IMG-LOGO

शून्यको आविष्कार

 मंगल, बैशाख २३, २०८२  --

  – गनेस पौडेल     सन् ४७८ ईस्वी अर्थात गुप्तकालको बेला भारतको पटनामा जन्मेका थिए महान गणितज्ञ आर्यभट । उनले दैवी व्याख्या अनुसारले होइन पृथ्वी र चन्द्रमाको छाँयाको कारणले सूर्यग्रहण र चन्द्रग्रहण हुन्छ भनेर प्रमाणित गरेका थिए । युरोपेली कोपरनिकसले भन्दा सयौँ वर्ष पहिलेको घटना हो यो ।     आर्यभटले नै हो पाई (π) को मान सधैँ एउटै अर्थात् ३.१४१६० हुन्छ भनेर पत्ता लगाएको पनि । उनलाई त्रिकोणमितिका जन्मदाता मानिन्छ जसले क्ष्लभ ागलअतष्यल (जसलाई उनले अर्ध(ज्या भनेका थिए) को पहिलोपटक प्रयोग गरेका थिए ।     दशमलव स्थानमान प्रणाली ९उबिअभ खबगिभ कथकतझ० लाई पहिलो पटक प्रयोग गरेका गणित, खगोलशास्त्र, त्रिकोणमितिका महान विद्वान उनै आर्यभटले शून्यको अवधारणा ल्याएका थिए जसलाई पछि अर्का भारतीय विद्वान ब्रह्मगुप्तले गणितीय हिसाबमा प्रयोग गरेका थिए ।     भनिन्छ एकदिन आर्यभटले आफूलाई कठिन घडी र संकटको बेलामा साथ दिएका साथीभाइ र ईष्टमित्र को–को रहेछन् भनेर गणना गरिरहेका थिए । त्यही दिन उनलाई शून्यको अवधारणा आविष्कार भएको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्