नेपाल–भारत सम्बन्ध – १९ कलिंगाको युद्धमा धेरै मानिस मरेपछि भारतका मौर्यबंशका सम्राट अशोकलाई वैराग्य उत्पन्न भयो ।उनले बुद्ध धर्म ग्रहण गरे । आफू राजा भएको २० वर्ष पछि सम्राट अशोकले ईसापूर्व २४८ मा भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गरेका थिए । उनले लुम्बिनीमा स्तम्भ खडा गरे । त्यो स्तम्भलाई कालान्तरमा अशोक स्तम्भ भनियो । उनले गर्दा नै शाक्यमुनि बुद्ध लुम्बिनीमा जन्मिएको प्रमाण शिलालेख लेखेर दर्ज भयो । उनले बुद्ध जन्म स्थलमा पर्खाल लगाए । त्यहाँ उनले बलि निषेध गरे । सम्राट अशोकले रामग्राम गएर बुद्धको स्तूप बनाए सम्राट अशोकले भारतमा धर्मको प्रचार गरे । बुद्ध धर्मका अनुययीहरू बढाए । अनेकौं पौराणिक ग्रन्थमा लेखिएका छन् कि भारत लगायत बिभिन्न देशमा नेपालबाट कस्तुरी चमरको निर्यात हुन्थ्यो । नेपालमा बनेका फलाम र तामाका भाडाकुडा भारतका विभिन्न राज्यमा पुग्थे । युक्तिकल्पतः ग्रन्थमा नेपाली तरवारको वर्णन गरिएको छ । लिच्छवीकालिन राजा अंशुवर्माको पालामा नेपालबाट भारत जाने अनेक वस्तुको नाम शिलालेखमा उल्लेख गरिएको छ । शिलालेखका अनुसार ति सामान सरकारको स्वीकृति बेगर लान नपाउने कुरा उल्लेख छ । लिच्छवीकालिन समयमा तत्कालिन राजपरिवारको विवाह भारत स्थित उत्तर र दक्षिणका राजपरिवारसंग हुने गर्दथ्यो । अंशुबर्माकी बहिनी भोगदेवीको विवाह भारतका राजपूत युवराज सुरदेवसंग भएको कुरा इतिासकारहरुले लेखेका छन् । त्यस्तै लिच्छविकालीन राजा नरेन्द्रदेवका छोरा शिवदेव द्वितीयको विवाह मगधका राजा भोगवर्माकी छोरी वालसदेविसँग भएको कुरा पशुपतिको शिलालेखमा उल्लेख छ । त्यस्तै लिच्छविकालीन राजा जयदेव द्वितियको विवाह भारतका राजा श्रीहर्षदेवकी छोरी राज्यवतीसंग भएको थियो । भारतको प्राचीनकालमा आर्यहरूमा पनि इतिहास पढ्ने पढाउने प्रवृत्ति थियो। जबसम्म आर्यहरूले आफ्नो इतिहासलाई राम्ररी अनुगमन गरिरहे, तबसम्म उनीहरुको इतिहास उज्ज्वल रहिरह्यो। उनीहरूले कहिल्यै पराधीन हुनु परेन, विदेशी वैरीहरू पनि परास्त भएर गए । विदेशीले भारतलाई अँचेट्न सकेका थिएनन् । जब भारतवासीले इतिहासतिर दृष्टि दिन छोडे, आफ्नो गौरवमय इतिहासलाई बिर्सेर पारमार्थिक विद्यापट्टि मात्र विशेष जोड दिन थाले, त्यस वेला उनीहरूले मुगल वंशका विदेशीको वश हुनुर्पयो, मुगल र ब्रिटिस गरेर हजार वर्षसम्म भारतले विदेशीको दासता स्वीकार गरिरहनुर्पयो । यो कुरा हामी अहिले भारतको इतिहासको सिंहावलोकन गर्दा यथेष्ट बुझ््न