुको स्कूल दिउँसो चल्थ्यो । विद्यालय र छात्राबासलाई चारै तिर काँडेतारले बार लगाएको थियो । भित्र बाहिर गर्ने एउटा मुल ढोका पनि थियो । त्यहि मूल ढोकाबाट हामी शिक्षकहरु भित्र बाहिर गर्न पाइन्थ्यो । तर त्यस विद्यालयका छात्राहरुलाई भित्र बाहिर गर्न निषेध गरिएको थियो । ढोका पाले पनि विद्यालयका छात्राहरु नै बस्थे । हाम्रो शिक्षक तालिममा शिक्षहरुको तालिम नभइ एस.एल.सी.को पाठ्यक्रम अनुसार हाम्रो पढाई भयो । मेरो लागि त राम्रै भयो । किन भने मैले कक्षा ९ भरखर पढेको थिए । असार महिना पछि श्रावणको ४÷५ गते हुनुपर्छ । हामीलाई तालिम भत्ता भने र रु ५०।– पनि दिनु भयो । असार महिनाको भत्ता बुझी म एक दिन मेरो काका ज्ञानकाजी मानन्धर कहाँ काठमाण्डौ गए । वहाँ त्यस वेला अंग्रेजीको एम.ए. जाँच दिनु डेरा गरी बस्नु भएको थियो । वहाँले मेरो शिक्षक तालिम बारे सोध्नु भयो भने मैले पनि शिक्षक तालिम त ठीकै छ तर दुषित पानीले कोही शिक्षकहरु विरामी भएको बताए । त्यस पछि काका ज्ञानकाजीले शिक्षक तालिम छोडी काठमाण्डौमा आएर विद्यालयमा पढ भन्नु भयो र मैले पनि श्रावण महिनाको तालिम पुरा नगरी काठमाण्डौमै बसि अध्ययन गरे ।
