IMG-LOGO

सुगौली सन्धिपछि खुम्चिएको हाम्रो भूगोल

 मंगल, जेठ २१, २०८२  –  आर. एल. श्रमजीवी, प्रधान सम्पादक

पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?  हामीले हिमाल उठायौँ एसियाको माझमा संस्कृति बास बसेथ्यो आएर यहीँ साँझमा गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली      गीतले भन्छ हाम्रो देश नेपाल सुन्दर मात्र थिएन । विशाल पनि थियो । त्यो विशाल भूगोल काजी भिमसेन थापाको पालामा खुम्चिएको थियो । रणबहादुरको हत्या पश्चात भीमसेन थापाकै हातमा ३० वर्षसम्म नेपालको शासन सत्ता पुग्यो । त्यसै कालमा नेपाल–अंग्रेज युद्ध भई सन् १८१६ को सुगौली सन्धि हुन पुग्यो । सुगौली सन्धि अघि नेपालको क्षेत्रफल      २०४९१७ स्क्वायर किलोमिटर थियो अहिले १४७८८१ किलोमीटर छ । सुगौली सन्धिमा नेपालले एक तिहाई भू(भाग गुमाउनु प¥यो । यस अन्तर्गत दार्जिलिङ सिक्किमको क्षेत्र पनि पर्छ । यहाँका राजा छोग्यालले अंग्रेज–नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू अहिलेको भारतको सितामढी देखि सुगौली सम्मको भू–भाग पर्छ । नेपालले स्वइच्छाले सुगौली सन्धि गरेको थिएन ।        ब्रिटिश भारतका प्रोविनेन्सहरू र नेपालको स्थिति १. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ ग¥यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौँमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो । २. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे तर नेपाल बाध्य बन्यो । यसका शर्तहरू मान्न पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे ।   ३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औँ दिनमा हस्ताक्षर ग¥यो सन्धि सोही दिनदेखि लागू गरियो । नेपाली भू–भाग फिर्ता      अङ्ग्रेज शासकका विरुद्ध १८१६ मा भारतको लखनउ बिद्रोह भयो ।  त्यो बिद्रोह दबाउन जङ्गबहादुरले ठुलो संख्यामा सेना पठाएर त्यो बिद्रोह दबाइयो । त्यसैले त कार्लमाक्र्सले जङ्गबहादुरलाई अंग्रेजको कुकुर भनेका थिए । भारतले सुगौली सन्धिमा लिएका तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई त्यतिबेला नयाँ मुलुक भनियो । राजाले नमानेको सन्धि १. सुगौली सन्धि गर्दा नेपालका राजाले अनुमोदन गर्नु पर्ने बुद सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनु पर्ने कुरा लेखिएको भएपनि राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड पुष्टि छैन । २. ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो त्यसकारण गभर्नर जनेरल डेबिड अक्टरलोनीले हतार हतार ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिइयो । सन्दर्भ श्रोत ः स्नेपाली विक्लीपिडिया

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्