IMG-LOGO

सुगौली सन्धिपछि नेपाल खुम्चियो

 सोम, असार ९, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

  नेपाल–भारत सम्बन्ध – १४     सात समुन्द्रपारीबाट आएका गोरा अङ्ग्रेजले टुक्राटुक्रामा विभाजन भारतलाई एकीकरण इन्डिया बनाए । यता नेपालका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए । रणबहादुर शाह सम्म पुग्दा पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म भएको बृहत नेपाल भएको थियो त्यो भू–भाग नेपाल अङ्ग्रेज युद्ध पश्चात सुगौली सन्धि भए पछि करिव आधा भू–भाग युद्धको कारणले छाड्नु परयो । जुन नेपालीको लागि ठूलो पीडा बन्यो । राजा द्रब्य शाह, राजा राम शाह, राजा नरभुपाल शाह, राजा पृथ्वीनारायण शाह, रानी राजेन्द्रलक्ष्मी, बहादुर शाह समेतको नेतृत्व र प्रेरणाबाट एकीकृत विशाल नेपाल तासको घर जस्तै भत्कियो ।     अर्कातर्फ नेपाल–चीन–तिब्बत युद्धमा नेपालले चीनलाई ठूलो मालिकको रुपमा मानेर युद्ध अन्त गरेको थियो । त्यस युद्ध पछिका औपचारिक कागजपत्रमासमेत चीनको बादशाहले नेपालका राजालाई ’मेरा नुनको सोझो गर्ने तिमी’ जस्ता अपमानजनक शब्द राखी लेखापढी गरेको इतिहासमा  पाईन्छ । अब अंग्रेजसँगकोे युद्ध पछि अंग्रेजको झन्डै झन्डै दासत्व नै स्वीकार गर्नु पर्‍यो । जुन विरासत बि.स.००७ सालसम्म रहेको थियो अहिलेसम्म पनि भारत त्यही हेपाह प्रवृत्तिबाट मुक्त छैन ।     नेपाल–अंग्रेज युद्धमा नेपालले आफ्‌नो भू–भाग मात्रै  गुमाएन । धनको क्षति हुनु युद्धको विशेषता नै हो । यस युद्धमा नेपालले भक्ति थापा, हस्तिदल शाहलगायतका हजारौं वीर तथा वीरंगना गुमायो । नालापानी, जैथक र मलाउंको किल्लाबाट सयौ नेपाली वीरंगना नारीहरूसमेत लडेका थिए । अर्को तर्फ हेर्ने हो भने त्यस युद्धमा नेपालले ठूलो धनराशी खर्च गर्नु परेको थियो । नेपाल आर्थिकरूपमा कमजोर बनेको पनि त्यही बेला देखि हो । कुमाउ, नालापानी (खलंगा, जैथक, मलाउ, बुटवल, हरिहरपुर गढीको युद्धहरूमा हजारौ नेपाली वीरहरूको ज्यान गएको थियो । भक्ति थापा जस्ता महान योद्धाले वीरगति प्राप्त गरेका थिए ।     सुगौलीको सन्धि पछि, जो युद्धबाट असन्तुष्ट थिए, थुप्रै नेपालीहरू नेपाली सेनाबाट अवकास लिई बिदेशीएका थिए । नालापानी युद्धका नायक बलभद्र कुंवरले त्यसको नेतृत्व गरी करिब २ कम्पनी फौज पंजाबको राजा रणजित सिंहकोमा नोकरी गर्न पुगेका कुरा इतिहासमा छ । उता बडाकाजी अमरसिंह थापा सैनिक नोकरीबाट सन्यास लिई केही समयको लागि सिन्धुपाल्चोक जिल्लाको भोताङ भन्ने ठाउँमा बस्न पुगे । पछि गोसाइकुण्ड गई ध्यान गर्दा गर्दै उनको त्यही मृत्यु भएको थियो ।     