IMG-LOGO

पनौतीको जात्रा (ज्याः पून्ही) सन्दर्भमा

 मंगल, जेठ २८, २०८२  – पुरुषोत्तम ताम्राकार

     पनौती त्यसैपनि पौराणिक सास्कृतिक किम्बदन्ति जोडिएको नगरपालिकामा हाल चलिरहेको छ । पनौती पान्चाल सहर अर्थात एक चोटी मानव जिवनमा पाइला राख्नै पर्ने सहर (ठाउँ) हो पनौती । अव प्रशङग बदलौ, पनौती जात्रा (ज्या पून्ही) यहि २०८२ साल जेष्ठ महिनाको २७ र २८ गते मुख्य जात्रा पर्दछ । पनौती जात्रा जब सुरु हुन्छ जेष्ठ २२ गते देखि दयो क्वो विन्यागु दिन अर्थात भद्रकाली देउता तल ओर्लने दिनलाई मानिन्छ । यो समयदेखि जात्राको दिन गन्ति सुरु हुन्छ । त्यसपछि जेष्ठ २६ गते काठमाण्डौंबाट परम्परागत तरवार भित्राइसकेपछि जात्राको पहिलो दिन शुरु हुन्छ । त्यसदिन पनौतीको त्रिवेणी घाटमा दुइचा जातको स्त्री पुरुषले उक्त दिनको रातको समयमा पुललाई चिप्लो नागको शरिर मान्दै विस्तारै खर्पनको राखेको पुजा सामाग्री राखी पुल तर्ने र पुजा ब्रम्हायणि मन्दिरमा पु¥याइन्छ । ततं पस्चात मात्र व्रम्हायणी माताको रथ रातमा तानेर रथलाई व्रम्हायणी मन्दिरमा लगिन्छ । यसरी लगेको मुर्ति रातको अवेर समय सम्म व्रम्हायणी मन्दिरमा राखेपछि रातभरको विशेष पुजा ‘कर्माचार्य’ पुजारीबाट भएपछि भोलिपल्ट अर्थात जेठ २७ गते मुल पुजाको दिन यसलाई ज्या पून्ही दिन मानिन्छ । त्यो दिन पनौतीको मुख्य मुल जात्रा घर घरमा पुजा गरिन्छ । यहि दिन मु भोय भतेर खाइन्छ । उक्त दिन व्रम्हायणी मन्दिर भित्र श्रद्धा भक्तिले पुजा पाठ, बोका, हाँस, कुखुरको बली यथासक्यले गरि मनाइन्छ । जात्राको किम्बदन्ति अनुसार अन्तिम दिन साखु बजारसम्म भागेको पनौतीको भैरवनाथ भगवानलाई आठ ओटा खुट्टा भएको प्राणी दिन्छु भन्दै फेरी पनौतीकै यथास्थितमै लेराएको किम्बदन्ति अनुसार भैरवनाथ र क्रमश भद्रकाली प्राचिन महादेवको चक्का विहिन रथ सहित त्यसदिन २८ गते अर्थात पुर्णिमाको दिन एक आपसमा पनौतीको डबलीमा यसलाई एक यौनिक रुपमा एक आपसमा माता भद्रकालीको रथ सँग जुधाइन्छ । बजार भित्र धुमधामले जात्रा मनाइन्छ । परम्परा अनुसार विहान सखारै गर्ने जात्रा हाल आएर अलि अबेला दिउँसोको समयमा सिध्याइन्छ । यहि जात्रा हो ज्याः पून्ही अर्थात पनौती जात्रा । अस्तु    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्