IMG-LOGO

सदाझै तिहारहरुमा

 मंगल, चैत ३, २०७७  रक्तिम लामा

मेरि बहिनी छ र भाइटिकाको शुभसाइतको सबेरै उठेर  जुनिको हातबाट एक घुट्को पानी पिएर भाइटिका मनाउने मेरो सपना ढलेको छ  सपनाहरु अधिक थियो  बहिनिको जिन्दगीलाई हराभरा बनाइरहने मेरो प्रतिबद्धता  सधै चेलीको सिन्दुर चम्किरहोस भन्ने मेरा आशीर्वाद  खै अचेल निस्प्राण भएको छ  आशीर्वाद बेकाम भएको छ  मूल्य हरायो  मर्म हरायो  किनकी जुनुहरु मारिन्छन जब जुनुहरु मर्छन  जुनुसङ्गै मेरा “दाइ“ या माइतीको परिचयहरु पनि मरिन्छन  औशिमा कहिले “ बा को मुख हेर्ने“ बहानामा  र कहिले “आमाको मुख हेर्ने“ बहानामा  माइति सम्झेर जन्मघर आइरहने प्रिय जुनि अब रहेन  सदाझै बाल्यकालका यादहरु पस्केर  लुकामारी खेल्दा झेली गरेर  दाइ ! म यहि भकारीभित्र भएको कसैलाइ नभन्नु भन्ने बाल आग्रह  अब सुनिरहनु परेन  चुङ्ङी खेल्दा गन्तिमा तलमाथी गरेर जितेको घोषणा गर्ने  जुनुको चन्चलता अब देखिरहनु परेन  वन पाखा र मेलापातमा जादा  गुन्जिरहने गुनगुनाइ अब गुन्जिरहनु परेन  यहाँ जुनुहरु मारिन्छन  मेरा शिरमा पहिरिएको ढाका टोपी फुत्त फुस्काएर  आफ्नो शिरमा राखेर  दाइ मलाई कस्तो देख्छ ? भन्ने जुनुको प्रश्नको उत्तर  अब सधै दिइरहनु परेन  दिउसै –  थिचेर , कुल्चिएर, ठोकाएर र  अल्पायुमै  जब जुनुहरु मारिन्छन सडकमा  जिउदाहरु  चुपचाप हुन्छन  देखेझै नदेखेझै गर्छन  र न्यायहरु पनि सङ्गै मर्छन  न्याय हराएको पल  मानवता सकिएको पल  जुनुहरु मारिन्छन । ( २०७६ चैत्र ३ पनौती बसपार्कमा टिपरको ठक्करबाट मृत्यु भएकि प्रिय बहिनी जुनुमाया गोलेको सम्झनामा )    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्