IMG-LOGO

परिक्रमाको सिद्धांत आविष्कारक ः आर्यभट्ट

 मंगल, बैशाख १६, २०८२  माधव रेग्मी बेलायत

          पृथ्वीले १६ पृथ्वीकक्ष आफ्नो कक्षमा परिक्रमा गर्ने सिद्धान्तको आविष्कार आज भन्दा करिब साढे दुई हजार वर्षअघि नै ईशपूर्व ५०० मा भइसकेको थियो । यस्तो आविष्कार गर्ने भारतीय उपमहाद्वीप भित्र जन्मिएका हाम्रा वैज्ञानिक ऋषि आर्यभट्ट थिए । यो सम्बन्धी सिद्धान्त उनको ग्रन्थ ‘आर्यभटिय’ मा उल्लेख गरिएको छ । कति पाठकलाई अचम्म लाग्न सक्छ हाम्रा ऋषि वैज्ञानिकहरू ले पनि यस्ता अनुसन्धान गरेका थिए भनेर सुन्दा र पढ्दा । हो यी र यस्ता सिद्धान्तहरूको प्रतिपादन हाम्रा ऋषिमुनिहरुले हाम्रै भूमिमा हजारौं वर्षअघि गरिसकेका थिए । यस्ता ग्रन्थहरू को अध्ययन गरेपछि हामीलाई थाहा हुन्छ कि हाम्रो भूमि बौद्धिक परम्परामा कति धनी रहेछ भनेर ।         आर्यभटीय ग्रन्थमा विशेष गरेर पृथ्वीले आफ्नो कक्ष वरिपरि परिक्रमा गर्ने विभिन्न समयको गणना र त्यो सम्बन्धी विवरण लाई निकै मसिनो तरिकाले विश्लेषण गरिएको छ । आर्यभटिय ग्रन्थमा उल्लेखित तलको श्लोकले पृथ्वीले कसरी आफ्नो कक्षको वरिपरि घुम्दै सूर्यलाई पनि परिक्रमा गर्छिन् भनेर बताइएको छ । ”पृथिव्यामधस्ताद्वृत्तः स्वयं ध्रुवमिवाचलः। यः स्वयं सूर्यमन्विष्टं तं ज्ञात्वा सचरं स्थितम् ।“         अर्थात् ध्रुवतारा जस्तै पृथ्वी पनि आफ्नै कक्षको वरिपरि घुम्छिन् र सँगसँगै सूर्यलाई पनि परिक्रमा गर्छिन् । आर्यभटीय ग्रन्थको यो श्लोकमा आर्यभट्टले पृथ्वीको गतिको बारेमा वर्णन गरेका छन् । उनले पृथ्वी आफ्नो कक्षको वरिपरि घुम्ने र स्थिर हुने तुलना उत्तरी आकाशमा देखिने ध्रुवतारासँग गरेका छन् । धुर्वतारासँगको तुलनाले यो पनि थाहा हुन्छ कि पृथ्वी स्थिर रूपमा आफ्नो गतिमा आफ्नो कक्षमा घुम्दै सूर्यलाई पनि परिक्रमा गरिराखेकी हुन्छिन् । यसरी सूर्यलाई केन्द्र मानेर सूर्यको वरिपरि पृथ्वीले परिक्रमा गर्छिन् भन्ने जानकारी उक्त श्लोकमार्फत सदियौं पहिले दिइसकिएको थियो ।         यसबाट यो प्रमाणित हुन्छ कि प्राचीन समयमा हाम्रा पूर्वीय दर्शनहरूमा आधुनिक भनिएको विज्ञानका हरेक सन्दर्भहरूको खोजि नीति भइसकेको रहेछ। हाम्रा पूर्वजहरूले पृथ्वी गोलो छ । पृथ्वीले आफ्नो कक्षमा परिक्रमा गर्छिन् र साथसाथमा सूर्यलाई पनि परिक्रमा गर्छिन् भन्ने जानकारी हजारौँ वर्ष पहिले दिइसकेका रहेछन् । आर्य भट्टद्वारा उद्दरित उक्त सिद्धान्त लाई आधुनिक समयमा पुनर्जीवित गरिएको हो भन्न सकिन्छ । यस्तो पुनर्जीवित गर्ने श्रेय भने एक पश्चिमी वैज्ञानिक कपरनिकसलाई जान्छ । यद्यपि प्रारम्भिक खगोलीय ज्ञानमा हामी र हाम्रा प्राचीन ऋषिमुनिहरू कति विज्ञ रहेछन् भन्ने कुरा जान्नका लागि हाम्रा प्राचीन ग्रन्थहरूको अध्ययन भने गर्नैपर्ने हुन्छ, अध्ययन नगरिकन भन्न सकिँदैन ।         