IMG-LOGO

परमाणु सिद्धान्तका प्रणेता महर्षी कणाद र आधुनिक विज्ञान

 सोम, असार ९, २०८२  – माधव रेग्मी

         हाम्रो प्राचीन ज्ञान परम्परामा विज्ञान र दर्शनको गहिरो सम्बन्ध रहेको छ । यसको एउटा उत्कृष्ट उदाहरण हो, परमाणु सिद्धान्तको विकास, जुन ऋषि कणादको ’वैशेषिक सूत्र’ मा विस्तृत रूपमा उल्लेख गरिएको छ । आजको आधुनिक विज्ञानले परमाणुको संरचना र व्यवहारबारे जुन कुराहरू पत्ता लगाएको छ, त्यसको जग हजारौँ वर्ष पहिले नै प्राचीन ऋषिहरूले खनिसकेका थिए, आधुनिक भनिएका वैज्ञानिकहरूले त केवल परिपूर्ण मात्र गरेका हुन् ।          ऋषि कणाद, जसको वास्तविक नाम उल्का थियो, ईसापूर्व छैठौँ शताब्दीतिरका अर्थात् बुद्ध कालीन एक महान् दार्शनिक र वैज्ञानिक थिए । उनले परमाणुको अवधारणालाई व्यवस्थित रूपमा प्रस्तुत गरे, जुन उनको ’वैशेषिक सूत्र’ नामक ग्रन्थमा पाइन्छ । यो ग्रन्थ वैशेषिक दर्शनको मूल आधार हो, जसले ब्रह्माण्डका सबै वस्तुहरूलाई ’पदार्थ’ का विभिन्न कोटीहरूमा वर्गीकृत गरेको छ । कणादका अनुसार, अणुर्नित्यता चेत् स्यात्, तर्हि कार्येभ्यः पृथक्त्‌वम्‌     ब्रह्माण्डमा रहेका सबै भौतिक वस्तुहरू ’परमाणु’ (अणु) नामक अविभाज्य, अदृश्य र अनन्त कणहरूले बनेका हुन्छन् । उनले परमाणुलाई यति सानो मानेका थिए कि त्यसलाई कुनै पनि तरिकाले विभाजन गर्न सकिँदैनथ्यो । कणादको यस्तो व्याख्या आधुनिक भनिएका डाल्टनसंग ठ्याक्कै मिल्छ ।     जस्तो, परमाणुहरू अविभाज्य हुन्छन् र यिनलाई थप साना कणहरूमा विभाजन गर्न सकिँदैन। परमाणुहरू न त कहिल्यै सृष्टि गरिएका हुन् न त कहिल्यै नष्ट हुन्छन् । यिनीहरू शाश्वत हुन्छन्, निरन्तर गतिशील हुन्छन् र खाली ठाउँमा स्वतन्त्र रूपमा विचरण गर्छन् । विभिन्न प्रकारका परमाणुहरू आपसमा मिलेर विभिन्न प्रकारका अणुहरू (द्व्यणुक, त्र्यणुक आदि) बनाउँछन्, जसबाट स्थूल वस्तुहरूको निर्माण हुन्छ । प्रत्येक प्रकारको परमाणुमा विशेष गुण हुन्छ, जसले त्यसबाट बनेका वस्तुहरूको गुण निर्धारण गर्छ । उदाहरणका लागि, पृथ्वीका परमाणुहरूमा गन्धको गुण हुन्छ, जबकि जलका परमाणुहरूमा शीतलताको ।     कणादले यसरी परमाणुको अवधारणालाई केवल भौतिक रूपमा मात्र नभएर दार्शनिक र आध्यात्मिक रूपमा पनि व्याख्या गरेका छन् । उनले परमाणुहरूको संयोजन र वियोजनलाई सृष्टिको चक्रसँग जोडेका छन्, जहाँ परमाणुहरूको संयोजनले सृष्टिको सुरुवात हुन्छ भने वियोजनले प्रलयको अवस्था ल्याउँछ । कारणद्रव्येष्वपि कार्यद्रव्याणामिव परमाणुः ।     अर्थात्, जसरी कार्य द्रव्यहरू (उत्पादित वस्तुहरू) को कारण हुन्छ, त्यसरी नै परमाणुहरू पनि पदार्थहरूको मूल कारण हुन् । कणादले परमाणुको गतिशीलता, यिनीहरूको संयोग (मिलन) र वियोग (छुट्टिनु) को अवधारणा पनि प्रस्तुत गरेका छन्, जसले पदार्थमा हुने परिवर्तन र गुणधर्महरूको व्याख्या गर्छ। उनले परमाणुहरूमा विभिन्न गुणहरू (रङ, गन्ध, स्वाद, स्पर्श) हुन्छन् भनी उल्लेख गरेका छन्, जसको आधारमा पदार्थहरूको गुणधर्म निर्धारण हुन्छ ।     