अर्थोपार्जनको लागि भनेर जसरी परिभाषित गरिएतापनि नेपालीहरूले ब्रिटिस–इन्डियन आर्मीमा भर्ना हुने प्रचलन सुरु भयो । जुन राष्ट्रिय सम्मानको लागि राम्रो होइन । पहिलो र दोस्रो विश्वयुद्धमा त राणाहरूले खोजी खोजी नेपाली युवालाई ब्रिटिस सेनामा भर्ती हुन पठाए । यो प्रथा युद्धमा हारपछि नेपालीलाई जवरजस्ती थोपरीएको थियो । हालसम्म पनि नेपालीहरू त्यस प्रथाको विरासत बाट ब्रिटिस गोर्खा र भारतीय गोर्खाको नामबाट भारतीय र बेलायती सेनामा काम गर्दै आएका छन् । ब्रिटिसले कुमाउँ र सिक्किम लिएकोले उनीहरूले सिधै तिब्बतसँग व्यापार गर्न थाले । जसबाट नेपाललाई आर्थिक घाटा हुन गयो ।     राजा पृथ्वीनारायण शाहको समय वि.सं.१८०० देखि १८६६ सालसम्म नेपाल राष्ट्र एकीकरण युद्धमा र बीचमा नेपाल–तिब्बत युद्ध तथा नेपाल–चीन–तिब्बत युद्धमा व्यस्त थियो । पछि गएर अंग्रेजसँगको युद्धमा होमिनु पर्‍यो । सुगौली सन्धिपछि नेपाल कुनै पनि सैनिक कारवाहीमा संलग्न भएन, एक किसिमको फुर्सदी समय भयो । राजा नाबालक, रानीको हातमा शोषण र भारदारहरूको शक्ति हत्याउने महत्वकांक्षाले नेपाल विभिन्न खलकको राजनीतिक गुट र उपगुटमा विभाजित भयो । भ्mउतथ ख्भककझ िबपभकm गअज कयगलमक भनेझै काम नपाएका भारदारहरूको राजनीतिक खिचातानिले नेपालको राजनीति साह्रै प्रदुषित भयो । जसको कारणले पछि गएर प्रधानमन्त्रीहरूको हत्या, कोतपर्व, भण्डारखालपर्व जस्ता घटनाहरू घटे र नेपालमा राणा शासनको स्थापना भयो ।     युद्धको विजय पश्चात बेलायतको नेपालमा औपचारिक रुपले ब्रिटिस रेजिडेन्सी खुल्यो, उसको लागि यो राजनीतिक सफलता थियो । जसको अस्तित्व पछिसम्म पनि रहिरह्यो र हाल बेलायती राजदुताबासको रुपमा उपस्थित छ । ब्रिटिस रेजीडेन्सी, लैनचउर, काठमाण्डौमार्फत वैध र अवैध तरिकाले संकलित नेपालका हजारौ हजार अमूल्य पुराना कागजपत्र, दस्तावेज, सरसामानहरू बेलायत पुर्‍याइए, नेपालको लागि त्यो ठूलो घाटा थियो । जसको कारणले नेपालको इतिहास अपांग भएको छ भनेमा अत्युक्ति नहोला ।     अंग्रेजसँगको युद्धपछि नेपालको राजनीतिमा हस्तक्षेप शुरु भयो, राजा–रानी, पाँडे र थापा गुटबीच भाँडभैलो मच्चाइयो । अन्ततः कोत पर्व पछिको १०४ वर्र्षसम्म हरेक कुराको लागि बेलायत नेपालको अन्तराष्ट्रिय अभिभावक जस्तै बन्यो । युद्ध सामग्री र थप फौजहरूको समयअनुसारको व्यवस्था नहुनुमा तत्कालीन सरकार पक्ष जिम्मेवार छ । सेनाको तर्फबाट गरिएका हरेक कारवाही अवश्य पनि उच्च स्तरको थियो । नेपाली सेनाको मुल््याड्ढन     कुनै पनि देशको सेना युद्धको समयमा एउटा औजार मात्र हो । यसको प्रयोग राष्ट्रले गर्दछ । राज्यले खटाएको ठाउँमा खट्टिनु र भनेको काम गर्नु उसको कर्तव्य हो । वि।सं १६१६ मा सेनापति भगीरथ पन्तको नेतृत्वमा गोर्खाका राजा द्रव्य शाहले खडा गरेको यस सेनाको इतिहासमा हर–हमेसा देशको लागि समर्पित छ ।     