प्रीय छोरी जुनु ! कसरी पत्याउँ तिम्रो मृत्युको खबर । आज पनि तिमि जिउँदै छौं जस्तो लाग्छ । श्रमका लागि कोरिया भासिएपछि परिवार र साथीभाइसँग केहि समयको लागि टाढिएको थिएँ । म टाढै भको बेला तिमीले त संसार नै पो छोडिछौ. ! कति निष्ठुरी रैछ हगि ? दैव पनि ! जुन दिन तिमीले देह त्याग ग¥यौ सोहि दिन म खै कुन्नी के गर्दै थिएँ । नमुना दिदीले रुँदै तिम्रो मृत्युको खबर सुनाउनु भयो । लाग्यो दिदीले सुनाउनु भएको खबर सत्य होइन । तर, मेरी दिदीले किन तिम्रो मृत्युको झुटो खबर सुनाउनुहुन्थ्यो र ? एक्काशी छाति रिंगटा चल्यो । कहाँ कसो गरुँ भयो । खै के बोलें । कसरी चिच्याएँ थाहै पाइन । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा तिमिले जिन्दगी पूरै नभोगी नै स्वर्गबो बाटो गयौ । सायद तिम्रो पूर्वजन्म नै यस्तै थियो भनेर चित्त बुझाउने बाहेक हामीसँग अरु के नै विकल्प बाँकी रहयो र जुनी छोरी ! नमुना दिदीसँगको फोनसम्बाद सकिएपछि घरमा फोन लगाउन खोजेँ सत्यतथ्य पत्ता लगाउन । अहँ औंलाहरु एकाएक प्यारालाइसिस भए । आँखा तिरमिराएर अक्षर ठम्याउन सकिन । अमेरिकामा भएको भतिज राजकुमारले थाहा पायो कि पाएन होला भन्ने जिज्ञासा लाग्यो र उसलाई फोन हाँन्ने सोचें तर आँट गर्न सकिन । बल्लतल्ल दाइदाई फोन गरेँ । उहाँले म बुझ्छु भन्दै फोन काटिदिनु भयो । पछि पक्का भयो तिमीले साँच्चै संसार र हामी सबैलाई छोडेको कुरा । तिमी मात्र होइन तिम्री छोरी मेरी नातिनीले पनि संसार छोडिछन् । यो दुःख कसलाई सुनाउँ, कसलाई कहुँ ? परदेशमा रहेको म तिम्रो अन्तिम अनुहार हेर्न पनि आउन पाइन । छोरी माफ गर ! तिम्रो स्वर्गमा बास होस । भगवान बुद्धसँग यहि कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली जुनु ! बेथानचोक–५, गोलेटोल काभ्रे हाल कोरिया
