IMG-LOGO

आफ्नो लागि आफैंले सोचौं

 शुक्र, जेठ १०, २०८२  – सीमा आभास

          स–साना कुराहरू जस्तो लाग्ने तर, विशेष कुराहरू पनि हामी महिलाहरूले सिक्न बाँकी छ । पहिलो बच्चा बोक्नुपर्ने अवस्थामा मैले पनि जानेकी थिइनँ । मलाई कसैले सिकाएन पनि । किन सिकाएनन् भनेँ उनीहरूले पनि जानेका थिएनन् । कतै जानू प¥यो भनेँ साइड व्याग बोक्यो । अर्कोतिर बच्चा चेप्यो । अनि हातमा झोला, झोलामा बच्चाका पानीको बोतल, थाङ्ना(डाइपर) एकदुइजोर लुगा, अझ कसैकोमा जानू छ भनेँ कोसेली पनि हुन्छ । अनि मेकअप, गहना, जडीवाला सारी, अप्ठेरा चप्पल । यहाँको गर्मी । अझ कसैको त एउटा बच्चा चेपेको अर्को बच्चा आमाको कपडा समातेर झुण्डिरहेको हुन्छ । हातको झोलासँगै कसैले छाता पनि बोकिरहेका हुन्छन् । कति झण्झट छ ! कति हैरानी !       यो सबैको साटो हलुका टिसर्ट, पेन्ट, सजिला जुत्ता लगाउनु । बच्चा बोक्ने झोला हुनु । त्यहि झोलामा बच्चाका सामान अट्नु । बच्चाका आमाहरूले मेकअप गहना नगरी शरीरलाई आराम दिनु । कोसेली सोसेलीको झण्झट नगर्नु । यति मात्र गरे पनि शरीरमा दिमागमा आराम हुन्थ्यो होला हौ । घरपरिवारले पनि बच्चा भएकी महिलालाई सजिला लुगा, विना गहना, विना मेकअप हिँड्न दिनु । हामीले आफ्नो शरीर र आफ्नो दिमागलाई माया गर्नुपर्छ । खास गरि हामी महिलाहरूलाई त्याग, संस्कारी बन भनेर सिकाइन्छ । आफूलाई माया गर भनेर कसैले सिकाउँदैन । हामीले ससाना कुराको झण्झटलाई त्याग्यौँ भने पनि आफूलाई अलिक माया गर्न सकिन्छ  । आफूलाई र आफ्नो शरीरलाई पनि माया गर्न सिकौँ ! शरीर र दिमाग नथकाउने पोषाक लगाउनु पनि संस्कारी हुनु हो । मेकअप नगर्नु र गहना नलाउनु पनि फेसन हो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्