IMG-LOGO

गुरुत्वाकर्षण बल र महर्षि कणाद

 मंगल, बैशाख ९, २०८२  – माधव रेग्मी

     हामीहरूमध्ये धेरैले नाम सुनेका छौं, सर आइजक न्युटनको । उनी सत्रौँ शताब्दीमा जन्मिएका गुरुत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाउने एक अङ्ग्रेजी वैज्ञानिक थिए भनेर पढ्ने गरेका हौँ । विद्यालय शिक्षामा सिकेको गुरुत्वाकर्षणको परिभाषा अनुसार दुई वस्तुहरूको बीचको आकर्षण शक्ति भन्ने बुझिन्छ अर्थात् न्युटनको अनुसार कुनै पनि वस्तु पृथ्वीमा गुरुत्वाकर्षणले गर्दा झर्दछ भन्ने हो । अथवा आकाशीय पिण्डहरू आ–आफ्ना कक्षमा निरन्तर सदियौंदेखि घुमिरहेका छन् किनभने उनीहरूको बीचमा गुरुत्वाकर्षण शक्ति छ । हामीलाई सिकाइएको न्युटनले पत्ता लगाएको भनिएको विद्या यही नै थियो । यही ज्ञानलाई न्युटनले गणितीय सूत्रमा पनि ढालेका थिए । जसअनुसार ब्रह्मांडमा भएका पिण्डहरू एकअर्काको बीचमा आफूसँगको द्रव्यमानलाई गुणा गर्दा जति गुणनफल आउँछ त्योसँग अनुपातिक हुन्छ र ती दुई पिण्डका बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ ९न्.ःmरम्द्द० ।      तर गुरुत्वाकर्षण शक्तिका वास्तविक आविष्कारक महर्षि कणाद थिए । यिनलाई परमाणु सिद्धांतका जनक पनि भनिन्छ । आज भन्दा २६०० वर्ष अर्थात् ईशापूर्व छैठौं शताब्दीका महर्षि कणाद हिमवत्खण्डमा महर्षी कश्यपका नामले पनि चिनिन्थे, यीनै महर्षि वैज्ञानिकले परमाणुको सिद्धान्त प्रतिपादन गरेका थिए । उनैले भनेका थिए कि परमाणुमा अन्तर्निहित पदार्थको कारणले नै अर्को वस्तुलाई आन्फुतिर आकर्षण गर्ने शक्ति रहेको हुन्छ । यो नै त्यस्तो शक्ति हो जसले यो पुरै ब्रह्माण्डलाई एकाकार बनाएर राख्न सक्षम भएको छ । यस्तो शक्ति जसलाई गुरुत्वाकर्षण भनियो को खोजि महर्षी कणादले सर आइजैक न्यूटनले भन्दा सदियौं अघि गरिसकेका थिए । जसको  प्रमाण वैशेषिक सूत्र, अध्याय ५ मा पाइन्छ ।      “परमाणुरुपस्य शक्तिः कार्यकारण भवत् ।” अर्थात् परमाणुको शक्ति नै  वस्तुहरुको अस्तित्व र क्रियाको कारण हो ।  श्लोकको भनाइको तात्पर्य परमाणुमा अंतर्निहित शक्ति, वस्तुहरुको अस्तित्व र बस्तुहरुद्वारा हुने विभिन्न कामकाजका लागि जिम्मेवार हुन्छ । यसरी नै वैशेषिक सूत्रको अध्याय ५ मै भएको अर्को प्रमाण “गुरुत्वात् पतनम् नोदन–विशेषाभावात् न ऊध्र्वम् न तिर्यग्–गमनम् ।”      अर्थात् कुनै वस्तुमाथि यदि कुनै प्रकारको धक्का नहुने हो भने त्यो वस्तु आँफुमा अंतर्निहित द्रव्यमानका कारण जुन अवस्थामा छ त्यही अवस्थामा नै रहन्छ । यो कथन न्यूटन को दोश्रो नियम भनिएकोसंग ठ्याक्कै मेल खान्छ । यही सिद्धान्तका आधारमा नै हो भन्न सकिएको कि एउटा फलामको डल्लो र चराको प्वाँख हावाको अवरोधलाई नगन्य मान्य हो भने पृथ्वीभन्दा निश्चित दुरीबाट भुइँतिर खसाउँदा एउटै समयमा भुइँमा खस्दछ ।      यस्ता तथ्यहरूबाट प्रमाणित हुन्छ कि आधुनिक र प्राचीन अवधारणाका बीच समान संबंध रहेछ । महर्षि कणादले गुरुत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाएका रहेछन् । परमाणुको अवधारणा, परमाणुमा अंतर्निहित शक्तिको प्रारंभिक व्याख्या त महर्षि कणादले बुद्धकालीन समय भन्दा पहिले नै गरिसकेका रहेछन् । महर्षी कणाद कै परिभाषा र व्याख्यालाई पछि आधुनिक भनिएको विज्ञानले पछ्याएको मात्र रहेछ भनेर भन्दा अत्युक्ति नहोला । पदार्थमा अंतर्निहित यही शक्तिको अवधारणाबाट नै वस्तुहरुका बीच आकर्षण भएको रहेछ र यही गुण या शक्तिलाई गुरुत्वाकर्षण भनिएको रहेछ । यस्तो व्याख्या माथि उद्धरण गरिएको वैशेषिक सूत्रमा स्पष्टसँग गरिएको छ ।      अब भनौं के सर आइजैक न्यूटनले १७ औं शताब्दीमा गुरुत्वाकर्षणको अवधारणालाई अगाडि ल्याएका रहेछन् कि महर्षी कणादले हजारौं वर्ष पहिले ? तर आज यसको श्रेय ? अचम्म लाग्छ जब हामिले हाम्रा पूर्वज ऋषि वैज्ञानिकहरूको देनलाई चिन्न, जान्न, बुझ्न नसक्दा । वास्तवमा सदियौं पहिले महर्षि कणादले नै गुरुत्वाकर्षण शक्तिको खोज गरेका रहेछन् । महर्षि कणादको शिक्षाले नै ब्रह्माण्डलाई नियन्त्रणमा राख्ने अद्भुत शक्तिको बारेमा अनुसन्धान गरेको रहेछ । महर्षि कणादको ग्रन्थमा दिएको ज्ञानबाट यो थाहा भयो कि न्यूटनले भनेका गतिका ३ नियम त सदियौं पहिले महर्षी कणादले दिइसकेका रहेछन् । आजको सभ्यताको आधुनिक ज्ञान भनेको त हाम्रा ऋषिहरूले हजारौं वर्ष पहिले नै प्रतिपादित गरेका ज्ञानहरू पो रहेछन् । सबैको जयहोस् ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्