मेरि बहिनी छ र भाइटिकाको शुभसाइतको सबेरै उठेर जुनिको हातबाट एक घुट्को पानी पिएर भाइटिका मनाउने मेरो सपना ढलेको छ सपनाहरु अधिक थियो बहिनिको जिन्दगीलाई हराभरा बनाइरहने मेरो प्रतिबद्धता सधै चेलीको सिन्दुर चम्किरहोस भन्ने मेरा आशीर्वाद खै अचेल निस्प्राण भएको छ आशीर्वाद बेकाम भएको छ मूल्य हरायो मर्म हरायो किनकी जुनुहरु मारिन्छन जब जुनुहरु मर्छन जुनुसङ्गै मेरा “दाइ“ या माइतीको परिचयहरु पनि मरिन्छन औशिमा कहिले “ बा को मुख हेर्ने“ बहानामा र कहिले “आमाको मुख हेर्ने“ बहानामा माइति सम्झेर जन्मघर आइरहने प्रिय जुनि अब रहेन सदाझै बाल्यकालका यादहरु पस्केर लुकामारी खेल्दा झेली गरेर दाइ ! म यहि भकारीभित्र भएको कसैलाइ नभन्नु भन्ने बाल आग्रह अब सुनिरहनु परेन चुङ्ङी खेल्दा गन्तिमा तलमाथी गरेर जितेको घोषणा गर्ने जुनुको चन्चलता अब देखिरहनु परेन वन पाखा र मेलापातमा जादा गुन्जिरहने गुनगुनाइ अब गुन्जिरहनु परेन यहाँ जुनुहरु मारिन्छन मेरा शिरमा पहिरिएको ढाका टोपी फुत्त फुस्काएर आफ्नो शिरमा राखेर दाइ मलाई कस्तो देख्छ ? भन्ने जुनुको प्रश्नको उत्तर अब सधै दिइरहनु परेन दिउसै – थिचेर , कुल्चिएर, ठोकाएर र अल्पायुमै जब जुनुहरु मारिन्छन सडकमा जिउदाहरु चुपचाप हुन्छन देखेझै नदेखेझै गर्छन र न्यायहरु पनि सङ्गै मर्छन न्याय हराएको पल मानवता सकिएको पल जुनुहरु मारिन्छन । ( २०७६ चैत्र ३ पनौती बसपार्कमा टिपरको ठक्करबाट मृत्यु भएकि प्रिय बहिनी जुनुमाया गोलेको सम्झनामा )
