नेपाल भारत सम्बन्धबारे मैले प्राचीनकालको सम्बन्ध उल्लेख गर्दा नेपाल र भारतको अहिलेको भूगोल र राजनीतिक स्तरबाट गरेको होइन । नेपाल र भारतका इतिहासकारले लेखिएका पुस्तक र हिन्दी नेपाली विकिपीडियामा भएका श्रोतहरु कै आधारमा लेख तयार गरिएका हुन् । भ्रम के नपरोस् भने भारत यो भारत अर्थात अहिलेको भारत थिएन । त्यस्तै हाम्रो मुलुक पनि यो नक्सामा थिएन । नेपाली भएको हिसाब र वर्तमान समयमा उभिएर नेपाल भारत सम्बन्धबारे प्राचीन र मध्यकालको चर्चा किन आवश्यतता प¥यो भन्ने बारे लेख्दा हाम्रा प्राचीन कालदेखि आहिले सम्मका विषयमा नलेख्ने हो । भने नेपाल भारत सम्बन्धबारे बुझ्न सकिन्न । पहिले देखि नै हाम्रा भाषा करिब–करिब मिल्छन्, दुवै देशको खुला सीमा छ । प्राचीन कालदेखि जनस्तरमा आवत–जावत छ । प्राचीन सभ्यतामा भारत देश नभए पनि त्यहाँका बासिन्दाहरू धर्म र व्यापारिक काम गर्न नेपाल आउँथे । त्यसैगरि अहिलेको भूगोलको नेपाल नभए पनि यहाँका बासिन्दा त्यहाँ धर्म गर्न चारधाम र व्यापार गर्न जान्थे । प्राचीन काल कै निरन्तरता मध्यकालमा पनि थियो । हामीले बुझ्ने मध्यकाल भनेको विक्रम सम्वत ९३६ सन् ८७९ देखिको समयलाई इतिहासकारहरुले मध्यकाल मान्छन् । नेपालका राजा मानदेवले ८७९ अक्टुबर २० तारीख देखि नयाँ सम्वत चलाए त्यसलाई नेपाल सम्वत् भनिन्छ । एक हरफमा भन्दा प्राचीन कालदेखि कै निरन्तरता भारत र नेपालमा तिर्थ यात्री धर्म गुरु र व्यापारीहरुको आउने जाने सिलसिला कायम रह्यो । त्यस बेला भारतमा मगध राज्य थियो । इतिहासकार बाबुराम आचार्यका अनुसार १२ औँ शताब्दीको उत्तरार्धमा स्वामी शंकराचार्य आफ्ना शिष्यहरुका साथ नेपाल आएका थिए । भनिन्छ उनकै पाला देखि पशुपतिनाथको मन्दिमा दक्षिणका भट्ट लाई पुजारी राख्ने चलन चलेको हो । शंकराचार्यले युवराज आनन्ददेव र उनका भतिजा महेन्द्रदेवलाई उनका छोरा बसन्तदेवा र सोमेश्वरलाई मन्त्र सुनाएका थिए । त्यतिबेला शंकराचार्य नेपाल हुँदै तिब्बत गएका थिए । मध्यकालमा नेपालीहरु बिहारको नालन्दा विश्वविद्यालयमा पढ्न जान्थे । मध्यकालमा नेपालमा बनेका सामान प्राचीन काल देखिका भारतका विभिन्न देश र तिब्बत लगायत विभिन्न देशमा नेपालबाट उत्पादित सामान जान्थे । नेपालको कस्तुरी अरबसम्म निर्यात हुन्थ्यो । यसकारण मध्यकालमा हाम्रो सम्बन्ध विशिष्ट सम्बन्धथियो । यही विशिष्टताले आजपनि नेपाल भारत सम्बन्धमा प्रभाव र समस्या दुवै पारेको छ । श्रोत सन्दर्भ सामाग्रीः प्रा.डा.श्रीरामप्रसाद उपाध्याय न्यौपाने
