IMG-LOGO

बिरामीको चप्पल हेरेर उपचार गर्छु 

 मंगल, असार १७, २०८२  – डा. पवनराज पाठक

       मैले दिनमा सालाखाला ३०–४० जना बिरामी हेर्ने गर्छु । जेनेरल ओपीडी र एमेरजेंसी गरेर फरक फरक प्रकृतिका रोग र विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेशका बिरामी हेर्ने अवसर मलाई प्राप्त हुन्छ । नेपालजस्तो देशमा बसेर दिनमा ३०–४० जना बिरामी हेर्नु भनेको सामान्य कुरा नै हो । तर मेरो काम भन्दा मेरो कामले जन्माएको अन्तरविरोधले म ज्यादा थकित हुन्छु ।      उपचार गर्दा मैले बिरामी को चप्पल हेर्नु पर्ने अवस्था छ । र म कहाँ आएको बिरामीले कुन जाँचहरु गर्न सक्छ, उसले कुन औषधि उपचार किन्न सक्छ भनेर म एकछिन आफै रुमल्लिन्छु र बिरामी सँग केहि बेर गफ्फेर उसका दःुख सुखहरु एकैछिन साटेर म औषधि उपचार र टेस्टहरु लेख्ने गर्छु, र यो मेरो बाध्यता होर म चाहन्छु कि सबैजनाले एकै किसिमको उपचार पाउन तर पोल्टोमा वृद्धा भत्ता जम्मा गरि उपचार खोज्न आएकी हजुरआमालाई उनको रोग अनुसारका सबै जाँचहरु गराउने हिम्मत पनि आँउदैन र । ‘यो जाँचहरु पछि गरौला डाक्टर साब, अहिलेलाइ औषधि मात्र लेखिदिनुस्’ – मैले दिनभरिमा यही वाक्य सबैभन्दा बढी सुन्छु ! बिना जाँच, बिरामीको हिष्टी« र मेरो क्लिनिकल चस्माले देखेसम्मको रोगको प्रकृतिलाइ केलाएर उपचार गर्न बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसलाई के जाँच गराउने के नगराउने भनेर कल्पिन बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसको खल्तीको गहिराईको आंकलन गर्न बाध्य म एक डाक्टर !’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्