IMG-LOGO

अमेरिकाको जिन्दगानी

 सोम, असार ३०, २०८२  – सानुबाबु सिलवाल

     अमेरिका आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुई बेबिहरु जन्मिन पुगे अमेरिकामा । आज ति बेबिहरु २४ र २६ बर्ष पुगे । साथमा छैनन् अहिले र आ–आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन् । कलेज डिग्रि लिए र आफ्नै काम र आ–आफ्नै ससारमा रमाइरहेका छन्। आमा बाउका लागि त्यो भन्दा खुशि के नै हुन सक्छ र ? तर, तिनलाइ जन्माएर, हुर्काएर, कलेज पढाएर दुखमा र पर्दा मर्दा साथ र सहयोग गर्लान भन्ने सपना चाहि अहिले आएर तुहिएको आज बल्ल हामी चाल पाउँदैछौ ।      एक कल, एक टेक्स म्यासेज आउन र फर्काउन महिना दिन कुर्नु पर्छ तर त्यो पनि भद्दा अग्लि, अनादार डिस्रेस्पेक्टफुल र सर्ट । हामिले कहा मिस्टेक ग¥यौ, के मा कमि भयो ? कसरि बोल्दा र व्यवहार गर्दा उनीहरु अलि नजिक हुन सक्छन ? कसरि नाइस हुन सक्लान भन्ने चिन्ता र चासो एबम केयरफुल हँुदाहुदै दिन दुई गुना र रात चार गुना बितिरहेको छ र समय सङ्गै हामि बुढाबुढि पनि गल्दैछौ । जति जति हामीलाइ सहाराको खाँचोको अनुभुति हुदै जान्छ त्यति नै एक्लै पर्दै गएको पिडा आज हामि भोगिरहेका छौ ।      ४० घण्टाले २ बेबि र परिवारको खर्च धान्न पुग्दैनथ्यो । त्यतिबेला बसाइ एफोर्डेबल भएपनि एकजनाको कमाइले भाडा तिर, बच्चाको खर्च, अन्य तिरनतारन गर्दा हप्ताको ८०–९० घन्टा काम गरि बच्चा र परिवार हुर्काउदैमा जिवनको लाउँला र खाउँला भन्ने सुन्दर जीवन आर्थिक संघर्षमै बिते । श्रीमतिलाइ नै २ बेबि हुर्काउन, केयर गर्न र उनीहरुको हेरचाहमै काम गर्न लगाइन कहिल्लै। मितव्ययि बन्यौ । दुई बच्चाहरु स्कुल जान थाले, दिनहरु बित्दै गए । स्कुल सकियो र कलेजका लागि उनीहरु रेडि भए । सकिनसकि, अलि अलि सेभिङ्ग पनि तिनै बच्चाहरुको कलेजका लागि खर्च गरे । र, उनीहरुको कलेज सम्पन्न गरि प्रोफेसनल बनुन् भन्ने सपना थियो र उनीहरुले त्यो पनि पुरा गरे ।      सघर्षको दौरानमा एकजनाको कमाइ, दुई बेबिहरुको केयर र हेरचाहमा श्रीमति अर्थात् बच्चाहरुका आमाले  झण्डै १६ वर्षससम्म एपार्टमेन्टमै बसि जेल झै बाहिर संसारबाट भिन्न भै बच्चा हुर्काइन । तिनको खानपान, तिनको चाहना, तिनको रुवाइ, तिनको खुशिका लागि आय आर्जनका लागि सुक्को पनि कमाउनेमा कतै ध्यान र मन लगाइनन् । कमाएको पे चेक उनैलाइ राख्न दिन्थे। उनैबाट लिएर तिरातारन गर्थे । घरको ग्रोसरि, घरको किचन, घरको सबै दःुख र खुशी उनैले केयर र शेयर गरिन। १० महिना पेटमा राखि जन्म दिएर, तिनैको हेरचाहमा र तिनैका खुशीका लागि एउटा आमाले १६–१६ वर्षसम्म तिनैकै लागि समय दिनु कुनै चानचुने कुरा थिएन । उनीको पनि चाहना थिए होलान्, उनीको पनि आफ्नै कमाइ र खुशीमा रम्ने चाहना थिए होलान्, उनीको पनि बाहिर ससारसङ्ग रम्ने, हेर्ने र घुम्ने चाहना थिए होलान् । सानोमा मर्ला भन्ने चिन्ता, बच्चा रुँदा सारा प्रयत्न लगाएर बच्चाको अनुहारमा खुशी जन्माउन तल्लिन आमाको भित्रि पिडा, मर्म मलाइ बच्चाहरुको अहिलेको भिन्न व्यवहारबाट दिनदिनै सोच्न बाध्य बनाइरहेको छ ।      