सार्वजनिक यातायातमा पकेटमाराहरुको बिगबिगी सुनेको थिएँ तर आज आफैले भोगे ! अन्यले यो स्थिति भोग्न नपरोस् भन्नका लागि यो पोस्ट गरेको हुँ । आज एन्फाको साधारण सभामा सहभागी भएर फर्किने क्रममा निजी गाडी पार्किङ अव्यवस्थित भएको कारण धुलिखेल काठमाण्डौ चल्ने सार्वजनिक सवारी साधन मार्फत दिनको ११ः३० बजे तिर धुलिखेलबाट बनेपा आउँदै गर्दा मेरो गोजीमा रहेको अन्दाजी ५३०००÷ अक्षरमा त्रिपन्न हजार रुपैया चलाख पकेटमाराको समूहले चोर्न सफल भएको छ । धुलखेलबाट गाडी हिँडेको केही समयमा बाँसघारी देखि २८ किलो आसपासबाट केहि समूहमा अन्दाजी एउटै उमेरका ५,७ जना युवाहरु चढेको र ती युवाहरुको गतिविधि ठीक थिएन उनीहरू यात्रुहरुलाई ठेलठाल गर्ने र ठूला ठूला स्वर गरेर डिस्टर्ब गरिरहेका थिए । त्यतिकैमा उनीहरू मध्यकै कालो मास्क लगाएका एकजना व्यक्ती म बसिरहेको सिटको खाली भागमा बस्न आए, झ्यालको सीट भन्दा विपरीत सीटमा बसेपनि अलिक घिनलाग्दो तरिकाले च्यापेर झ्याल खोल्नु प¥यो भन्दै बारम्बार खोक्दै गरेकोले म उठेर सिट छोडेको थिएँ मलाई लाग्छ त्यो समूहले त्यही बेला मेरो पकेट चट गरेको हुनुपर्छ । मैले आज धेरै पछि सार्वजनिक यातायातमा सवारी गर्दा नराम्रो सजाय पाए तर सधैं सार्वजनिक यतायात गर्नेहरुलाई यस्ता फटाहाहरुले कति दुःख दिएका होलान ? कतिको बिजोक बनाएका होलान ? त्यसैले यातायात व्यवसायि र सम्बन्धित निकायको यो विषयमा ध्यान जाओस् साथै प्रहरी प्रसासनले पनि यस्ता गतिविधि रोक्न समय समयमा चेक जाँच गर्नुपर्ने देखिन्छ ।
