वार्षिक रुपमा मनाउँदै परंपरागत चलाउँदै र चल्दै आएको बनेपा चण्डेस्वरी माईको स्थानीय जात्रा यस वर्ष २०८२ साल बैसाख शुक्ल चण्डी पूर्णीमाका दिन देखि २९ गते र ३० गते हुँदैछ । यो जात्राको कथा कहानी चण्डासुर दानव राजाले जलेस्वर महादेबको घोर तपस्या गरि वरदान प्रप्त गरे । वर माग्दा कुनै पुरुषले मार्न नसकुन भनि वर मागे, शिवबाट तथास्तु भनि वरदान दिई अन्तरध्यान भए । चण्डासुरले तपस्या गरेको उग्रोस्वर महादेव कहाँ भन्ने पनि छ । चाहे जहाँ तपस्या गरे पनि वरदान प्रप्त गरि शक्तिशालि भए । वर प्रप्त गरेको अहम घमण्डको कारण देवगण, मानवलाई दुःख कष्ट दिए । दुःख कष्ट भोगेका देव, मानवहरुले देविको आरधना स्तुति गान गरि देवि खुशी भई दुःख कष्टबाट मुक्त हुने आस्वासन देविबाट दिईन देवि एक मोहनि रुपमा कुमारी भई बसिरहेको एक दानव दुतले देखे । सो देखेको बारे चण्डासुरलाई खबर पु¥याए । चण्डासुरले खबर पाएर देवि कुमारीलाई आफने रानी बनाउन फकाउने फुल्याउने तर्फ लागे । तर देविले दानवको कुरा नमान्दा लडाई गर्ने जस्तो अवस्था भयो । निहुँ कारण बिना चण्डासुरलाई मार्न नमिल्ने हुँदा चण्डासुरले लड्न लागेको लडाईबाट भागी चण्डेस्वरी रक्तचन्दन वनमा पंक्षिको रुप लिई लुकेको कुरा एक दानव दुतवाट खबर पाए सोही खबरलाई आधार मानि वनमा गई एक चाँपको रुखमा यही रुखमा लुकेको होला भनि रुख काटे सोही रुखवाट देवि प्रकट भई चण्डासुरसँग लडाई लडि चण्डासुरको वध गरिन् । चण्डासुरको वध गरेको हुनालेनै देविको नाम चण्डेस्वरी गएको हो भन्ने भनाई पनि छ । दुख कष्टवाट मूक्त पाएर खुसीयालीमा विहानदेखि दिपावली मतःपूजा गरेको पनि भनाई छ । जलेस्वरीमा तपस्या गरेर प्रप्त गरेको वरको सन्धर्वलाई लिएर जलेस्वर एक तपोभूमि रहेको पनि भनाई छ । अतः मतःपूजा बानेपा देखि सुरु भई चण्डेस्वरी देखि मन्दिर परिक्रमा गरि जलेस्वरीमा पुगी समापन हुन्छ । यस जलेस्वरीमा नुँहाउदा गर्भ पतन भएका हरुले पुन गर्भ रहँदा सफल हुने गर्दछ । त्यसैले जलेस्वरीमा चण्डीपूर्निमाको दिनभर नै नुहाउनेको भिड लाग्दछ । यस दिन बनेपामा वुद्व जयन्ती जात्रा हुने गर्दछ । दिउसो बनेपाको ३ धारा ज्वालीमा जात्राको रुप बनाई अपरान्ह तिर आजा पुजाका विधी पश्चात जात्रा सरु हुन्छ । जात्राको सुरुमा रथमा देवता हुँदैनन् । त्यसैले रथलाई प्वाँख भनिन्छ । रथ रित्तो देवता विनाको हुन्छ । रथको अगाडि पछाडि लगभग १०० जनाको जन समूहले काँधमा बोकी जात्रा गरिन्छ । रथ चण्डेस्वरी पुगेपछि रथमा विधि अनुसार माई भगवती चण्डेस्वरीको विराजमान गराईन्छ । भोली बाजागाजा साथ बनेपा तर्फ जात्रा चलाईन्छ । भैरव कुण्डमा देविलाई स्नान गराईन्छ । बनेपा बजार भित्रिना साथ लशकुस पूजा हन्छ । देवि चण्डेस्वरीको अनुहार अनावरण दुधे बालकवाट गराईन्छ । बनेपा बजारभर जात्रा हुन्छ । श्रद्वालु व्यक्तिहरुबाट रथ बोक्ने हरुलाई चिसो पिय पदार्थ, फलफुल खुवाउने हुन्छ । लायकुमा पुगी रथ फर्काईन्छ । कलंदान गरीन्छ । कलंदानमा तकपुजाको १२ वटा कालोवोकाको वली दिएको मासु छरिन्छ । त्यसपछि देवतालाई चण्डेस्वरी पुर्याई धो क्षःमा राखी जात्रा समाप्त हुन्छ । भोली दिन भरी देवीलाई जात्राको खुशीयालीमा सगुन पुजा हुन्छ । उक्त पुजालाई द्यो सगं पुजा भनिन्छ । सगुन पूजा गरि भोज पनि खाईन्छ । यसरी बनेपा चण्डेस्वरीको रथ जात्रा समापन हुन्छ । जात्रामा पहिले घोकेचउरको बिचमा भएकै पाटीमा साँ खती खुवईन्थो त्यस्तै घोकेचउर भन्दा केहि पर पूर्व फर्केको दुुगे धारा अझ पनि यथावत नै छ । त्यहाँपनि एउटा पानी थिए । त्यहाँ साँखती खुवाउने गरेको सम्झना आउछ । द्योकेचउरको साँखती खुवाउने पानी अगाडि एउटा सानो रथ राखिएको हुन्थो । त्यस रथमा केटाकेटीहरु बसी कसैले बोकेर खेलेको सम्झना छ । उक्त सानो रथमा लामा देवता राखिएको भनिन्थो तर भूषण मद्यिकर्मीकौ भनाई अनुसार उक्त रथ ईन्द«पणी देविको जात्रा गर्ने रथ भन्ने बुझिन्थो । यसरी हाम्रो बनेपामा परंपरागत गर्दै आएका तर हाल नभएका लोप भईसकेका वारेमा सम्बन्द्यित अद्यिकार निकाय वाट निग्रानी खाजिनिति हुनु पर्ने हो ।