अब जाऊ एकछिन आधुनिक विज्ञानसँगको सम्बन्ध र परमाणु सिद्धान्त बारेमा कणादले प्रतिपादन गरेको परमाणु सिद्धान्त । माथि भनिएका सबै विशेषताहरु आधुनिक भनिएका डाल्टनको परमाणु सिद्धान्तसंग ठ्याक्कै मेल खान्छ । आधुनिक विज्ञानले कणादको जस्तै अविभाज्य परमाणुको अवधारणालाई स्वीकार गरेको छ । यसरी कणादको मौलिक विचारले ब्रह्माण्डको संरचनाबारे सोच्ने एउटा महत्त्वपूर्ण मार्ग प्रशस्त गरेको थियो जसलाई डाल्टन जस्ता आजभन्दा डेड दुई सय वर्ष अघिका वैज्ञानिकले थप परिमार्जन गरेका मात्र हुन् । डाल्टनले सन् १८०३ मा आएर मात्र आफ्नो परमाणु सिद्धान्त प्रस्तुत गरेका हुन् जसलाई ‘म्बतियलुक ब्तयmष्अ त्जभयचथ’ जबकि आजभन्दा २६०० वर्ष अघि नै हाम्रा महान वैज्ञानिक ऋषि कणाद ले यो सिद्धान्त प्रतिपादन गरिसकेका थिए ।     डाल्टनले पनि सबै पदार्थ परमाणुहरूले बनेका हुन्छन्, जुन अविभाज्य हुन्छन् भनेका थिए । त्यसैगरी एउटै तत्वका सबै परमाणुहरू आकार र गुणमा एक समान हुन्छन्, तर विभिन्न तत्वका परमाणुहरू फरक–फरक हुन्छन्, रासायनिक प्रतिक्रियामा परमाणुहरू न त सृष्टि हुन्छन् न त नष्ट हुन्छन्, यिनीहरू केवल पुनर्व्यवस्थित हुन्छन्, परमाणुहरू सरल पूर्णाङ्क अनुपातमा मिलेर यौगिक बनाउँछन्, डाल्टनका यी सिद्धान्तले रासायनिक प्रतिक्रियाहरूलाई व्याख्या गर्न सफल भयो र रसायनशास्त्रलाई एक व्यवस्थित विज्ञानको रूपमा स्थापित गर्न मद्दत गर्‍यो । यद्यपि, कणाद र डाल्टनबीच लगभग २४०० वर्षको अन्तर थियो, दुवैले पदार्थको आधारभूत निर्माण खण्डको रूपमा परमाणुको अवधारणालाई स्वीकार गरेका थिए ।     कणादको परमाणु सिद्धान्त र डाल्टनको परमाणु सिद्धान्तले समय र संस्कृतिको फरक भए पनि यसले ब्रह्माण्डको मौलिक संरचना बुझ्ने मानव प्रयासको निरन्तरता देखाउँछ । कणादले दार्शनिक र तार्किक आधारमा परमाणुको अवधारणा प्रस्तुत गरेका थिए भने डाल्टनले त्यही अवधारणालाई प्रयोगात्मक र मात्रात्मक प्रमाणको रुपमा अगाडि बढाएका थिए ।     कणादको ’वैशेषिक सूत्र’ केवल एउटा प्राचीन ग्रन्थ मात्र नभएर, त्यो एक वैज्ञानिक सोचको प्रमाण हो, जसले आजको आधुनिक विज्ञानलाई पनि चुनौती दिन्छ । यसले यो देखाउँछ कि विज्ञानको खोजी कुनै एक संस्कृति वा समय–कालमा सीमित छैन, बरु यो मानव जातिको साझा विरासत हो । प्राचीन ऋषिहरूले बिना आधुनिक उपकरणहरू जुन गहन ज्ञान प्राप्त गरेका थिए, त्यो साँच्चै नै प्रेरणादायक छ र आज पनि अध्ययन र अनुसन्धानको विषय बनेको छ । यसरी, प्राचीन संस्कृत ग्रन्थहरूमा लुकेका यस्ता धेरै वैज्ञानिक तथ्यहरू छन्, जसले आधुनिक विज्ञानलाई नयाँ दिशा दिन सक्छन् ।     अझ रोचक कुरा त, वैशेषिक दर्शनले परमाणुलाई अदृश्य मान्छ, जुन आजको विज्ञानले पनि इलेक्ट्रोन माइक्रोस्कोप जस्ता अत्याधुनिक उपकरणहरूले पनि सीधा देख्न नसक्ने पदार्थ मानेको छ । परमाणुको अस्तित्व अप्रत्यक्ष रूपमा मात्रै प्रमाणित गर्न सकिन्छ । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्