न कहिल्यै चिटीच्याट्ट परे, झुत्रे झाम्रे पनि होइनन् । न कनी कनी वेदुका ऋचा भट्याए, न लाउकेहरु नै अघिपछि लगाए । कृतिम व्यक्तित्व निर्माणमा उनको रुचि रहेन । उनी छुट्टै सिंहासनमा भन्दा लहरै साभिहरुसँग उस्तै कुर्सीमा बस्न रुचाउँथे । लक्कनछप्पन गरेनन । दाउपेच पनि गरेनन् । विजातीुसँग लसपस गरेनन् । आफ्ना विश्वासमा जीवन भर लागी परे । गज्जव थिए उनी । नातागोता ?! अरुले लाभ उठाए हुनन्, आफ्नैलाई भने छेउ पर्न दिएनन् – बढीमा एकाध दर्जनलाई पनि थाहा होला नहोला उनका छोरा छोरीको नाम । पछि एमालेका अध्यक्ष हुँदा विधानतः‘डिजुरे’ (आलाङ्कारिक) प्रमुख थिए तर व्यवहारतः सामाजिक प्रभावले गर्दा ‘डि फ्याक्टो’ (वास्तविक) प्रमुख बने । उनको जीवनका केही झाँकी कस्ता रमाईला छन् ! सादगीपन २०३२ सालमा हिमालयश्वरानन्द बैद्यको सगरमाथा पुस्तक पसल बिराटनगगरमा मैले मनमोहनजीलाई पहिलो पटक देखेको हुँ । त्यत्रो नेता त्यति साधारण लिवाजमा बिना कुनै राजषी ठाँटबाँट – आजको जस्तो कुनै ‘सुरक्षा गार्ड’ छैनन् । बैद्य र उनी समसामयिक राजनीतिमा कुरा गरी रहेका छन् । पेकिंग रिभ्युका पाना पल्टाउदै यो सब निहाली रहेको छु म । ०३६ साल पछि काठमाण्डौ आउनु हुँदा मनमोहन जी पाटन च्यासलमा बस्ने, सिद्धिलालजीले डेराको बन्दोबस्त गरी दिएका । एक दिन भेट्न म पुग्दा मनमोहन जी एक्लै खाना पकाउदै थिए । हिटरमा भात पाक्दै थियो, हामी गफ गरी रह्यौं, सँगै उनी आलुका चाना पार्दै थिए । धैर्यता नेकपा (एमालेको)को छैटौं महाधिवेशन संघारमा थियो । दुई समुहमा विचारको तातो बहस चलिरहेको थियो । बिराटनगगरमा कार्यकर्ता भेला थियो । भेलामा बामदेव जीले आफ्ना विचार प्रस्तुत गरे – ४ घण्टा लगातार, रोस्ट्रममा बसेर मनमोहन जी यो सब सुनिरहेका थिए । कहीं कत्तै हलचल न गरी । झ्वाँक भेला समापन पछि बाहिर निस्कदै गर्दा अनायास मनमोहन जीको बोली फुट्यो, ‘यस्तो पनि भाषण हुन्छ ?!’ मिशनमा प्राथमिकता उ बेला मनमोहन जी विपक्षी दलको नेता । महाराजगंजमा निवास थियो । म भेट्न पुगेको थिए । कुरैकुरामा उनले भने, ‘हेर्नुहोस् मेरो पनि यी साथिहरूसंगको संगत छोटो हो, भएका साथिहरुमा सीपीमा वैचारिक सुझबुझ अलिक राम्रो छ, तर उनी यति आत्म केन्द्रित भए कि त्यसले उनी स्वयं र पार्टीलाई घाटा गरी रहेको छ ।’ बाहिरका पनि उनलाई सरल, व्यवहारिक र ‘पार्टीका सर्वधिक लोकप्रिय नेताु मान्दथे ९त्जभ न्गबचमष्बल० । आज उनी ‘स्मृतिमा अमर रहेका छन्’ कसरी यो सब भयो ? उनी आफ्नो ताज सुम्सिम्याउनु भन्दा विचार र मिसनमा निष्ठावान थिए, स्वच्छ थिए र सरल थिए । उनले विधिको अनुसरण गरे र सामुहिकताको धर्म निर्वाह गरे । थिए त विचारसँग संगति राख्ने डिक्लास्ड नेता । उनी नेपाली कम्युनिष्ट आन्दोलनमा हुर्केको अत्यन्त शालिन, सरल, प्रतिवद्ध र बडो भलादमी नेता हुन्, यसैले हो, विपक्षी हुन या चाकरी नरुचाउनेहरु पनि उनका सामुन्ने भने शिर झुकाउन सहज मान्ने । यस्ता थिए हाम्रा मनमोहन – हामी सबैका मनमोहन । श्रद्धा सुमन !
