IMG-LOGO

आचार्य चरक र चरक संहिता ः शरीर विज्ञानको क्षेत्रमा अतुलनीय योगदान

 मंगल, जेठ २१, २०८२  – माधव रेग्मी

         प्राचीन चिकित्सा विज्ञानको पूर्वीय इतिहासमा आचार्य चरकको नाम स्वर्ण अक्षरमा लेखिएको छ । उनी केवल एक चिकित्सक मात्र नभई एक गहन विचारक, दार्शनिक र शरीर विज्ञानका एक महान् ज्ञाता पनि थिए । उनको कालजयी कृति ’चरक संहिता’ आयुर्वेदको एक आधारभूत ग्रन्थ हो, जसले आज पनि चिकित्सा जगतलाई मार्गदर्शन गरिरहेको छ । यस लेखमा हामी आचार्य चरकको शरीर विज्ञानको क्षेत्रमा योगदान र ’चरक संहिता’ मा उल्लेखित विषयलाई सामान्य ढंगमा बुझ्ने प्रयास गर्नेछौं ।      आचार्य चरकले चरक संहितामा शरीर विज्ञानको क्षेत्रमा विस्तृत र वैज्ञानिक व्याख्या गरेका छन् । चरकले शरीरलाई केवल रोगहरूको घरको रूपमा मात्र नभई एक जटिल प्रणालीको रूपमा व्याख्या गरेका छन्, जहाँ प्रत्येक अङ्गको आफ्नै विशेष कार्य हुन्छ र तिनीहरू एक अर्कासँग सामञ्जस्यमा काम गर्छन् । उनले शरीरलाई पाँच महाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) र त्रिदोष (वात, पित्त, कफ) को सन्तुलनको परिणाम मानेका छन् ।      चरक संहितामा त्रिदोष सिद्धान्तलाई शरीर विज्ञानको मेरुदण्ड मानिएको छ। चरकका अनुसार वात, पित्त र कफ शरीरका तीन प्रमुख नियामक शक्तिहरू हुन्, जसले शरीरका सबै शारीरिक र मानसिक क्रियाकलापहरूलाई नियन्त्रण गर्दछन् । यी दोषहरूको सन्तुलनलाई स्वास्थ्यको आधार मानिएको छ र असन्तुलनलाई रोगको कारण । “वायुः पित्तं कफश्चेति त्रयो दोषाः समासतः। विकृताः स्वास्थ्यं कुर्वन्ति, विकृतिमाप्नुवन्ति च ।”      अर्थात्, वात, पित्त र कफ यी तीन दोष संक्षेपमा हुन् । यी सामान्य अवस्थामा शरीरलाई स्वस्थ राख्छन्, र विकृत भएमा रोग उत्पन्न गर्छन् ।      यस श्लोकले स्पष्ट पार्छ कि चरकले दोषहरूलाई शरीरका क्रियात्मक इकाईहरूको रूपमा बुझेका थिए, जसले शरीरको सामान्य कार्यप्रणालीलाई कायम राख्दछन् ।      यसैगरी चरकले शरीरलाई सात धातुहरू (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र) को समुच्चय वस्तु मानेका छन् । यी धातुहरूले शरीरको संरचनात्मक र कार्यात्मक आधार बनाउँदछन्। चरकले धातुहरूको निर्माण, पोषण र क्षयको विस्तृत व्याख्या निम्नानुसार गरेका छन् । “रसो रक्तात्, रक्तं मांसान्, मांसं मेदसो, मेदोऽस्थिभ्यः, अस्थि मज्ज्ञो, मज्जा शुक्रात्, शुक्रं गर्भं च करोति ।”      अर्थात्, रसबाट रक्त बन्दछ, रक्तबाट मांस, मांसबाट मेद, मेदबाट अस्थि, अस्थिबाट मज्जा, मज्जाबाट शुक्र, र शुक्रबाट गर्भको निर्माण हुन्छ ।      यसरी चरक्ले धातुहरूको क्रमबद्ध पोषण (त्चबलकायचmबतष्यल) प्रक्रियालाई स्पष्ट पारेका छन्, जसलाई आयुर्वेदमा ’धातु पोषण न्याय’ भनिन्छ । यो आधुनिक शरीर विज्ञानको मेटाबोलिज्म (ःभतबदयष्किm) प्रक्रियासँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।      चरक संहितामा अङ्ग–प्रत्यङ्गहरूको विस्तृत वर्णन पनि पाइन्छ । यद्यपि चरकले आधुनिक एनाटमी (ब्लबतयmथ) जस्तो विच्छेदन (म्ष्ककभअतष्यल) गरेर अध्ययन नगरे पनि उनको वर्णन सूक्ष्म र वैज्ञानिक छ । उनले विभिन्न अङ्गहरूको स्थान, कार्य र तिनीहरूका सम्बन्धहरूको बारेमा यसरी व्याख्या गरेका छन् । “अस्थीनि पञ्च शतानि, द्वात्रिंशन्तः सन्धीनि, दशोत्तरे शते सिराः, सप्त शतानि धमनीरन्ध्राणि, दशोत्तरे शते स्नायुः ।”      