यस युद्धमा पनि नेपाली सेनाले रगतको बलिदान दिएको थियो । विशेष गरी कुमाउ, नालापानी (खलंगा), जैथक, मलाउ, बुटवल, हरिहरपुर गढीको युद्धहरूमा हजारौ नेपाली वीरहरूको ज्यान गएको थियो । भक्ति थापा जस्ता महान योद्धाले वीरगति प्राप्त गरे । कतिपय प्रतिकुल स्थितिमा पनि उनीहरूले देशको लागि मरिमेटे । कमजोर युद्ध सामग्री, हात हतियार र व्यवस्थापकीय राम्रो सहयोग नभएर पनि उनीहरूले अंग्रेजविरुद्ध जुन बहादुरी देखाए त्यसले शत्रु पक्षलाई पनि प्रभावित पार्‍यो ।     युद्धमा जित र हार हुन्छ, यो साश्वत सत्य हो । हार्नेको युद्धकला, शाहस र अनुशासनको मुल्याङ्कन गरिन्छ्, जुन नेपाली सेनामा उच्च स्तरको थियो । राजनीतिक हिसाबले युद्धको जित र हारलाई महत्व दिईन्छ भने सैनिक आँखाबाट युद्धमा प्रयोग भएका युद्ध सीपको मुल््याङ्कन गरिन्छ । युद्ध जित्नु र हार्नुमा राज्यको सहयोग र आपूर्तिको ठुलो हात रहन्छ । तसर्थ, युद्ध सामग्री र थप फौजहरूको समयअनुसारको व्यवस्था नहुनुमा तत्कालीन सरकार पक्ष जिम्मेवार छ । सेनाको तर्फबाट गरिएका हरेक कारवाही अवश्य पनि उच्च स्तरको थियो । अपवादको रुपमा कुमाउको युद्धमा प्रशासक चौतरा वंम शाहले गरेको राष्ट्र घातलाई भने नेपालको इतिहासले कहिल्यै क्षमा दिन सक्दैन । कमाण्डर ईन चिफ भीमसेन थापाको मूल्याङ्कन     नेपालको राजनीतिक इतिहासमा भीमसेन थापाको स्थान अति नै उच्च स्तरको देखिन्छ । किनकी, उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको छ । उनको प्रशासनिक क्षमता धेरै शक्तिशाली थियो । तत्कालीन नेपाल दरबारको धमिलिएको राजनीतिक अवस्थामा सक्रिय भएर ३१ वर्ष सरकार प्रमुख भई राजकाज चलाउनु भनेको चान चुने विषय होइन ।     उनमा युवा जोस, देशको लागि तुरुन्तै केहि गरेर देखाउ भन्ने भावना, साम्राज्यवादी अंग्रेजहरूलाई ठोकेर नै ठिक पार्छु भन्ने अठोट, उग्र राष्ट्रवाद जस्ता पक्ष उनमा थिए । जसलाई हामीले सम्मान गर्नु पर्दछ । जहाँसम्म उनको कुटनीतिक र सैनिक मामलातर्फ हेर्ने हो भने उनलाई सफल प्रशासकको रुपमा मान्न अप्ठेरो छ । युद्ध अगाडिको कमजोर आर्थिक अवस्था, भाइ भारदारको सल्लाहलाई उपेक्षा गर्नु वैदेशिक गठवन्धन नहुनु, नेपाली सेनाभित्र जर्नेली समूह र काजी ग्रुप सृजना हुनु ।     युद्धको समयमा थप मद्दत र थप युद्द सामग्रीको आपुर्ति गराउन नसक्नु जस्ता कारणले गर्दा नेपाल अंग्रेज युद्धमा हारियो । त्यसमा पनि उनीमा युद्ध सञ्चालन, सैन्य परिचालन गर्ने कला तथा युद्ध अनुभवको कमी थियो । त्यतिखेरको सैनिक संस्कार अनुसार युद्ध अनुभव नभएका व्यक्तिहरूलाई सेनाको माथिल्लो तहमा नियुक्ति दिइन्नथ्यो । भीमसेन थापाले कुनै पनि सैनिक अंग कमाण्ड गरेको र युद्ध लडेका थिएनन् । त्यस युद्धमा झण्डै आधा नेपाल हालको भारतमा गाभियो । जसको पीडा अहिले पनि नेपालीले भोगेकै छन् । यस युद्धको मुख्य पात्र भीमसेन थापा नै हुन् र युद्धको जस–अपजस उनको भागमा सबैभन्दा धेरै पर्दछ । सन्दर्भ श्रोत : केन्द्रबिन्दु २४ जेठ २०७६, शुक्रबार

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्