IMG-LOGO

प्राचीनकालमा भारतसंगको सम्बन्ध

 सोम, सावन १३, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

नेपाल–भारत सम्बन्ध – १८      नेपाल–भारत सम्बन्धलाई चर्चा गर्दा हाम्रा सम्बन्ध प्राचीन छन् । यसको कारण हो धार्मिक र सांस्कृतिक सम्बन्ध ति सम्बन्ध गौरवपूर्ण अतीतले भरिएको छन् । अंग्रेजहरूको उपनिवेश हुनुपूर्व भारतीय उपमहाद्वीपमा पनि विभिन्न स्वतन्त्र राज्य थिए । ती राज्यबीच आपसी घनिष्ट र तीता–मीठा सम्बन्ध भए । युद्ध–शान्ति र संघर्ष–सम्झौतापूर्ण सम्बन्ध रहेको तथ्य इतिहासको कालखण्डमा भेटिन्छन् । नेपालको पनि भौगोलिक विशिष्टता तथा समान धर्म आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको नेपालको सम्बन्ध थियो । नेपालका शासकहरूमा किराँत बाहेक सबै राजवंशले पुर्ख्यौली थलो भारत अर्थात पहिलाको हिन्दुस्तानका विभिन्न ठाउँमा भएको देखाएका छन्, यद्यपि त्यसमा विश्वस्त हुन सकिने पर्याप्त प्रमाण र आधारहरु भने देखिँदैन् ।        नेपालको मूख्य भाग काठमाडौं उपत्यका प्राचीन समयमा एकताबद्ध राज्य थिएन । किराँत वंशको पतन पछि लिच्छवी वंशले शासन गरे । लिच्छ्वीहरू पहिले प्राचीन भारतमा बिहारका शासक थिए, पछि मात्रै उनीहरू काठमाडौं उपत्यकाका शासक बनेका थिए । त्यहाँ गुप्त वंश र लिच्छवी (नेपाल) को विवाह सम्बन्ध भएको थियो । नेपालको अधिकांश दक्षिण क्षेत्र भारतको थियो पछि पृथ्वीनारायण शाह देखि बहादुर शाह सम्मले नेपालको एकीकरणको समयमा मात्रै ति भू–भाग जितेको हो, नेपालले ठूलो पञ्जाब क्षेत्रलाई जित्ने प्रयास गरेको थियो, तर सिख साम्राज्यले नेपाली सेनालाई पछि हट्न बाध्य तुल्यायो । सन् १८५७ को भारतीय विद्रोहमा नेपालले अंग्रेजलाई साथ दिएको थियो । भारतीय इतिहासकारहरुका अनुसार नेपाल ब्रिटिश साम्राज्यको संरक्षित राज्य थियो भनेर भन्छन्, तर हामी दावाका साथ भन्न सक्छौं नेपाल कहिल्यै पराधीन भएन । स्वाधीन स्वायत्त, नेपालको एकीकरण पछि आफैलाई अलग्गै राख्यो । दोस्रो विश्वयुद्धमा नेपाली, भारतीय,  पाकिस्तानी र बंगलादेशी सैनिकहरूले भाग लिएका थिए र जापानीहरू विरुद्ध लडेका थिए ।      मलाई लाग्छ हिन्दू धर्मका कारणले मात्रै नेपाल भारत सम्बन्ध प्रगाढ भएको होइन बुद्ध नेपालमा जन्मेका थिए । ज्ञान भारतमा प्राप्त गरे त्यसकारण नेपाल भारत सम्बन्ध प्रगाढ भएको हो । बुद्ध जन्मेको कपिलवस्तु तिलौराकोट मधेस क्षेत्रमा पर्छ । सांस्कृतिक, भाषिक र जातीय हिसाबले आजको बिहार र उत्तर प्रदेशको सँस्कृतिसँग मिल्दोजुल्दो छ । बुद्धले ज्ञान यहीँ नेपालमा प्राप्त गर्न सक्थे, काठमाडौं वा पोखरा छनौट गर्न सक्थे तर त्यसको सट्टा बिहार र यूपीको सारनाथ र सारनाथ कुशीनगर किन गए ? कारण हो मधेसको साँस्कृतिक भाषा सबै यता भन्दा उता मिल्थ्यो ।      बुद्ध नेपालमा जन्मिए पनि, बुद्ध धर्मको उत्पत्ति भारतमा भएको थियो किनभने बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरे र उनको पहिलो उपदेश सारनाथ, यूपीमा दिइएको थियो । त्यसैले बुद्धका पहिला अनुयायी भारतीय थिए । यसकारण भन्न सकिन्छ की बुद्ध धर्मको उत्पत्तिपछि प्राचीनकालमा नेपाल भारत सम्बन्ध झन प्रगाढ बनाउन कोशेढुङ्गा सावित भयो। जो जस्ले हिन्दु धर्मलाई मात्रै नेपाल भारत सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ थियो भन्छन् – त्यसो  भन्नु गलत हो । सन्दर्भ श्रोत : प्रा डा तीर्थप्रसाद मिश्र अन्नापूर्ण पोष्ट ५ साउन २०८० हिन्दी विकपीडियाबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्