अनमोल केसीको धार्मिक र आध्यात्मिक चेतना बहूतै राम्रो लाग्छ । उनी बोल्दा प्रायःविवाद नहुने किसिमले बोल्छन् । र, अहिले सम्म विवादमा नपरेका अभिनेता हुन् । हिजो ह्रदयन्द्र शाहको भ्लग आएपछि धेरै त तारिफ र प्रशंसा भयो । केहीले आलोचना पनि गरे । ह्रदयन्द्रलाई राजसंस्थाको सदस्यको आखाबाट मात्र नहेरी एक युवाको मात्र नजरले हेर्ने हो भनेपनी हिजोको भ्लगमा उनको आलोचना गर्नपर्ने कुरा के छ र ? त्यहा उनको शालिनता र संस्कार देखिएको छ । अरुको कुरा ध्यान दिएर सुनेका छन् । चाहिने बोलेका र अनावश्यक बोलेका छैनन् । समाजमा यस्ता युवाहरुबाट हामीले सिक्ने हो । राम्रो कुराको अनुशरण त जस्को गर्दा पनि हुन्छ । हामी उमेरले माथी बढ्दै गईरहेकाहरुले पनि सिकेर आफ्नो व्यवहार र बोलीचालीमा सुधार ल्याउन सक्छौं । युवा पुस्ताले झन् धेरै सिक्न जरुरी छ । हामी अधिकांशमा आफ्नो कुरा फटटट भन्ने अरुको चाहि नसुन्ने र ध्यान नदिने बानी छ । हृदयन्द्रबाट अरुको कुरा ध्यान दिएर सुन्ने र कम बोल्ने संस्कार सिक्न सकिन्छ । जस्को आलोचना गर्नपर्ने हो । जस्ले यो देश र समाज भाड्ने बाहेक केही कामै गरेनन् । हामी उनीहरुलाई पूजा गर्छौं भने–जो नेपाली समाजलाई भर्खरै बुझ्दै र जान्दै छन् । यो समाजको अहित हुने केही गरेका छैनन् । उनीहरूको आलोचना गरेर कहाँ पुग्ने ?
