IMG-LOGO

आर्यभट्ट र खगोलीय पिण्डहरूको सम्बन्धः एक शास्त्रीय विश्लेषण

 सोम, सावन ६, २०८२  – माधव रेग्मी

         प्राचीन भरतवर्षले अर्थात् भरत राजाले राज्यभर्ने भुखण्डले ज्ञान–विज्ञानका अनेक क्षेत्रमा विश्वलाई पथप्रदर्शन गरेको थियो, जसमध्ये खगोल विज्ञान एक प्रमुख क्षेत्र हो । यस क्षेत्रमा ऋषि–मुनिहरूको लामो परम्परामा एक नक्षत्रजस्तै चम्किलो नाम हो आर्यभट्ट । ईसाको पाँचौँ शताब्दीमा पाटलिपुत्र अर्थात् अहिलेको भारतको पटनामा जन्मेका यी महान् गणितज्ञ तथा खगोलविद्ले ब्रह्माण्ड र खगोलीय पिण्डहरूको सम्बन्धबारे यस्ता सिद्धान्तहरू प्रतिपादन गरे, जसले तत्कालीन सामाजिक र धार्मिक मान्यताहरूमाथि वैज्ञानिक प्रश्न उठाए । उनको एकमात्र जीवित ग्रन्थ ’आर्यभटीय’ मा प्रस्तुत गरिएका सिद्धान्तहरू आज पनि प्रासङ्गिक र प्रेरणादायी छन् । यस लेखमा आर्यभट्टद्वारा प्रतिपादित खगोलीय पिण्डहरूबीचको सम्बन्धलाई ’आर्यभटीय’ मा उल्लिखित प्रमाणसहित विश्लेषण गरिनेछ ।      आर्यभट्टको सबैभन्दा क्रान्तिकारी सिद्धान्तमध्ये एक पृथ्वीको आफ्नो कक्षमा घुम्ने गति (बहष्ब िचयतबतष्यल) बारे थियो । त्यो यस्तो समय थियो, जब सम्पूर्ण विश्व र भरतखण्डमा पनि पृथ्वीलाई स्थिर मानिन्थ्यो र सूर्य, चन्द्रमा तथा अन्य ग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने मान्यता थियो । तर, आर्यभट्टले आफ्नो प्रखर बुद्धि र अवलोकन क्षमताको आधारमा यो स्थापित मान्यतालाई चुनौती दिए। उनले ’आर्यभटीय’ को ’गोलपाद’ नामक अध्यायमा प्रष्ट रूपमा भनेका छन्, अनुलोमगतिर्नौस्थः पश्यत्यचलं विलोमगं यद्वत् । अचलानि भानि तद्वत् समपश्चिमगानि लङ्कायाम् ।।      अर्थात्, जसरी डुङ्गामा बसेको मानिसले डुङ्गा अगाडि बढ्दा किनारमा रहेका स्थिर वस्तुहरू (रुख, घर, पहाड) लाई पछाडि विपरीत दिशामा गएको देख्छ, त्यसरी नै लङ्का (यहाँ तत्कालीन अवस्थामा रावण कालीन लङ्कालाई पृथ्वीको मध्य भागको प्रतीक मानिएको छ) मा रहेका मानिसहरूले स्थिर नक्षत्रहरूलाई पश्चिमतिर गएको देख्छन् ।      यो आर्यभट्टको आधुनिक भनिएका वैज्ञानिकहरुले पनि अहिले आएर अपनाउने सिद्धान्तको उत्कृष्ट उदाहरण हो । उनले सापेक्ष गतिको (तजभयचथ या चभबितष्खष्तथ) सरल तर गहन उदाहरण दिँदै पृथ्वी स्थिर नभई चलायमान छ भन्ने तथ्यलाई प्रमाणित गरेका छन् । उनले ’भानि’ (नक्षत्रहरू) लाई ’अचलानि’ (नचल्ने) भनेर ठोकुवा गरेका छन् र तिनीहरूको पश्चिमतिरको गति केवल पृथ्वीको पूर्वतिरको घुमाइको परिणाम हो भनेर स्पष्ट पारेका छन् । यो सिद्धान्तले खगोल विज्ञानमा युगान्तकारी परिवर्तन ल्यायो र पछि गएर निकोलस कोपरनिकस जस्ता युरोपेली वैज्ञानिकहरूले पनि यसैलाई अनुशरण गरे । हाम्रा महर्षीहरूको प्रेरणाबाट आधुनिक भनिएका कोपर्निकस जस्ता वैज्ञानिकले अनुशरण गरे तर उता हाम्रा महर्षीहरु ओझेलमा परे । तर वास्तवमा थ्यौरी अफ रिलेटिविटीका वास्तविक प्रतिपादक हाम्रा महान वैज्ञानिक महर्षी आर्याभट्ट थिए ।      