.राजकुमार गोलेलाई म नजिकबाट चिन्छु । हामी साथी भाईकै सम्बन्धमा थियौं । एक दशक भन्दा बढी पत्रकारितामा लागेका कारण प्राय हाम्रो भेट भइरहन्थ्यो । मेरो साथी राजकुमार समय र परिस्थिति अनुसार अमेरिका पुगे । त्यहाँ पुगेर पनि हाम्रो सामाजिक सन्जाल म्यासेन्जरमा कुरा भइरहन्थ्यो । गत २०६७ साल चैत ३ गते पनौतीमा टिपरले हनेर आमा छोरीको ज्यान गयो भन्ने खबर सुने । बुझ्दै जांदा मेरै साथी राजकुमारको बहिनी पो रहेछ । अघिपछि दुःखसुखको कुरा हुने हाम्रो बहिनी जुनु र भान्जी स्मारिकाको मृत्युको खबरले फोन गर्न र च्याटमा बोल्न समेत सकिन । हात चलेन मेरो । बहिनीको मृत्युको खबर सुनेर राजकुमारलाई के भयो होला भन्ने मात्रै मनमा खेल्न थाल्यो । धेरै समयपछि बोल्न थाले । सुरुमा सकिन । यस्तो घटना कहिल्यै नहोस । कसैलाई नपरोस । दुर्घटना शब्द नै आफैँमा पीडादायी शब्द हो । जसले सिंगो विश्वलाई नै आक्रान्त पारेको छ भन्दा फरक पर्दैन । यो अवस्थामा हामी नागरिकको भूमिका कस्तो हुनु पर्ला अहिले जटिल प्रश्नको रुपमा आएको छ । यसको समाधान तर्फ यो राज्य सत्ता त्यति गम्भीर भएको पाइन्न । उहि झारा टार्ने किसिमले सुरक्षा निकायलाई परिचालन गरिएको छ । यो अवस्थामा नीति निर्माण मजवुत भए पनि कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ । यो यर्थाथमै आफ्नो उपस्थिति सोचे जसरी देखाउन नसकको अवस्थामा नागरिक तहबाट खेल्नु पर्ने भूमिकाको बारेमा केहि शब्द कोर्ने जमर्काे गरेको छु । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइको अनुकरणीय योगदानको चर्चाबाट आरम्भ गर्ने प्रयासमा भएको छ । जुन मापसे योजना लोकप्रिय भयो । गरे के हुन्न पुष्ठी गरेर देखाउनु भएको छ हो त्यस्तै अन्य योजना आउनु प¥यो र कार्यान्वयनमा कडा रुपमा देखिनु प¥यो । तव मात्र यो जटिल समस्या बाट काभ्रेले उन्मुक्ति प्राप्त गर्ने छ भन्ने विश्वास राखिएको छ । यो अवस्थामा सडक यातायात सम्बन्धी बनेका निति नियम कानून लाई व्यवहारीक रुपमा कार्यान्वयन गर्नुनै महत्वपूर्ण हुनेछ । त्यसका लागि यात्रु सचेतनाका साथै चालकहरुले वटुवाको महत्व राख्न आवश्यक छ । त्यसै गरी कार्यान्वयन गर्ने निकाय पनि कठोर हुन आवश्यक छ तव मात्रै यो समस्या न्युनिकरण गर्न सकिन्छ भन्ने विश्वास लिइएको छ । अन्तमा जे जे उल्लेख भएता पनि निति नियमका वारेमा दुवै पक्ष पोख्त हुनुको विकल्प छैन । त्यस्तो वातावरणको खाँचो यो समाजले गरेको छ । यो समाधान गर्न सरोकारवाला निकाय गम्भिर हुन सकेमात्र सडक दुर्घटना न्यूनीकरण हुनेछ । बनेपा, काभ्रे