आज तिनै बेबिहरु आज हामिसङ्ग छैनन् । वर्षमा कमसेकम २–४ पटक बाउ आमा बसेको ठाँउमा आउन् । बा– आमा हजुरहरुलाइ कस्तो छ , सन्चो बिसन्चो के छ ? केही समस्या छन् कि ? स्वास्थ्य कस्तो छ ? हालखबर के छ ? खाना र सुत्न समयमा छ कि छैन ? यस्तो सोधिदेलान् , बुझिदेलान् भन्ने तिब्र चाहना छ । भन्न सक्दैनौ किनभने उनीहरु हुर्किसके। हुर्किसकेको बच्चाहरुसङ्ग बिचार गरेर बोल्न पर्ने बेला आएछ । केही भन्दा रिसाउलान् कि, फेरि झन झन टाढा भैदेलान् कि भन्ने पिर पनि त्यत्तिकै छ । तर, उनीहरु सोध्दैनन् । केही भनी हालेपनि झर्किन्छन् र फोन काटी हाल्छन् । राम्रो शिक्षा पाएपनि अमेरिकन कल्चर, अमेरिकन सिकाई र शिक्षा भयङ्गकर स्वार्थी सेल्फिस, मतलबी हुने रहेछ । बाउ आमाको मन बच्चाहरु माथि बच्चाहरुको मन चाहि ढुङ्गा मुढा माथि ।      उमेरले ६५ को हाराहारिमा लागिसक्यौ। अबको २ वर्षमा मैले अवकाश लिनु पर्छ ६७ वर्षको उमेरमा । एकल कमाई र सघर्ष एवंम परिवार एवंम् २ बेबीहरुको खुशिका लागि कमाएको खर्चमै गए । घर किन्न सकिएन । एपार्टमेन्टमै बसिरहेका छांै । ज्यानले भनेजस्तो पहिले जस्तो ९० घन्टा हप्तामा श्रम गर्न सक्दिन । उमेरमा काम नलगाएको बुढिलाइ बच्चा हुर्केपछि पनि खासै काममा लगाइन । बच्चाहरु कलेज जान थालेपछि हप्तामा एउटा फ्याक्ट्रिमा लगभग ३०–३५ घन्टा जति काम गरिन् । बाथको रोगी बुढी काम गर्न दिइन् मैले त्यसपछि । घर चैन । एपार्टमेन्टको भाडा पनि औधि महङ्गो भएर गएको छ । ग्रोसरि पनि त्यत्तिकै महङ्गो छ । गाडी पनि छैन । पब्लिक ट्रान्सपोर्टेसन भएकाले गाडी आवश्यक भएन र छैन पनि ।      खातामा रकम पनि लगभग १०–१२ हजार डलरको हाराहारिमा छ । कथमकदाचित केहि परिहाले उक्त रकम चाहिएला भनेर अहिलेसम्म त्यो रकम चलाएको छैन । काम गर्न सक्दिन धेरै । न घर छ, न गाडी छ, न त पहिले जस्तो काम गर्न सक्छु । अब यहाबाट कता सर्नु र ! नेपालमा पनि आफन्त धेरै छैनन् र सम्पति पनि छैन । अब, सम्पतिका नाममा त्यही २ बेबि बच्चाहरु हुन् । पाल्नु पर्ने, नसक्दा हेर्नु पर्ने र केयर गर्नु पर्ने तिनैले थियो तर उनिहरुको चालामाला हेर्दा उनीहरुले पनि माया गर्लान् , कमाएर खुवाउलान् भन्ने एक रति पनि बिश्वास छैन । खोला पनि १२ वर्षमा फर्किन्छ भन्थे उनीहरु परिवर्तन भै आएर केयर गरे भने बेग्लै हो र अझै पनि कता कता बिश्वास छ मेरो बुढीलाई किन भने उ–आमा हो तर मलाइ भने बिश्वास छैन । कमाउन नसके भाडा तिर्न सकिएन । तिर्न नसकेका दिन एपार्टमेन्टबाटै निकालिदिन्छ । मधुमेयको औषधि चलाइरहेको छु । प्रेसरको पनि । दिन झन् झन् सकस बन्दै जाँदा सहारा भनिएका आफ्नै बच्चाहरु बदलिएका देख्दा यो मन कसरी जलिरहेको होला ? यि सबै सम्झेर बुढी बिहान बेलुकै धुरुधुरु रुन्छिन् । नरोऊ ससारमा जे जे भोग्न लेखेको छ त्यो भोग्नुपर्ने रहेछ यसरी सम्झाउछु उनलाई । कहा मान्थ्यो र मन आखिर आमाको मन त हो । अब कुनै उपाय नै भएन र बाँच्नै नसकिने भयो र बच्चाहरुले पनि केयर गरेनन् भने हामी बुढाबुढी कोही कसलाई तनाब, दःुख नदिकनै ससारबाटै बिदा त हुन सक्छौ नि ?      (यसपटक रोड आइल्यान्ड, बोस्टन, कनेक्टिकट, न्युयोर्क र न्युजर्सिको भ्रमणका क्रममा एकजना दुःखी दाइ जसले सुन्दर सपना बोकेर बेलामा बच्चाहरु प्रति लगानि गर्दा दुखमा साथ र केयर गर्छन् भन्ने भ्रम र सपना बाधि बस्दा स्वार्थी बच्चाहरुको ब्यबहार र आफुहरु बुढौलिपनबाट एक्लिदै जाँदाको अनुभूति सुनाउनु भयो । यति सुनाएपचि भाइ सानुबाबु तिमिलाइ यति सुनाउन पाउदा मन असाध्यै हल्का भयो भन्नु भयो र पिडा भाइलाइ पोख्दा मन चङ्गा भएको दाइको अभिव्यक्तिले आखा रसाइसकेका थिए । बोल्न सकिन धेरै र हवस् दाइ केही प¥यो भने फोन र म्यासेज गर्नुहोला भने र बिदा लिए दाइसङ्ग)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्