आर्यभट्टको अर्को महत्त्वपूर्ण योगदान सूर्य र चन्द्र ग्रहणको वैज्ञानिक व्याख्या गर्नु थियो । उनको समयमा ग्रहणलाई राहु र केतु नामक दुई ग्रहले सूर्य र चन्द्रमालाई निलेको कारणले हुन्छ भन्ने पौराणिक मान्यता व्याप्त थियो । यस कुरालाई आर्यभट्टले वैज्ञानिक तर्क र प्रमाणसहित व्याख्या गरे । उनले ग्रहणको वास्तविक कारण पृथ्वी र चन्द्रमाको छायाँ हो भन्ने तथ्यलाई अगाडि सारे । ’आर्यभटीय’ को ’गोलपाद’ मा उनले भनेका छन् ः छादयति शशी सूर्यंशशिनं महती च भूच्छाया ।।      अर्थात्, सूर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई छेक्छ र चन्द्र ग्रहणमा पृथ्वीको ठूलो छायाँले चन्द्रमालाई छेक्छ ।      यो सानो श्लोकमा आर्यभट्टले ग्रहणको सम्पूर्ण रहस्य खोलिदिएका छन् । उनले स्पष्ट पारे कि जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ, तब सूर्य ग्रहण लाग्छ । त्यसैगरी, जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ, तब पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्छ । यो व्याख्याले खगोलीय घटनाहरूलाई प्राकृतिक नियमहरूद्वारा बुझ्नुपर्छ भन्ने वैज्ञानिक सोचको जग बसाल्यो । त्यही व्याख्या आजका वैज्ञानिक भन्नेहरुले पनि गर्ने गर्दछन् ।      यसका अतिरिक्त, आर्यभट्टले चन्द्रमा र अन्य ग्रहहरू स्वयं प्रकाशित नभई सूर्यको प्रकाशबाट चम्किन्छन् भन्ने सिद्धान्त पनि प्रस्तुत गरेका थिए । उनले खगोलीय पिण्डहरूको प्रकृतिबारे पनि स्पष्ट सङ्केत दिएका छन्, चन्द्रो जलमर्कोऽग्निर्मृद्भूश्छायापि या तमस्तद्धी ।      अर्थात्, चन्द्रमा जल जस्तै शीतल र प्रकाश परावर्तक, सूर्य अग्नि जस्तै प्रकाशको स्रोत र पृथ्वी माटो जस्तै ठोसको बनेको छ, र छाया अँध्यारो हो ।      यहाँ “चन्द्रो जलम्“ भन्नुको तात्पर्य चन्द्रमा पानीले बनेको छ भन्नु होइन, बरु यसको प्रकृति शीतल र सूर्यको प्रकाशलाई परावर्तन गर्ने खालको छ भन्ने हो । अर्कोतर्फ, सूर्यलाई “अग्नि“ भन्नुले उसको स्वयंको प्रकाश र ताप छ भन्ने स्पष्ट हुन्छ । यसरी उनले खगोलीय पिण्डहरूको भौतिक प्रकृति र तिनीहरूको आपसी सम्बन्धलाई सरल तर अर्थपूर्ण रूपमा व्याख्या गरेका छन् ।      यसरी आर्यभट्टले प्राचीन सनातन हिन्दू परम्पराभित्रै रहेर खगोलीय पिण्डहरूको सम्बन्धबारे क्रान्तिकारी वैज्ञानिक सिद्धान्तहरू प्रतिपादन गरे । उनले पृथ्वीको दैनिक गति, ग्रहणको यथार्थ कारण, र ग्रहहरूको प्रकृतिको बारेमा ’आर्यभटीय’ मा प्रस्तुत गरेका व्याख्याहरु उनको गहन ज्ञान र वैज्ञानिक दृष्टिका अकाट्य प्रमाण हुन् । उनले पौराणिक कथाहरूभन्दा माथि उठेर अवलोकन र तर्कमा आधारित खगोल विज्ञानको यस्तो जग बसाले, जसले भरत खण्ड अर्थात् भारतीय उपमहाद्विप मात्र नभई विश्वकै खगोल विज्ञानको विकासमा महत्त्वपूर्ण योगदान पुर्यायो । आर्यभट्टका यी सिद्धान्तहरूले प्राचीन हिन्दू शास्त्रहरू केवल आध्यात्मिक चिन्तनमा मात्र सीमित नभई वैज्ञानिक अनुसन्धानको पनि केन्द्र थिए भन्ने कुरालाई प्रमाणित गर्दछन् । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्