प्राचीन समयमा हाम्रो क्षेत्र अर्थात् यो भारतीय उपमहाद्वीप केवल अध्यात्म र दर्शनको केन्द्र मात्र थिएन, यो विज्ञान र गणितको पनि उद्गमस्थल थियो । वेद र उपनिषद् जस्ता ग्रन्थहरूमा लुकेका ज्ञानका खजानाहरूमध्ये ज्यामिति अर्थात् न्भयmभतचथ को क्षेत्रमा एक महत्त्वपूर्ण ग्रन्थ हो ‘सुल्ब सूत्र’ । विभिन्न ऋषि वैज्ञानिकहरूद्वारा विभिन्न ज्यामितीय सूत्रहरू प्रतिपादन गरेका छन् । तर महर्षी बौधायनद्वारा आजभन्दा करिब २९०० वर्ष पहिले प्रतिपादित सुल्बसूत्र ‘बौधायन सुल्ब सूत्र’ सबैभन्दा पुरानो र महत्त्वपूर्ण मानिन्छ । ‘सुल्ब’ को अर्थ डोरी र ’सूत्र’ को अर्थ नियम वा सिद्धान्त हो । यसरी, सुल्ब सूत्रको शाब्दिक अर्थ ‘डोरीको प्रयोगबाट ज्यामितीय आकृतिहरू निर्माण गर्ने नियम’ हो । तत्कालीन समयमा सुल्ब सूत्रहरूको मुख्य उद्देश्य यज्ञका लागि आवश्यक पर्ने विभिन्न वेदीहरूको निर्माण गर्नु थियो । यी वेदीहरूको आकार र क्षेत्रफल अत्यन्तै सटीक हुनुपर्दथ्यो, जसका लागि उन्नत ज्यामितीय ज्ञान अनिवार्य थियो । गरुडको आकारको ‘श्येनचिति’ वेदी होस् वा कछुवाको आकारको ‘कूर्मचिति’ वेदी, यिनीहरूको निर्माणका लागि वर्ग, आयत, समलम्ब चतुर्भुज जस्ता आकृतिहरूलाई एक–अर्कामा रूपान्तरण गर्नुपथ्र्यो, तर क्षेत्रफल भने समान राख्नुपथ्र्यो । यही आवश्यकताले ज्यामितिका ती सिद्धान्तहरूलाई जन्म दियो, जुन आज आधुनिक भनिएको विज्ञान र प्रविधिको आधार बनेका छन् । बौधायन सुल्ब सूत्रमा पाइथागोरस सिद्धान्तको सबैभन्दा पुरानो लिखित प्रमाण पाइन्छ, जसलाई ‘बौधायन प्रमेय अर्थात् बौधायन सिद्धान्त’ भन्नु बढी सान्दर्भिक हुन्छ । बौधायनले भनेका छन् ः “दीर्घचतुरस्रस्याक्ष्णया रज्जु ः पाश्र्वमानी तिर्यङ्मानी च यत्पृथग्भूते कुरुतस्तदुभयं करोति ।” अर्थात्, “एक आयतको विकर्णमा खिचिएको डोरी (रज्जु) ले बनाउने वर्गको क्षेत्रफल, त्यसको लम्बाइ र चौडाइले छुट्टाछुट्टै बनाउने वर्गहरूको क्षेत्रफलको योग बराबर हुन्छ । “यो त्यही सिद्धान्त हो जसलाई हामी ब६२ + द६२ = अ६२ को रूपमा चिन्दछौँ । यसबाहेक, सुल्ब सूत्रमा २ को वर्गमूलको लगभग मान निकाल्ने विधि पनि दिइएको छ, जुन दशमलवको पाँच स्थानसम्म सही छ । उनको सूत्रअनुसार, √द्द≈ज्ञंघज्ञंघ×द्धज्ञ−घ×द्ध×घद्धज्ञ यसलाई गणना गर्दा १.४१४२१५६ आउँछ, जुन √२ को वास्तविक मान (१.४१४२१३५६...) को धेरै नजिक छ । यस्तो सुक्ष्म गणनाले त्यस समयको गणितीय ज्ञानको गहिराइलाई दर्शाउँछ । अनि त्यसैगरी वृत्तलाई वर्गमा र वर्गलाई वृत्तमा बदल्ने (कत्रगबचष्लन तजभ अष्चअभि) जस्ता जटिल ज्यामितीय समस्याहरूको समाधानले पाई को मानको प्रारम्भिक र सटीक अनुमानतर्फ डोरÞ्याएको थियो । हजारौँ वर्ष पहिले यज्ञ–वेदी निर्माणका लागि प्रतिपादन गरिएका यी सूत्रहरू आजको आधुनिक युगमा आश्चर्यजनक रूपमा सान्दर्भिक छन्। यिनीहरूका प्रयोग अनेक क्षेत्रमा फैलिएका छन्, वास्तुकला र सिभिल इन्जिनियरिङ (ब्चअजष्तभअतगचभ बलम ऋष्खष् िभ्लनष्लभभचष्लन) क्षेत्रमा कुनै पनि भवन, पुल वा सडकको नक्सा तयार गर्दा समकोण (चष्नजत बलनभि) को सटीकता अनिवार्य हुन्छ । यसका लागि आज पनि बौधायन