IMG-LOGO

दिदीबहिनीको पनौतिमा भेट्ने बाचा अधुरै रह्यो

 मंगल, चैत ३, २०७७  रमिता तितुङ, शिक्षिका

पेसा एउटै भएको हुनाले जुनु दिदी र मेरो भेट मेरो भेट ताल्ढुङगाको प्रअ बैठकमा भएको थियोे ।  म आफ्नो विद्यालयको  प्रअको  प्रतिनिधित्व गरि गएको थिएँ जुनु दिदी आफ्नो स्कुलको ।  उहाँ गोले र म तितुङ भएकोले  हामीले पेसागत रूपमा मिस भएनी हामीले दिदीबहिनी भनेर सम्बोधन गयौं । नयाँ नाता जोडेर हामी छुटियौं ।   बैठकमा भ्रमण जाने कुरा भएको थियो । त्यसको केहि समयपछि हामी भ्रमण गयौं । जुनु दिदी सानी छोरी च्यापेर जानुभएको थियो ।काभ्रेबाट गाडी चढेका हामी झापा पुगेर बास बस्यौं । जुनु दिदी र मेरो एउटै कोठा प¥यो । लामो बस यात्रा भएकाले छोरी थकाइले हो वा केले निदाउन सकिनन् । छोरी ननिदाउँदा हामी पनि सुतेनौं । गफ गरेर रात कटायौं ।  त्यसपछि भोलीपल्ट हामी सिक्किमको लागि हिँड्यौं । चारधाम पुगेर फोटो खिच्यौं । दिनभरी घुमफिर गरेपछि बेलुका कोठामा रमाइलो ग¥यौं । यसरी हामीले सात दिनको भ्रमण सकाएर गृह जिल्ला फर्कियौं ।  भ्रमणपछि हाम्रो सम्बन्ध झन प्रगाढ बनेको थियो । फोन र फेसबुकमा निरन्तर कुरा भइरहन्थ्यो । बीचमा दिदीको फोन लागेन ।  दिदीले अर्कै सिम लिनुभएको रहेछ । दुर्घटना हुनुभन्दा दुई साता अघि फलामेटार  सिम नमस्ते को लिनु भएको रहेछ सोही सिलसिलामा दिदी को त्यो दुर्घटना हुनु भन्दा १२÷१३ दिन अगाडि फलामेटारमा स्वास्थ सम्बन्धी एक दिने ओरिएन्टेसन क्लाँस थियो । दिदीलाई फोन गर्दा नलागेपछि छिमेकी सुकुलाललाई फोन गरेर भेट्न बोलाएँ । कुराकानी भयो । पछि पनौतीमा भेट्ने कुरा भयो । तर, त्यो बेलाको भेट नै हाम्रो अन्तिम भेट भएछ ।   दिदीसँग छुट्टिएको केहि दिनमा मेरो दाइले हात्तीहाँडाको जुनु मिसको टिपरको ठक्करबाट मृत्यु भएको खबर सुनाउनु भयो । जुनु मात्र होइन छोरीको पनि मृत्यु भएको सुनाउँदा मेरा मन ठाउँमा रहेन । मलाई दाइको कुरा विश्वास लागेन । पनौतीमा पढ्न बसेकी बहिनीलाई फोन गरेँ । बहिनीले पनि त्यहि साँचो कुरा हो भनि । मेरो गहबाट आँशु झरिसकेछन् । दिदी र छोरीको अनुहार झलझली आइरहयो । त्यो रात निदाउन सकिन ।  दिदीसँग तितामिठा यादहरु मस्तिष्मा राखेर बाँच्नुको विकल्प भएन म सँग । दिदी बहिनीको पनौतिमा भेट्ने बाचा अधुरै रहयो । दिदी तपाईंको आत्माले शान्ति पाओस् भगवान बुद्धसँग यहि कामना गर्दछु ।  तपाईकी बहिनी  श्री देवी स्थान आधारभूत विद्यालय खानीखोला १ दयागाँउ, काभ्रे  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्