IMG-LOGO

पोषण र चिकित्सा विद्याः सुश्रुतको योगदान

 मंगल, असार १७, २०८२  – माधव रेग्मी

          प्राचीन चिकित्सा पद्धति आयुर्वेदका महान् आचार्य तथा शल्यचिकित्साका जनक भनेर चिनिने महर्षि सुश्रुतको योगदान चिकित्सा विज्ञानमा अतुलनीय छ । उनी केवल एक शल्यचिकित्सक मात्र थिएनन्, पोषण र आहारको महत्त्वलाई पनि गहिरोसँग बुझ्ने दूरदर्शी व्यक्तित्व थिए । उनको प्रख्यात ग्रन्थ ‘सुश्रुत संहिता’ मा केवल शल्यक्रियाका विधिहरू मात्र होइन, मानव शरीरको स्वास्थ्यका लागि ‘संतुलित आहारको महत्त्व’, विभिन्न खाद्य पदार्थका गुणधर्म र तिनको उचित प्रयोगबारे विस्तृत व्याख्या गरिएको छ । सुश्रुत संहिताः पोषणको आधारभूत ग्रन्थ पनि हो ।           सुश्रुत संहिताले पोषणलाई चिकित्साको अभिन्न अंग मानेको छ । यस संहितामा भनिएको छ कि स्वस्थ शरीरका लागि उचित आहार–विहार अपरिहार्य छ । सुश्रुतका अनुसार, रोगको उपचारमा औषधिको जति महत्त्व हुन्छ, त्योभन्दा बढी महत्त्व रोगीको आहार र जीवनशैलीको हुन्छ । उनको यो दृष्टिकोण आजको आधुनिक चिकित्सा विज्ञानमा पनि उत्तिकै सान्दर्भिक छ, जहाँ पोषणलाई रोग रोकथाम र उपचारको मुख्य आधार मानिन्छ ।      सुश्रुत संहितामा विभिन्न प्रकारका खाद्य पदार्थहरू, तिनका गुण (रस, वीर्य, विपाक), र शरीरमा पर्ने प्रभावका बारेमा विस्तृत वर्णन पाइन्छ । उनले खाद्य पदार्थलाई मुख्यतया ६ रस (मधुर, अम्ल, लवण, कटु, तिक्त, कषाय) मा वर्गीकरण गरेका छन् र यी रसहरूको सन्तुलित प्रयोगले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने उल्लेख गरेका छन् । यस्तो व्याख्या आधुनिक भनिएको विज्ञानका भेट्न मुश्किल छ ।      सुश्रुतलाई ‘संतुलित आहारका प्रणेता’ भन्नु अतिशयोक्ति हुनेछैन । उनले विभिन्न रोगहरूमा कस्तो आहार उपयुक्त हुन्छ र कस्तो आहार अनुपयुक्त हुन्छ भन्ने बारेमा स्पष्ट निर्देश दिएका छन् । उनको संहितामा व्यक्तिको प्रकृति (वात, पित्त, कफ) अनुसार आहारको चयन गर्ने विधिका बारेमा पनि बताइएको छ । यो आजको ’पर्सनलाइज्ड न्युट्रिसन’ को अवधारणासँग ठ्याक्कै मिल्दोजुल्दो छ ।      सुश्रुतले आहारलाई केवल शरीरको पोषणका लागि मात्र नभई मन र आत्माको शान्तिका लागि पनि महत्त्वपूर्ण मानेका थिए । उनी भन्थे कि शुद्ध र सात्त्विक आहारले शरीरलाई ऊर्जा मात्र दिँदैन, मनलाई पनि शान्त र एकाग्र बनाउँछ ।      सुश्रुत संहितामा पोषणको महत्त्व झल्काउने अनेकौं उदाहरणहरु छन्। तीमध्ये केही प्रमुख उदाहरणाहरुको व्याख्या यसरी गरिएको छ।हरू यहाँ प्रस्तुत गरिएको, “सर्वधातु पुष्ट्यर्थम्, देहस्य पोषणाय च । हितं पथ्यं च यद् द्रव्यं, स आहार इति स्मृतः ।।”      