नेपाल र अंग्रेजÞ बीच सन् १८१४ देखि १८१६ सम्म युद्ध भएको थियो । नेपालले अंग्रेजÞसंग दुई वर्ष सम्म चलेको युद्धमा हारेपछि एक तिहाइ भू– भाग गुमाउनु परेको थियो । त्यतिबेला भारतमा अङ्ग्रेज अर्थात ब्रीटिस साम्राज्यवादको शासन थियो । युद्ध हारेर नेपालले आफ्नो भूमि गुमाए पछि ब्रीटिससँग सन्धि भयो । त्यही सन्धिलाई सुगौली सन्धि भनिन्छ । त्यो सन्धि हामीले गुमाएको भू–भाग भारतको बिहारमा पर्ने सुगौली भन्ने ठाउँमा भएको थियो । जुन सन्धि सुगौली सन्धिका रूपमा इतिहासमा लेखिएको छ । सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियो । यसको पुष्टि भने ४ मार्च, १८१६ भएको थियो । अंग्रेज–नेपाल युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्स थिए । सन्धिमा नेपालले लडाइँमा जितेको भूमि छोड्नु पर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिस सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वञ्चित हुनुप¥यो । यसअघि नेपाली सेनालाई तालिम दिने काममा फ्रान्सका कमान्डरहरूलाई लगाइन्थ्यो । यस सन्धिमा नेपालले एकतिहाई भूभाग गुमाउनु प¥यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज–नेपाल युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ वर्तमान उत्तराखण्ड, गढवाल वर्तमान उत्तराखण्ड, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू, काँगडा वर्तमान हिमाञ्चल प्रदेश र तराई क्षेत्रका धेरै भागहरू छन् । तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो । सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगका निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६५ मा नेपाललाई फर्काइयो ,जसलाई नयाँ मुलुक (नयाँ नेपाल) भनिन्छ । नेपालमा प्रवेश पाउने ब्रिटिस प्रतिनिधि एडवार्ड गार्डनर नै प्रथम पश्चिमी प्रतिनिधि भए । उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ । यहाँ अहिले भारत र ब्रिटिसका दूतावासहरू छन् । सुगौली सन्धिलाई सच्याउने अर्को, सदाका निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर, १९२३ मा भयो, जसमा ब्रिटिस प्रतिनिधिलाई ब्रिटिस राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपालबीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो । त्यसलाई नेपाल भारतको १९५० को सन्धि भनिन्छ । सुगौली सन्धिअघि सुगौली सन्धि हुनुअघि दार्जीलिङ, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो । परन्तु, वर्तमानकालमा यी क्षेत्र भारतका भूभाग पर्दछन् । नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन । १. ब्रिटिश इस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा २ डिसेम्बर, १८१५ ग¥यो, जसमा लेफ्टिनेन्ट् कर्नेल प्यारिस ब्राडसाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिनभित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिँदै नेपाल पठाइयो । नेपाललाई ती शर्तहरू मञ्जुर थिएनन्, यसकारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन । त्यसपछि ब्रिटिस इस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिँजाउनुका साथै सेनाको हलचल गरायो । राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो । २. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे तर नेपाल बाध्य बन्यो यसका शर्तहरू मान्न । पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिविरमा गई ४ मार्च, १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे । ३. नेपालले १५ दिने म्यादलाई लत्याएर ९३औं दिनमा हस्ताक्षर ग¥यो, सन्धि सोही दिनदेखि लागू भएको बताइयो । सन्धिको वैधता १. सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनुपर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाणयुद्धविक्रमबाट यस्तो गरेको कुनै रेकर्ड देखिँदैन । २. ब्रिटिसलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यसकारण गभर्नर जनरल डेबिड अक्टरलोनीले ब्रिटिस सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिए । ३. सीमा विवाद ः सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकाले आज पनि विवाद कायम छ । सन्धिमा सीमारेखा स्पष्ट नभएकाले सीमांकन गर्न समस्या परिरहेछ । लगभग ६० हजार हेक्टर जमिनमा आज पनि विवाद छ । यी जमिनहरूमा दावी–प्रतिदावी, बहस आदि चलिरहेका छन् । परिणामस्वरूप नेपाल–भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छन् । यस्ता ५४ वटा क्षेत्रहरू छन् ; कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले, ठोरी आदि यस्ता क्षेत्र हुन् ।