आधुनिक विज्ञानमा भने पृथ्वीको कक्ष वरिपरि पृथ्वी घुम्छिन् भन्ने जानकारी दिने व्यक्ति पश्चिमा वैज्ञानिक निकोलस कपरनिकस (१४७३–१५४३) हुन् । पृथ्वी सूर्य र अन्य खगोलीय पिण्डहरूको अध्ययन एक वैश्विक वैज्ञानिक प्रयास हो जसमा विभिन्न भूगोलका वैज्ञानिक एवं अनुसन्धानकर्ताहरूको भूमिका भने रहेको हुन्छ । यस्तै भूमिका कपरनिकसले पनि निभाएका हुन् । अब हामीलाई आधुनिक विज्ञानमा पृथ्वी जस्ता खगोलीय पिण्डहरूको गति र अवस्थितिको वर्णन र ज्ञान हाम्रा प्राचीन ऋषि वैज्ञानिकहरूले नै दिएका थिए भनेर भन्नमा कुनै हिच्किचाहट हुने छैन । आर्याभट्टीय जस्ता ग्रन्थहरूको अध्ययन गरेपछि यो सम्बन्धी महत्वपूर्ण जानकारी हामीलाई प्राप्त हुन्छ । सोही ग्रन्थमा प्रकाशको गति अन्य ग्रहहरू र सूर्यको बीचको दूरी अवस्थिति र तिनले खगोलीय पिण्डहरूमा पार्ने प्रभाव को बारेमा समेत व्याख्या गरिएको छ । ३ सबैको जयहोस् ।     रेयूकाई अस्पतालका संस्थापक संरक्षक युसुनको शालिक बनेपा रेयूकाई एईको मासुनागा आँखा अस्पतालले बनेपाले अस्पतालका संस्थापक संरक्षक युुुसुन मासुनागाको शालिक अनावरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अस्पतालका संरक्षक हिरोको मासुनागा रेयूकाई जापान ८ औं शाखाका बोर्ड अफ डारेक्टर तोमोचुगु मासुनागा र मासारु मियाचीटो अस्पतालको पहिल्लो अवस्था सेवा प्रवाहको बारेमा अनुगमन गरेको थियो । अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जापानका प्रतिनिधिहरु र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकामा स्थापना गरिएको अस्पतालले सेवाग्राहीलाई विभिन्न जिल्लामा आँखा सम्वन्धी स्वास्थ्य सेवा उपलब्ध गराउन सकेकोमा धन्यवाद दिदै बनेपा नगरबासिहरुलाई आँखा सम्वन्धी सबै खाले समस्याको पहिचान, उपचार सेवा प्रदान गरेको बताउँदै अस्पतालले स्रहानीय कार्य गरेको बताउनु भयो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने कार्यक्रममा अस्पतालका कोषाध्यक्ष दिनेश कायश्थ, अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्मा, सहसचिव धर्मभक्त प्रधान, कर्मचारी प्रगती थापा लगायतले अस्पतालले यो अवधीमा पु¥याएको सेवाका बारेमा चर्चा गर्नुभएको थियो । सन् २००७ सालमा स्थापना भएको अस्पतालले २०२४को अन्त्य सम्ममा ११ लाख भन्दा धेरै नागरिकहरुलाई ओपिडी सेवा उपलब्ध गराएको कुरा अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्माले जानकारी दिनुभयो । ६ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा जिल्लाको भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुर ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको अस्पतालले बनेपामा मात्रै एकै दिन ओपिडी सेवा ४ सयलाई उपलब्ध गराउँदै आएको छ । आँखामा जलविन्दु, मोतिविन्दु लगायतका समस्या पहिचान गरेर उपचार गर्दै आएको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्