सिद्धान्त (पाइथागोरस तजभयचथ) नै आधारभूत सिद्धान्त हो । भवनको जगदेखि छानासम्मको संरचनागत स्थिरता सुनिश्चित गर्न यी ज्यामितीय नियमहरू प्रयोग हुन्छन् । यसै गरी कम्प्युटर विज्ञान र प्रविधि (ऋयmउगतभच क्अष्भलअभ बलम त्भअजलययिनथ) को क्षेत्रमा पनि सुल्ब सूत्रहरू वास्तवमा ज्यामितीय एल्गोरिदम (नभयmभतचष्अ बनियचष्तजmक) हुन् । आजको कम्प्युटर ग्राफिक्स, गेमिङ र ३–डी मोडलिङमा वस्तुहरूको दूरी, कोण र आकार निर्धारण गर्न यिनै सिद्धान्तहरूमा आधारित एल्गोरिदम प्रयोग गरिन्छ । कम्प्युटर एडेड डिजाइन (ऋब्म्) सफ्टवेयर, जसले इन्जिनियर र आर्किटेक्टहरूलाई जटिल डिजाइन बनाउन मद्दत गर्छ, त्यसको मूल आधार पनि यिनै ज्यामितीय सिद्धान्तहरू हुन् । नेभिगेसन र खगोल विज्ञान (ल्बखष्नबतष्यल बलम ब्कतचयलयmथ) अर्को क्षेत्र हो जहाँ न्एक् प्रणालीले पृथ्वीमा कुनै पनि स्थान निर्धारण गर्न ’ट्राइल्याटरेसन’ नामक विधि प्रयोग गर्छ, जुन दूरी गणनामा आधारित छ । यस दूरी गणनाको गणितीय आधार बौधायन सिद्धान्त नै हो । त्यसैगरी, ग्रह र ताराहरूबीचको दूरी पत्ता लगाउन खगोलविद्हरूले परापूर्वकालदेखि नै यस्तै ज्यामितीय सिद्धान्तहरूको प्रयोग गर्दै आएका छन् । वैदिक यज्ञवेदीहरूको निर्माण केवल ज्यामितीय शुद्धताका लागि मात्र नभई, तिनीहरूको दिशा र स्थिति खगोलीय घटनाहरू (जस्तै, सूर्योदय, नक्षत्रको स्थिति) सँग सम्बन्धित हुन्थ्यो । यसले ज्यामिति र खगोल विज्ञानबीचको गहिरो सम्बन्धलाई देखाउँछ । यही सम्बन्धले पछि गएर आकाशीय पिण्डहरूको गति, दूरी र कक्ष गणना गर्ने आधार तयार गर्यो । आज रकेट प्रक्षेपण र उपग्रहहरूको कक्ष निर्धारणमा गरिने जटिल गणनाहरू त्यही प्राचीन गणितीय परिशुद्धताको विस्तारित रूप हो । गणित र भौतिकशास्त्र (ःबतजझबतष्अक बलम एजथकष्अक) को क्षेत्रमा त स्क्वायर र पाई जस्ता अपरिमेय संख्याहरू (ष्चचबतष्यलब िलगmदभचक) आधुनिक गणित र भौतिकशास्त्रका स्तम्भ हुन् । सुल्ब सूत्रले यी संख्याहरूको मान निकाल्ने जुन विधि प्रस्तुत गरेको छ, त्यसले प्राचीन समयमा गणितीय प्रज्ञान र चिन्तन कति गहिरो थियो भन्ने स्पष्ट पार्छ । माथि उल्लेख गरिएका तर्कहरूबाट यो प्रमाणित गर्न सकिन्छ कि महर्षि बौधायनद्वारा प्रतिपादित सुल्ब सूत्रले आधुनिक गणितको क्षेत्रमा ठूलो भूमिका खेलेको रहेछ जसलाई पाइथागोरसले पछ्याएर आधुनिक भनिएको विज्ञानमा आफ्नो नामबाट प्रतिपादन गरिदिए र यसैलाई हामीले पनि पाइथागोरस थ्यौरम भनेर पढ्ने गरियो । यो केवल ज्यामितीय निर्देशिका मात्र होइन, यो त हाम्रो पूर्वीय दर्शनले दिएको गणितको एउटा उच्चतम उन्नत वैज्ञानिक चेतनाको जीवन्त प्रमाण हो । डोरी र किला जस्ता सामान्य उपकरण प्रयोग गरेर ब्रह्माण्डका गणितीय रहस्यहरूलाई सरल सूत्रमा बाँध्ने बौधायनको ज्ञान आज पनि उत्तिकै सान्दर्भिक छ । आधुनिक विश्वका गगनचुम्बी भवनहरू, अत्याधुनिक कम्प्युटर प्रविधि र अन्तरिक्ष अन्वेषणसम्मका उपलब्धिहरूको जगमा कतै न कतै सुल्ब सूत्रका सिद्धान्तहरू लुकेका छन् । यसले हामीलाई हाम्रो गौरवशाली अतीतप्रति गर्व गर्न र त्यसबाट प्रेरणा लिन प्रोत्साहित गर्दछ । सबैको जयहोस् ।।
