IMG-LOGO

प्रजनन विज्ञानका आविष्कारक ः महर्षि कपिल एवं महर्षि सुश्रुत

 मंगल, बैशाख ३०, २०८२  – माधव रेग्मी

       महर्षि कपिल ईशापूर्व छैठौँ शताब्दीका एक महान स्त्रीरोग विशेषज्ञ हुन् भने उनीभन्दा १०० वर्ष अगाडि अर्थात् ईसापूर्व सातौं शताब्दी का महर्षी सुश्रुतलाई चिकित्सा विज्ञानका जनक भनेर पनि चिनिन्छ। यी दुवै हाम्रो पूर्वीय सभ्यताका महान  दर्शनशास्त्री पनि हुन् ।      प्राचीन समयमा भारत र नेपाल मानवीय सभ्यता खोज र वैज्ञानिक प्रविधिका दृष्टिकोणले यो क्षेत्र अत्यन्त उर्वर भूमि थियो। हाम्रा ऋषिमुनिहरूले मानव शरीर विज्ञान र प्रजननको क्षेत्रमा सूक्ष्म अध्ययन र प्रविधिको उत्कृष्ट प्रयोग गरेका थिए । त्यस्ता प्रविधिहरूको बारेमा महर्षी सुश्रुतद्वारा लिपिबद्ध ग्रन्थ सुश्रुत संहितामा प्रशस्त उदाहरणहरु पढ्न पाइन्छ । यो ग्रन्थमा गर्भाधान प्रक्रिया, शुक्रकिटको मौलिक भूमिका जसका कारण गर्भमा रहेको भ्रुणको लैंगिक पहिचान जान्न सकिन्छ, आदि अवस्थाको बारेमा सूक्ष्म अध्ययन गर्न पाइन्छ । सुश्रुत संहिताको दोश्रो अध्यायको चौथो श्लोकमा भनिएको छ, सांजातं रेतः कुलायां प्राजायते गर्भोत्पादनम् । पुमान् स्त्री च यो गर्भे स्यात् स धर्मान् समानयेत् ।।      अर्थात्, रेत अर्थात् वीर्य र कुलायां अर्थात् अंडाणुको मिलनबाट, गर्भोत्पादनम्, भ्रुणको निर्माण हुन्छ । त्यसकारण गर्भाधानमा संलग्न हुने महिला र पुरुषले आफ्नो आफ्नो धर्म पालना गर्नुपर्दछ । सुश्रुत संहिताको यो श्लोकले मानव प्रजननको प्राचीन समझदारी अर्थात ज्ञानलाई संक्षेपमा प्रस्तुत गरेको छ । यसबाट यो पनि बुझ्न सकिन्छ कि गर्भधारणको प्रक्रियामा महिला र पुरुष दुवैको समान जिम्मेवारी छ । अब एउटा सानो चर्चा महर्षी वेदव्यासको बारेमा पनि गरौं, उनीद्वारा रचित श्रीमन्त भागवत मा पुराणका केही श्लोकहरु लिएर । महर्षी कपिलले अण्डकोषबाट भ्रूण र भ्रूणबाट एउटा बालकको विकास कसरी हुन्छ भन्ने बारेमा बताएका छन् । श्रीमद् भागवत (अध्याय ३१, श्लोक २)ः कललं त्वेक–रात्रेण पञ्च–रात्रेण बुद्बुदम् । दशाहेन तु कर्कण्धूः पेष्य् अण्डं वा ततः परम ।      अर्थात् पहिलो रातमा शुक्राणु र डिम्बको मिश्रण हुन्छ । पाँचौं रात्रीसम्ममा एउटा दलदल (बुद्बुदम्) परेको भ्रुणको रूपमा विकशित भइसकेको हुनेछ । दशौँ रात पुगेपछि भ्रुणले बयरको आकार जस्तो ग्रहण गरिसकेको हुनेछ । अनि त्यसपछि बिस्तारै बिस्तारै कोष (अभिि) हरू तन्तु (तष्ककगभ) मा परिवर्तन, तन्तुहरुको गठजोडबाट अंगहरुको निर्माण हुनेछ । त्यसै गरी श्रीमद्भागवत महापुराणको अर्को श्लोकका अनुसार, मासेन तु शिरो द्वाभ्यां बाह्वङ्घ्र्याद्यङ्गविग्रहः। नखलोमास्थिचर्माणि लिङ्गच्छिद्रोद्भवस्त्रिभिः।।      अर्थात् एक महिनामा शिर अर्थात् टाउकोको निर्माण हुन्छ, दुई महिनाको अन्तमा हात पाउ र अन्य उप अङ्गहरूको आकार निर्माण भइसकेको हुन्छ । तीन महिनाको अन्तसम्ममा त नङ हात गोडाका औंलाहरू शरीरमा रौँको उत्पत्ति हाड र मज्जा अर्थात् मासीको निर्माण भइसकेको हुनेछ । चौथो महिना लागेपछि प्रजनन अङ्गहरू बन्न सुरु गर्नेछ । साथसाथमा शरीर भित्रका अन्य अङ्ग प्रत्यङ्गहरू जस्तो नाक कान आँखा मुख छाती आदिको निर्माण हुनेछ । इशारा विवरणहरूलाई श्रीमद्भागवत महापुराणको निम्न श्लोक मा व्याख्या गरिएको छ । चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः । षड्भिर्जरायुणा वीतः कुक्षौ भ्राम्यति दक्षिणे ।।      अर्थात् गर्भाधान भएको दिनदेखि चार महिनाभित्र शरीरका साथ मूलभूत तत्त्वहरू को निर्माण भएको हुन्छ । पित्त, रक्त, ऊतक, बोसो, हड्डी, मज्जा र वीर्य अस्तित्वमा आउँदछ । पाँच महिनाको अन्तसम्म मा भ्रूणले भोक प्यासको महसुस गर्नेछ र आमाको पेटबाट साल नालमा बेरिएर पौष्टिक खानेकुरा ग्रहण गर्न सुरु गर्नेछ । छ महिनाको अन्तिम समयतिर पेटभित्र सानो मानव शरीरको निर्माण भइसकेको हुन्छ र आमाको पेटको दाहिनेपट्टि बच्चाको धड्कन सुरु हुन थाल्दछ ।      यसरी सुश्रुत संहिता र श्रीमद्भागवत महापुराणमा उल्लेख भए अनुसार मानव प्रजननमा शुक्राणुको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई दर्शाएको छ । यसले गर्भधारणमा प्राचीन अंतर्दृष्टि र समकालीन वैज्ञानिक ज्ञानलाई प्रतिध्वनित गरिदिएको छ । ३ सबैको जयहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्