IMG-LOGO

सुगौली सन्धि भन्दा कमजोर १९५० को सन्धि

 सोम, असार २३, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

  नेपाल–भारत सम्बन्ध – १५      नेपालमा नेपाली काङ्ग्रेसले २००७ सालको क्रान्ति छेडेको थियोे । नेपालको राजतन्त्र राणाको खल्ती भित्र थियो । भारतबाट अङ्ग्रेजहरु धपाइएका थिए । यही मौकामा भारतका प्रधानमन्त्री ज्वाहरलाल नेहरुले १९५० को असमान सन्धि गराएका थिए । जब कि सुगौली सन्धिले काली नदीपूर्व र पश्चिम उत्तर चीनसम्मको सम्पूर्ण भू–भाग, जसमा कालापानी, लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, छांगरु, टिंकर, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगर, हिलेथोरी आदि पर्दछन् भनेर सुगौली सन्धिमा स्पस्ट किटानसाथ लेखिएको छ । उल्लेखित सबै भू–भाग नेपालको हो भनी स्पष्ट किटान गरेको भए पनि नेपालको कमजोर राजनीतिको फाइदा उठाउँदै भारतले पश्चिम दार्चुलादेखि पूर्व ताप्लेजुङसम्म करिब ६० हजार ६ सय २७ हेक्टर जमिन बिनाप्रमाण हडप्ने काम गरेको छ । यतिले नपुगेर नेपालले निर्माण गर्न लागेको पश्चिम कञ्चनपुरदेखि पूर्व झापा जोड्ने १७ सय ९२ किलोमिटरको राष्ट्रिय हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी खण्डमा र कैलालीको ‘भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीदेखि जिमुवा जाने सडक निर्माण गर्न खोज्दा ती जमिन आफ्नो परेको भन्दै काममा बाधा हालेको छ ।      वास्तवमा सन् १८१६ को सुगौली सन्धिको प्राणलाई १९५० को सन्धिले अवसान गरिसकेको अवस्थामा नेपालले भने सुगौली सन्धिले निर्दिष्ट गरेको भू–भागलाई मात्र दाबी गर्दै आफ्नो कूटनीतिक मर्यादा उल्लंघन गरेको छैन । भारत भने यसलाई कमजोरीको रुपमा लिँदै विस्तारवादको आफ्नो सांस्कारिक चरित्रलाई पुष्टी गर्दै नेपालको सम्पदामाथि अधिकार जमाइराखेको छ । सन् १९५० को सन्धिपछि दार्जलिङ र सिक्किमको केही भाग, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउ, गडवाल र पश्चिममा बसाहरसम्मको भू–भाग हामीलाई  अङ्ग्रेजले जाने बेला दिन खोज्दा राणाहरुले लिन नमानेको भन्ने कुरा पनि इतिहासमा छ । ति भू–भाग लिएको भए भारतले यसरी हेप्न सक्दैन थियो ।      अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रभित्र बाँध बनाउन नपाइने भए पनि त्यसलाई मिच्दै कम दूरीमा भारतले बाँधहरू निर्माण गरेको छ । यतिसम्म कि रौतहटको इशनाथ नगरपालिका–१ बशहरामा दसगजा क्षेत्र मिचेर बाँध निर्माण गरेको छ । नदीमा पाँच प्रतिशत पानी जीवजन्तुका लागि छाड्नुपर्ने अन्तर्राष्ट्रिय नियमलाई समेत मिचेर सम्पूर्ण पानी भारतले आफूतिर लैजाने गरेको छ । हाम्रा कयौं सीमा स्तम्भ जङ्गे पिलर गायब बनाएको छ । सुस्ता महेशपुरको जमिन अतिक्रमण गरेको छ । यो सबै हाम्रो कुटनैतिक कमजोरीले भारत हामीलाई हेपिरहेको छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्