IMG-LOGO

मान्छेलाई दुई कुराबाट जाँच्न सकिन्छ, उसको मुस्कान र आँखा

 मंगल, भदौ ३, २०८२  – विजयकुमार पाण्डे

       ‘केही दिन अघि भारतका राजदुत नवीन श्रीवास्तवले एक रिसेप्सन आयोजन गरेका थिए । पस्ने बित्तिकै मैले गगन थापालाइ देखे । त्यहाँ ,कांग्रेस नेता गगन थापाभन्दा अलि बढी बुढा र अलि थोरै बुढा सबै खाले मान्छे थिए । एमालेका पनि, रास्वपाका पनि, मधेशवादी, माओवादी र अन्य पार्टीका पनि । राजनीतिमा लागेकामात्र थिएनन्, अन्य विविध क्षेत्रका पनि थिए । सप्तरंगी जमघट थियो ।      मैले गगन थापालाई ठट्टामा हाँस्दै सोधे – ‘होइन नेपालमा सबैथरि विचारधाराका मान्छेको भेटघाट हुने थलो, दुतावासका रिसेप्सन वा कुनै साहुसेठको घर मात्र किन हुन्छ होला है ?’      जवाफमा गगन थापा मस्त मुस्कुराए । मान्छेलाई दुई कुराबाट जाँच्न सकिन्छ । उस्को मुस्कान र उस्का आँखा । बालख छँदा हामी सबैको मुस्कान निश्चल हुन्छ । आँखा सफा हुन्छन् । बढदो उमेरका साथै हामी ती दुबै कुरा साटेर जीवनमा अरु धेरै कुरा जम्मा गर्न थाल्छौ । पद पैसा, प्रतिष्ठा ।      गगन थापाका आँखामा आज पनि तेज र उर्जा बाँकी नै छ तर उनी अब उनी पहिला जस्ता निर्भय, निश्चल र मस्त देखिदैनन् । बिस्तारै बुझ्दैछन् नेपाली राजनितीका जटिलता र विरोधाभाषहरु ।      गगन थापासँग केही समय त छ तर बढदो उमेर, नेपाली समाज र राजनीतिका अनिश्चित राजनैतिक समिकरणहरु र संगतका जटिलताले मनमा कोर्ने चिन्ताका धर्साहरु गगन थापाको मुहारमा पनि देखिन थाली सके ।       फेरी उनी शेरबहादुर देउवा पनि त होइनन्, जस्ले सायद उनकै उमेरको हाराहारीमा, तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालासँग मतभेदले सिमा नाघे पछि  कांग्रेस पार्टी फुटाउने साहस गरेका थिए । पार्टी फुटाउन धेरै ठूलो साहस चाहिन्छ । रेडिमेड पार्टीमा अर्ध विरोधको झन्डा बोके जस्तो सहज हँुदैन त्यो ।       शेरबहादुर देउवा बाहेक आजसम्म जस–जसले आ–आफ्नो पार्टी फुटाउने जोखिम लिए, ती सबै ओरालो लागे । किन ? यो एक बेग्लै विश्लेषणको विषय हो ।       त्यसैले नेपाली कांग्रेसमा बुढो नेता होस कि युवा भनिने अलि कम बुढो नेता किन नहोस्– शेरबहादुर देउवा पछी सभापति पद ताक्ने हो भने पर्खनुको विकल्प छैन । यो कुरा गगन थापा र शेखर कोइरालाका लागी मात्र होइन अहिले सिनमा देख्दै नदेखिएको कोही तेस्रो उम्मेदवारका लागी पनि उत्तिकै लागु हुन्छ...’      (शिलापत्र डट कममा सोमबारबाट सुरु हुने मेरो नियमित स्तम्भ अनकटुका अंशहरु । ‘अनकट’ स्तम्भ पाठकका लागी हरेक सोमबार शिलापत्र डट कम र दर्शकश्रोताका लागी दुई दिन पछी, बुधबार युटुबमा दिशानिर्देश टिभी उपलब्ध हुनेछ)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्