सक्छौं । भारतवासीले आफ्नो गौरवमय इतिहास बिर्सेर आफ्नो राजनैतिक पतन गराइसकेका हुँदा नै विदेशी मुसलमानी शक्तिको अगाडि घुडा टेक्नुपयो । विदेशी विजेता मुसलमानहरू पनि आफ्नो इतिहासतर्फ पनि सचेत थिए । अलबेरुनी फरिस्ता जस्ता इतिहासविद् र शाहनामा आदि इतिहास ग्रन्थले तिनको इतिहासप्रेम प्रकट हुन्छ । अलबेरुनीजस्ता सचेत ज्योतिषी इतिहासविद् विद्वान पनि प्रसिद्ध आक्रमणकारी महम्मद गजनीका पासमा विद्यमान थिए । भारतीय राज्यमा आवश्यकले आकलझुकल आफ्नो पुस्तावली टिपेर राख्ने चलन चाहिँ केही मात्रामा देखिन्छ । विहावारी गर्न नातानाला खुट्याउन अरू बाहुन क्षेत्रीमा पनि आफ्नो पुस्तावली तयार पार्ने चलन थियो । तेह्रौतियाँ ब्राह्मणको पंजिकाले यो कुरा प्रकट गर्छ । यस्तैमा काश्मीरका विद्वान् कलणले लेखेको राजतरङ्गिणी (काश्मीरको इतिहास) हाम्रो सामु देखिन आउँछ । काश्मीर विद्या र ब्राह्मणको केन्द्र थियो। पश्चिम भारतमा मुसलमानी आक्रमण हुँदा धेरै ब्राह्मणपरिवार काश्मीरमा शरण लिन पुगेका थिए । विक्रम संबत्को आठौं शताब्दीको शुरू मै सिन्धमा मुसलमानको आक्रमण भएको थियो । महम्मूद गजनीले वि.सं. १०७२ मा काश्मीरमा चढाइ गरे तापनि विजय हासिल गर्न सकेका थिएनन् । वि.सं. १०८३ मा सोमनाथ मन्दिर लुटेका थिए । त्यसै वेला अर्थात् वि.सं. १०८७ मा अलबेरुनीले काशी र काश्मीर विद्याको सर्वश्रेष्ठ, केन्द्र हुन्, यसैले हिन्दुहरू मुसलमानको आक्रमणबाट बच्न काश्मीर पसेका थिए भनी लेखेका छन् । काश्मीरको वर्णन गर्दा कवि विलणले आफ्नो विक्रमाङ्कदेवचरितमा घरघरमा आइमाई केटाकेटी पनि संस्कृत र प्राकृतमै बोलचाल गर्दछन् भनी लेखेका छन् । काश्मीर विटा केन्द्र हुँदाहुँदै नै त्यहाँ बडेबडे विद्वान् पैदा भए र यिनले अलिकति भए पनि इतिहासको यो पनि जगाए । यसैको फल राजतरङ्गिणी जस्तो पुस्तक लेखियो । वि.सं. १२०७ सम्ममा राजतरङ्गिणी जस्तो पुस्तक लेखियो । वि.सं. १२०७ सम्ममा राजतरङ्गिणीको रचना समाप्त भइसकेको थियो । महाभारतपछिको तिथिमितिसहितको ऐतिहासिक महाकाव्य राजतरंगिणी नै हो भने हुन्छ । यद्यपि केही विद्वान्ले सामयिक राजाको जीवनचरित्र लेखेर ऐतिहासिक काव्यको रूप दिएका थिए । तिनमा वाणको हर्षचरित विलणको षष्ठ विक्रमादित्य चालक्यको विक्रमाङ्कदेवचरितलाई अघि सार्न सकिन्छ । सन्दर्भ श्रोत ः १. प्रा डा श्री रामप्रसाद उपाध्याय न्यौपाने नेपाल भारत चीन संम्बन्ध पुस्तकबाट २. ज्ञानमणि नेपाल– नेपाल निरूपण पुस्तकबाट ३. हिन्दी विकपीडियाबाट