अर्थात्, शरीरमा पाँच सय अस्थि, बत्तीस सन्धि (जोर्नी), एक सय दस सिरा (नसा), सात सय धमनीरन्ध्र (धमनीका मुख), र एक सय दस स्नायु (मांसपेशी) हुन्छन् ।      यद्यपि यी संख्याहरूमा केही भिन्नताहरू आधुनिक शरीर विज्ञानसँग देखिन सक्छन्, तर यो श्लोकले चरकको मानव शरीरको संरचनात्मक ज्ञानको गहिराईलाई दर्शाउँछ । उनले मानव शरीरका मुख्य अङ्गहरू र तिनका कार्यप्रणालीको सूक्ष्म अध्ययन गरेका थिए ।      चरक संहितामा मर्म स्थानहरूको बारेमा पनि विस्तृत वर्णन पाइन्छ । मर्म ती स्थानहरू हुन् जहाँ मांसपेशी, अस्थि, सिरा, स्नायु र सन्धिहरू एक साथ मिल्छन्, र यी स्थानहरूमा चोट लाग्दा गम्भीर परिणामहरू हुन सक्छन् । “मर्माण्युक्तानि सप्तोत्तरशतानि, तत्र सन्धिषु द्वाविंशतिः, शिरासु द्वादश, स्नायुषु चतुर्दश, अस्थिषु त्रयोदश, मांसपेशीषु पञ्चदश ।”      अर्थात्, एक सय सात मर्म स्थान भनिएका छन् । तिनीहरूमध्ये बाईस जोर्नीहरूमा, बाह्र सिराहरूमा, चौध स्नायुहरूमा, तेह्र अस्थिहरूमा, र पन्ध्र मांसपेशीहरूमा हुन्छन् ।      मर्म विज्ञानले शरीरका संवेदनशील बिन्दुहरूलाई बुझाउँछ, जसको ज्ञान शल्यक्रिया र चिकित्सा दुवैका लागि महत्त्वपूर्ण छ । यो ज्ञान आधुनिक एक्युप्रेसर र एक्युपङ्क्चरको अवधारणासँग पनि मेल खान्छ ।      यी माथि भनिएका बाहेक चरक संहितामा गर्भावस्था, भ्रूणको विकास र बाल स्वास्थ्यको बारेमा पनि विस्तृत वर्णन पाइन्छ । चरकले गर्भमा शिशुको क्रमिक विकासलाई विभिन्न महिनाहरूमा यसरी विभाजित गरेका छन् । “प्रथममासः कललम्, द्वितीयो घनः, तृतीयोऽङ्गमङ्गम्, चतुर्थोऽङ्गाङ्गविभागः, पञ्चमो धातुविभागः, षष्ठो बलवर्णौ, सप्तमो रोमकेश, अष्टमो तेजः, नवमो बलपुष्टिः ।”      अर्थात्, पहिलो महिनामा कलल (अण्ड र शुक्राणुको मिलन), दोस्रोमा घन (ठोस पिण्ड), तेस्रोमा अङ्ग–प्रत्यङ्गको निर्माण, चौथोमा अङ्ग–प्रत्यङ्गको विभाजन, पाँचौँमा धातुहरूको विभाजन, छैटौँमा बल र वर्ण, सातौँमा रौँ र कपाल, आठौँमा तेज, र नवौँमा बल र पुष्टिको विकास हुन्छ ।      यो वर्णनले गर्भमा हुने विकास प्रक्रियाको चरकको गहिरो बुझाईलाई दर्शाउँछ, जुन आधुनिक भ्रूण विज्ञानसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।      आचार्य चरकको ’चरक संहिता’ केवल एक चिकित्सा ग्रन्थ मात्र नभई एक विशाल ज्ञानको भण्डार हो, जसले शरीर विज्ञान, औषधिविज्ञान, निदान र उपचारका विभिन्न पक्षहरूलाई समेटेको छ । उहाँको शरीर विज्ञानको ज्ञान आजको आधुनिक विज्ञानको ज्ञान भन्दा गहिरो छ र आजका वैज्ञानिकहरुकालागि पनि प्रेरणाको स्रोत बनेको छ । दोष, धातु, मल, मर्म र गर्भावस्थाको विस्तृत वर्णनले चरकको सूक्ष्म अवलोकन र वैज्ञानिक दृष्टिकोणलाई प्रमाणित गर्छ । उनले मानव शरीरलाई एक समग्र इकाईको रूपमा बुझेर, शारीरिक र मानसिक स्वास्थ्यलाई एक अर्कासँग जोडेर अध्यायन गर्न सिकाएका छन् । चरक संहितामा उल्लेखित विषयहरुले चरकको ज्ञानको गहिराई र वैज्ञानिकतालाई सिद्ध गर्छ, र आज पनि आधुनिक चिकित्साका विद्यार्थी तथा चिकित्सकहरूका लागि यो ग्रन्थ एक अमूल्य निधि बनेको छ । यस्ता महान हाम्रा ऋषि वैज्ञानिक प्रति सतत नमन ।                              सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्