IMG-LOGO

पहिला ओलीलाई गाली अहिले जेल बसेका रविलाई

 सोम, सावन २७, २०८२  – राम लोहनी

     एमालेसँग मिलेर सरकार बनाउनु अघिसम्म ओलीलाई गगन थापाले किर्ते प्रसाद ओली र विश्वप्रकाश शर्माले गिरिबन्धु भनेर दिनमा दश चोटी जति भन्थे र सराप्थे ।अहिले उनीहरुको काम जेलमा बसेका रवि लामिछानेलाई सराप्नु हो ।      झापा र काठमाण्डौंका मतदाताले गगन र विश्वप्रकाश शर्मालाई रवि लामिछानेलाई सराप्ने जिम्मेवारी दिएर जिताएका ? हाम्रो करको पैसाले तलब भत्ता खाने सांसदको काम प्रतिपक्षी दल र नेतालाई सराप्नको लागी हो ?      गिरिबन्धू खै ? भुटानी शरणार्थी खै ? भिजिटि भिषामा तस्करसँग मिलेर युवा ठग्ने आफ्नै पार्टी गृहमन्त्रीलाई केही भन्दैनन् सहकारी ठग धनराज गुरुंगलाई सामान्य छानविन समेत गर्न नपर्ने ? कुलिंग पिरियडमा गढबढी गर्ने रामहरी खतिवडाको राजीनामा माग्न नपर्ने ? पोखराको लिची बगान हत्याउँन तस्करसँग मिलेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको बारेमा बोलेको खै ?      सहकारी पिडितलाई  उनीहरुको ठगिएको पैसा दिलाउँने भनेर छलफल गरौं र निकास दिउँ भनेर लागेको खै ?      रवि जेल जानु अघिसम्म मेरो घर अगाडी सामान्य चिया पसलेले दुःख गरेर कमाएको पैसा सहकारीले ठग्यो भनेर संसदमा गगन थापा रुदै थिए ।अहिले रविलाई जेल पठाउने लक्ष्य पुरा भएपछि सित्तल भएर बसेका छन् । अब सहकारीको दुःखमा आँशु झर्दैन । सहकारी पिडित  सबैले न्याय र पैसा फिर्ता पाईसके ।      पाकिस्तान र भारत अनि दक्षिण कोरिया र उत्तर कोरियाको जस्तो पनि होइन । हाम्रो मलेसिया सँग कुटनितिक र मित्रबत सम्बन्ध छ । ठग जिबी राई मलेसियामा लुकेर बसेको सब थाहा छ । तैपनी एउटा ठग अपराधीलाई राज्यले ल्याउन सक्दैन भने किन चाहियो यो सरकार ? कि मलेसियाले हामीलाई हेपेको छ, हामीलाई नालायक सम्झेर जिबी राई पठाउँदैन भन्न प¥यो । नभए,जिबी राईले ठगेको पैसा सबैले मिलेर खाएका छन् ल्याउँदैनन् । कुरा त्यहि होइन र ?    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्