IMG-LOGO

सुगौली सन्धि गर्नुपर्ने बाध्यता नेपाल–भारत सम्बन्ध – १३

 मंगल, असार ३, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

            सुगौली सन्धि राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा भएको थियो । त्यतिबेला प्रधानमन्त्री थिए मुख्तियार भिमसेन थापा । त्यतिबेला प्रधानमन्त्री भन्ने पद थिएन । राजा गीर्वाणयुद्ध  विक्रम शाह सानै थिए । उनका पिता रणबहादुर शाह जिउँदै थिए । रणबहादुर  स्त्री लम्पट राजा थिए । दरवार कलहमा  थियो । नेपाललाई बिस्तार गर्ने काम रोकिएको थियो । भारतमा इष्ट इन्डिया कम्पनीको राज्य थियो । अङ्ग्रेजले शासन गरेको भारतमा नेपालको सम्बन्ध त्यति राम्रो थिएन । अङ्ग्रेजले नेपालको स्थिति बुझेर हाम्रो भू–भाग कब्जा गर्ने उद्देश्यले युद्धको तयारी गर्दै थियो । हाम्रो तराई भू–भाग माथि आँखा लगाएको अङ्ग्रेजले सन १८१४ मा युद्ध छेड्यो । त्यो युद्धलाई एङ्ग्लो वार भनेर इतिहासमा बर्णन छ ।             नेपाल अङ्ग्रेज युद्ध सन १८१४ देखि १८१६ सम्म  (वि.स. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच भएको थियो । दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ । वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा हस्ताक्षरसँगै युद्धको अन्त्य भएको थियो । त्यो युद्ध नै सुगौली सन्धि गर्नु पर्ने नेपालको बाध्यता हो । नेपाल बिरूद्ध भारतमा रहेका त्यतिबेला सम्म अङ्ग्रेजले कब्जा नगरेका राज्यहरू (गढवाल राज्य, पटियाला राज्य र सिक्किम राज्य) को गठबन्धनले समर्थन अङ्ग्रेजलाई रहेको थियो। नेपालको तर्फबाट युद्धको नेतृत्व दूई थापा परिवारले गरेका थिए । थापा वंश भन्नाले अमरसिंह थापाको परिवारले नेतृत्व गरेको थियो ।             भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४–१८१६ को नेपाललाई विनाशकारी अङ्ग्रेज–नेपाल युद्धमा उनले फसाए, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिस रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।             सन् १८१६ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती) तथा केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए । दरबारको कलह र नेपाल अङ्ग्रेज युद्धको परिणाम सुगौली सन्धि हुनु हो । हाम्रो भू भाग गुम्नु हो । नेपालको भित्री राजनीतिमा अङ्ग्रेजको प्रवेश त्यही बेला भयो त्यसैको असर आजको भारतियहरुले हाम्रो नेपाल भित्र राजनीतिको खेल खेलिरहेका कारण आजसम्म नेपाल राजनीतिका स्थिर र बिकासमा समृद्ध हुन सकेको छैन । सन्दर्भ श्रोत ः नेपाली विकिपिडिया

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्