IMG-LOGO

कुलिङ्ग पिरियड राख्न देउसी नखेल

 मंगल, जेठ १४, २०८२  – भद्र शर्मा

        ‘मुख्य सचिव हुन कि ट्रेड युनियनको नेता ? जिन्दगीभर सरकारी जागिर खाएर पुगेन रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर यत्रो विधी घरदैलो नगरेको भए हुने । पेन्सनले नपुगेर भोकले मर्ने नै अवस्था हो भने रिटायर्ड भएको भोलिपल्ट सिंहदरबारको दक्षिण गेट आसपासमा मकै पोल्ने, चिया बेच्ने, कफी शप चलाउने देखि सुन्तला खेती गर्नेसम्मका अनेक विकल्प बाँकी छन्, महोदय । त्यति गर्दा आम मानिसले कसरी जीविकोपार्जन गरिरहेका छन भन्ने राम्रो अनुभव पनि हुन्छ ।         अन्यथा, उद्योग सचिवबाट रिटायर्ड भएको भोलिपल्ट निजी व्यापारिक घराना, गैरसरकारीको नोकर हुन जाने परम्परा दोहोरिरहन्छ । अवकाश पछि केही वर्ष जागिरको मेलोमेसो मिलाउने लोभमा सम्झौता गरेर अनुचित काम गर्ने लत लागिरहन्छ । जीवन धान्न नै नसिकने भए गो फण्डमा क्राउड फन्डिङको पहल गरौला सचिव महोदय । कुलिङ पिरियड हटाउन यो लाजमर्दो देउसी बन्द गर्नुहोस’ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्