आयुर्वेद अनुसार खाना चार प्रकारका हुन्छन् – १. भक्ष. चबाएर खाने, २. चोप्य. चुसेर खाने । ३. लेह्य. चाटेर खाने, ४. पेय. पिएर खाने । शास्त्रिय संहिता अनुसार खानासँग सम्बन्धित केही नियमहरू :– १. खाना खानुअघि आफ्नो शरीरका पाँच अंगहरू (दुई हात, दुई खुट्टा, एक मुख ) राम्ररी धुनुहोस् । २. चिसो वा भिजेको खुट्टा संग खाना खाँदा आयु बढ्छ । ३. खाना बिहान र साँझ मात्र खाने विधान छ । ४. पूर्व वा उत्तरतिर फर्केर खाना खानुपर्छ । ५. अन्य दिशा तिर फर्केर खाँदा रोगहरू बढ्ने संभावना बढी हुन्छ । ६. ओछ्यानमा सुतेर, हातमा समातेर वा कुच्चिएको भाँडामा खाना खानु हुँदैन । ७. पिसाब वा दिसा गर्ने तीव्र इच्छा हुँदा हुँदै खाना नखानू । ८. पिपल वा बरको रूखमुनि खाना खानु हुँदैन । ९. पस्किएको खानाको कहिल्यै निंदा गर्नु हुँदैन । १०. खाना खानुअघि, अन्नका देवता (किसान) अन्नपूर्णा माताको प्रशंसा गर्नुपर्छ, उहाँहरूलाई धन्यवाद दिनुपर्छ र सबै भोका मानिसहरूले खाना पाऊन् भनेर भगवानसँग प्रार्थना गर्नुपर्छ र त्यसपछि खाना ग्रहण गर्नुपर्छ । ११. भान्सेले नुहाए पछि मात्र शुद्ध मनले खाना पकाउनु । पाके पछि पहिला (गाई, कुकुर र कागको लागि) भोग लगाउनु, र त्यसपछि अग्नि देवलाई चढाएर मात्र परिवारका सदस्यहरूलाई खुवाउनुहोस् । १२. ईर्ष्या, डर, क्रोध, लोभ, रोग, दुःख, घृणा आदिले खाएको खाना कहिल्यै पच्दैन भन्ने विधान छ । १३ .खाना खाने समयमा चुपचाप बस्नुहोस् । १४. खाना निल्नु अघि राम्रोसँग चपाउनुहोस् । १५. राति धेरै नखानुहोस् । सांझ परे पछि खान बंद गर्नुहोस । १६. पहिले गुलियो खानुहोस्, त्यसपछि नुनिलो र अन्तमा तीतो । १७. कम खाने व्यक्तिले स्वास्थ्य, दीर्घायु, बल, खुशी, सुन्दर सन्तान र सुन्दरता प्राप्त गर्दछ । १८. खाना खाने समय बिहान नौ बजे, साँझ ६ बजे बनाउनुहोस । १९. सकभर शाकाहारी खाना नै खानु होस । २०. पचास वर्ष पुगेको मानिस हरुले सकभर एक छाक खाने प्रयास गर्नु होस । २१. धेरै प्रचार बाजी गरेर बोलाईएको ठाउँमा कहिल्यै नखानुहोस् । २३. कुकुरले छोएको, महिनावारी भएको महिलाले पस्केको, मुखले फुकेर चिसो पारेको, रौं झरेको, अनादर वा अवहेलनाका साथ पस्किएको खाना कहिल्यै नखानुहोस् । २४. कहिल्यै पनि बापती, वेश्या वा मदिरा सेवकले दिएको खाना नखानु राम्रो । तर वर्तमान स्थितीमा भने खाना खाने संहिता होस या देशकै संबिधान होस, नियम कानुनलाई कुल््चने लाई सभ्य मानिन्छ र पो ! !
