नेपाल–भारत सम्बन्ध – १७ भारत र नेपालबीचको सम्बन्ध ऐतिहासिक छ । यसबारे विभिन्न समयकालमा नेपालका विद्वान्, इतिहासकार, पत्रकार र राजनीतिकारले धेरै कुरा आ–आफ्ना खोज ऐतिहासिक तथ्यहरु आफ्ना पुस्तक र लेखमा प्रष्ट पारेका छ्न् । उहाँहरुका धेरै कुरामा सहमत हुँदै मैले यस पुस्तकलाई फरक रूपमा प्रस्तुत गरेको छु । वर्तमन सन्दर्भमा नेपाल र भारतको ऐतिहासिक सांस्कृतिक, आर्थिक जस्तो अहिलेको राजनीतिक सम्बन्ध छैन ? यसका कारण हामीले खोज्नुपर्छ । हामी भन्नलाई त भन्छौं कि नेपाल भारत सम्बन्ध अत्यन्त महत्वपूर्ण रहेको छ तर दुई देशबीच प्राचीन कालदेखि नै घनिष्ठ सम्बन्ध रहेको त स्वीकार गर्छौ व्यवहार किन गर्दैनौं । हाम्रा जुन साझा धार्मिक र सांस्कृतिक सम्पदाले अझ बलियो बनाएको सम्बन्ध अहिले यति कमजोर किन ? भारत र नेपाल बीचको खुला सीमा र पारस्परिक आवागमनले द्विपक्षीय व्यापार, पर्यटन र कूटनीतिक सहयोगलाई प्रोत्साहन गरेको छ । यद्यपि, सीमा विवाद, जलस्रोत व्यवस्थापन र केही राजनीतिक असहमति जस्ता मुद्दाहरूले समय–समयमा चुनौतीहरू किन खडा गरिरहेको छ ? के हामी मिलेर यसलाई समाधान निकाल्न सक्दैनौं ? इतिहास देखिका तथ्यको अनुसन्धानले भन्छन्–भारत–नेपाल सम्बन्धका विभिन्न पक्षहरूको विश्लेषण गर्दछ, ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता, आर्थिक सहयोग, राजनीतिक सम्बन्ध र क्षेत्रीय संगठनहरूमा तिनीहरूको भूमिकामा केन्द्रित छ । यसका साथै, विद्यमान चुनौतीहरू र भविष्यमा सहकार्यका सम्भावनाहरूबारे मैले पुस्तकका माध्यमले छलफलमा ल्याएको छु । यसमा तिनै विषय सामेल गरिएको छ । मुख्यरूपमा भन्दा–भारत–नेपाल सम्बन्ध, साँस्कृतिक सम्बन्ध, आर्थिक सहयोग, राजनीतिक सम्बन्ध, सीमा विवाद, कूटनीतिक सहयोग, व्यापार, क्षेत्रीय संगठनहरू, रणनीतिक साझेदारी, ऐतिहासिक सम्बन्ध नै हुन् । प्राचीनकालमा नेपाल–भारत सम्बन्ध प्राचीनकालमा नेपाल भारत सम्बन्ध सुमधुर थियो हाम्रा हिन्दु र बौद्ध धर्मग्रन्थका अनुसार नेपाल र भारतका ऋषिमुनीहरु भारत र नेपालमा तिर्थाटन गर्थे । भारतका सम्राट समुन्द्रगुप्तले आफ्नो प्रयोगको शिलालेखमा नेपाल कुमाउ देखि गढवालसम्म फैलिएको कुरा उल्लेख छ । बुद्धका अनुयायी भारतबाट नेपाल आउँदा उनीहरुका हातखुट्टा फुटेका थिए । उनीहरुलाई बुद्धले जुत्ता लगाउने छुट दिएका थिए । एकपल्ट मगधका राजा विम्बिसारले भगवान बुद्धसँग तपाईंको घर कहाँ हो ? भनेर सोध्दा मेरो घर हिमालको काखमा छ भनेर औंलाले देखाएका थिए । चौथो शताब्दीमा चाणक्यको अर्थशास्त्र कौटिल्यमा नेपालबाट आठपाटे राडी भारत निर्यात गरेको कुरा उल्लेख छ । आपसारक नामको पानी नछिर्ने कम्बल भारतमा लोकप्रिय थियो भन्ने कुरा कौटिल्यमा उल्लेखमा उल्लेख छ । भनिन्छ चाणक्यले कौटिल्य अर्थशास्त्र लेख्दा नेपालमा किराँतवंशको शासन थियो । जैन धर्मग्रन्थका अनुसार जैन धर्मका गुरुभद्रबाहु आफ्ना शिष्यहरुका साथ जीवनभर नेपाल बसेका थिए । नेपाल र भारतको प्राचीनकालमा समधुर सम्बन्ध मात्रै रहेन एघारौं शताब्दीमा काश्मिरी कवि कलहरण्ले लेखेको राजरतिङ्गिमा काश्मिरका राजा जयपिड र नेपालका राजा अरमुण्डीका बीचमा युद्ध भएको थियो भनि लेखिएको थियो । सन्दर्भश्रोत ः अरविन्दकुमार शुक्ल, भारत–नेपाल सम्बन्ध प्रा.डा. श्रीरामप्रसाद उपाध्याय नेपाल, नेपाल–भारत–चीन सम्बन्ध
