काभ्रे जिल्लमा यातायतको बद्दो चाप र लापरवाहीले धेरै दुरर्घटना भएका छन् । यो जिल्लामा यातायातका साधनहरु अत्याधिक भित्रीने र बाहिरिने गर्दछन् । सवारी चालकलाई सवारी सम्बन्धी ज्ञानको अभाव, तिब्र गतिका कारण दैनिक जसो यातायातका साधनहरु दुर्घटना हुनाले मानवीय क्षति बेहोर्नु परेको छ । काभ्रे जिल्लामा ७९ वटा यातायात साधानहरु दुर्घटना हुँदा चालु आर्थिक वर्षको ७ महिनामा १८ जनाको मृत्यु, ५५ जना गम्भीर घाइते र ८४ जना सामान्य घाइते भएका छन् । २०७७ माघ २६ गते सम्ममा १६ हजार ९ सय ५० सवारी साधन कारवाहीमा परी २ कारेड २७ लाख ६४ हजार राजश्व असुली भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जनाएको छ । ०७३÷०७४ मा ३० हजार ८ सय सवारी साधन कारवाहिमा परी १ करोड ५४ लाख ५७ हजार राजश्व संकलन भएको थियो । २०७४÷ मा ३० हजार ८ सय सवारी कारवाही हुँदा १ करोड ८९ लाख ८४ हजार राजश्व संकलन भएको थियो । त्यस्तै गरी ०७५÷०७६ मा २९ हजार ३ सय ५० सवारी साधनको करवाही हुँदा १ करोड ८० लाख १९ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै गरी ०७६÷०७७ मा २४ हजार ४ सय सवारी साधन कारवाहीमा पर्दा २ करोड १४ लाख ९० हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दिन प्रतिदिन यातायत साधनहरु दुर्घटना बढ्नु मानवीय जीवनको क्षति बढ्दै गएको छ । न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय काभ्रेले कस्तो योजना अघि सारेर लागि परेको छ भन्ने जिज्ञासा राख्दा ट्राफिक प्रमुख विशाल तामाङको यस्तो प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय धुलिखेल, सडक विभागसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गति सिमित गर्न वोर्ड राख्ने कार्य, चालकसँग १ मिनेट चालक सपथ ग्रहण, वार्षिक रुपमा ५÷६ पटक स्वास्थ्य परिक्षण, त्यस्तै गरी ग्रामीण भेगमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सचेतना मुलक कार्य सञ्चालन गरिदैँ आएको छ । काभ्रे जिल्लामा दैनिक २ हजार जति टिपर अत्याधिक स्पीडमा गुड्ने, मोटरसाइकल ओभर स्पीडमा चल्ने कारण यातायातका साधनहरु दुर्घटना हुँदा मानवीय क्षति हुनुका साथै गम्भीर घाइते हुने संख्या वृद्धि भएको ट्राफिक प्रमुख विशाल तामाङले बताए । बढ्दो सवरी साधन दुरघटनाले ठूलो जन धनको क्षति भएको छ । दुरर्घटना हुनका कारण पत्ता लगाई चेतना मूलक कार्यका साथै लापरवाही ढङ्गले यातायात साधन चालाएर दुरघटना भएको प्रमाणीत भएपछि चालकलाई कडा भन्दा कडा कारवाही गरिनु पर्छ । अनि मात्र दुरघटना न्यूनिरण हुन सक्छ ।( न्यौपाने काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक एबम नेपाल पत्रकार महासंघका उपाध्यक्ष हुन )
