चैत ३ गते युनिफर्म लगाएर ड्युटी जान तयारी अवस्थामा थिएँ । विदेशको ठाउँ समयमा नै ड्युटि पुग्नैपर्ने नियम हुन्छ । यसो फेसबुक खोलेको थिएँ बनेपामा टिपरले ठक्कर दिएर आमाछोरीको मृत्युको खबरको एउटा भिडियो देखेँ । आफ्नै गाउँठाउँको घटना भएको हुनाले हत्तपत्त घरमा आमा र बुढीलाई फोन गरेँ । उहाँहरुले दुःखी हुँदै घटनाको बारेमा बताउनु भयो । विश्वासै गर्न गाह्रो भइरहेको थियो । तर, पनि आमाले भनेको कुरा कसरी विश्वास नगर्नु । मन अमिलो भयो । रिंगटा चल्यो । त्यहि ढल्छु झैं भयो । तर, सम्हालिएर पुरै भिडियो हेरेँ । जुनुले छोरीलाई बचाउन खोज्दा आफ्नो ज्यान गुमेको रहेछ । आमाको मायाँ आफ्ना सन्तानमाथि कति हुन्छ त्यो अंकगणितको हिसावले मिलाउन सक्दैन । त्यहि माया हाम्री जुनुले देखाइ र छोरीसँगै देहत्याग गरी । उसको त्याग र बलिदानको जति महिमा गाए पनि थोरै नै हुनेछ । जुनुसँग भेट नभएको वर्षौँ भइसकेको थियो । अलि अगाडि बुबा बित्नुभएको बेलामा नेपाल गएको थिएँ । त्यतिबेला उनीसँग भेट्न पाइन । फेसबुकमा कहिलेकाँहि हाइहेलो भने हुन्थ्यो । एक्कासी उनको मृत्युको खबर सुन्दा यो मन पत्याउनै मानिरहेको थिएन । पत्याउनुको विकल्प पनि थिएन । जुनुको देहान्त भएको पनि वर्षदिन बितिसकेछ । सात समुन्द्रपारीबाट वार्षिक पुन्यतिथीको अवसरमा हार्दिक श्रद्धाञ्जली जुनु । परिवारजनमा समवेदना । जुनु तिम्रो आत्माले सँधै शान्ति पाओस् हामी यहि कामना गर्दछु । (काका), हाल दुबई