अर्थात् ः सबै धातुहरूको पुष्टिका लागि र शरीरको पोषणका लागि जुन द्रव्य हितकारी र पथ्य हुन्छ, त्यसलाई आहार भनिन्छ । यो श्लोकले आहारको मूल परिभाषा र यसको महत्त्वलाई स्पष्ट पार्दछ । यही परिभाषालाई अहिलेको लगतचष्तष्यल कअष्भलअभ ले पनि पछ्याएको छ ।      यसै गरी संतुलित आहारको महत्व र आवश्यकता कति छ भनेर अर्को व्याख्या गरिएको छ, “सर्वरसैः पूर्णं भुक्तं, सम्यक् संविहितं तथा । देहस्य बलमाधत्ते, व्याधींश्चापोहति ध्रुवम् ।।”      अर्थात् ः सबै रसहरूले पूर्ण र राम्ररी तयार पारिएको भोजनले शरीरलाई बल प्रदान गर्छ र रोगहरूलाई अवश्य हटाउँछ ।      यतिमात्र हैन आहार सेवन गर्ने विधि, भोजनको मात्रा र विधिलाई पनि आधुनिक लगतचष्तष्यल कअष्भलअभ भन्दा एक कदम अगाडि गएर व्याख्या गरेको छ, “काल भोज्यं मितं भोज्यं, हितं भोज्यं च सर्वदा । आत्मनो बलविज्ञानं, भुञ्जीताहारमात्मवान् ।।”      अर्थात् ः सधैं समयमा, सीमित मात्रामा र हितकारी भोजन गर्नुपर्छ। आफ्नो बल र पाचन क्षमतालाई बुझेर भोजन गर्नुपर्छ ।      आहार र रोगको सम्बन्धको बारेमा पनि आधुनिक पोषण विज्ञानले भन्दा अझ राम्रोसँग बुझाएको छ, “अहितो यस्तु भुञ्जीत, कालं चानतिवत्र्य यः । स हि व्याधिं समाप्नोति, नरो नात्र विचारणा ।।”      अर्थात् ः जो व्यक्ति अहितकारी भोजन गर्छ र समयको पालना गर्दैन, त्यो अवश्य रोगी हुन्छ, यसमा कुनै शंका छैन । यस्ले अनुचित आहार र रोगबीचको सीधा सम्बन्ध देखाउँछ ।      अब यसरी हाम्रा प्राचीनतम हाम्रै धरामा जन्मिएका महरशीहरुले हजारौं वर्ष पहिले नै पोषण सम्बन्धी ज्ञान दिएका थिए । आजको आधुनिक युगमा जब मानिसहरू विभिन्न जीवनशैलीजन्य रोगहरू (मधुमेह, उच्च रक्तचाप, मोटोपन) बाट ग्रसित छन्, सुश्रुतका पोषण सम्बन्धी सिद्धान्तहरू झन् बढी प्रासंगिक देखिएका छन् । फास्ट फुड र असन्तुलित आहारको बढ्दो प्रचलनले स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको बेला, सुश्रुतले हजारौं वर्ष पहिले दिएका पोषणका नियमहरूले स्वस्थ जीवनका लागि मार्गदर्शन प्रदान गर्छन् ।      उनको दृष्टिकोण केवल रोगको उपचारमा सीमित थिएन, बरु स्वस्थ जीवन जिउनका लागि आहार, विहार, र मनको सन्तुलनमा जोड दिएका थिए । ‘सुश्रुत संहिता’ आज पनि पोषण विज्ञानका विद्यार्थी र चिकित्सकहरूका लागि एक अमूल्य स्रोत ग्रन्थ बनेको छ । यसले प्राचीन समयमा हाम्रा महर्षीहरुमा चिकित्सा विज्ञान र पोषणको कति गहिरो ज्ञान थियो भन्ने कुराको प्रमाण दिन्छ ।      हामीलाई स्वस्थ र दीर्घायु जीवनका लागि आहारको सही छनोट र त्यसको महत्त्व बुझ्न अनेकौं पोषण विज्ञहरुको ढोका, क्लिनिक चहार्नु भन्दा एक पटक हाम्रै पुर्खाहरूले हामीलाई छोडेर गएको ज्ञानको धरोहर पढ्न र बुझ्न सके स्वस्थ रहन धेरै प्रेरणा दिन्छ । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्