IMG-LOGO

कामरेड जलजला

 मंगल, बैशाख ९, २०८२  – मोहनविक्रम सिंह

     ‘कामरेड जलजल’ प्राक्कथनबाट सुरु हुन्छ । त्यसको पहिलो वाक्यमा नै भनिएको छ– ‘कामरेड जलजला विश्वमा अन्तर्निहित छन् र सम्पूर्ण विश्व पनि उनमा अन्तर्निहित छ ।’ त्यस सिलसिलामा अगाडि लेखिएको छ– ‘विश्व अत्यन्त विशाल छ । जलजला एकदम सूक्ष्म । एउटा सामान्य व्यक्ति तैपनि दुवैको एकअर्कामा विलय भएको छ ।’ त्यसैले उनी र विश्वका बिचमा घनिष्ट सम्बन्ध तथा दुवै एकअर्कामा अन्तरनिहित भएकाले उनलाई सही प्रकारले बुझ्न उनलाई सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । त्यसैले उपन्यासको प्रारम्भमा नै व्यक्ति र विश्वको बिचमा बुंन उनलाई सम्पूर्ण विश्वको परिपेक्ष्यमा नै बुझ्न प्रयत्न गर्नुपर्दछ । उपन्यासको सम्पूर्ण संरचना यही दार्शनिक समझदारी माथि निर्माण गरिएको छ ।      उपन्यासको प्रारम्भमा उनको परिचय दिने क्रममा यो मात्र बताइएको छैन, उनी काठमाडौँको बत्तिसपुतलीमा जन्मेकी थिइन् र चितवनको तोरिखेतमा हुर्केकी थिइन्, त्यसका साथै उनीसित सम्बन्धित यो लामो ऐतिहासिक पृष्ठभूमिमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ, उनको विकासक्रम सृष्टिको सम्पूर्ण विकासक्रमसित सम्बन्धित छ । त्यो सम्बन्ध बिग ब्याङको विस्फोटबाट तारामण्डल र ग्रहमण्डलको उत्पत्ति, जीवको उत्पत्ति, मनुष्य जातिको विकास र मनुष्य जातिको संसारका विभिन्न भागमा परिभ्रमणसित पनि जोडिएको छ । कुरा यति मात्र होइन, उनी पार्टीको पेसेवर कार्यकर्ता बनेर थबाङ गइन् र त्यहाँबाट फर्केर आएपछि उनको अजितसित प्रेम भयो । कुरा त्योभन्दा बढी र लामो छ ।      जीवको करोडौँ वर्षको विकासक्रमपछि नै मनुष्य जातिको उत्पत्ति भएको थियो । उनीहरूका बेग्लाबेग्लै प्रजाति संसारका बेग्लाबेग्लै भागमा फैलिँदै गए । उनका पुर्खाले पनि संसारका कैयन् भागको भ्रमण गर्दै नेपालमा प्रवेश गरे होलान् । सायद बेबिलोन, मेसोपोटामिया, गढवाल, कुमाउँको सुदूर पश्चिम हुँदै उनीहरू काठमाडौँको बत्तिसपुतलीमा आएर बसेका थिए होलान् ! उनी त्यो लामो विकासक्रमकी सन्तति थिइन् । जलजला मात्र होइन, संसारका साधारणभन्दा साधारण व्यक्तिको पनि त्यही प्रकारको इतिहास हुन्छ र त्यसबाट उनी पनि अपवाद छैनन् ।      काम गरेको हुन्छ । उनका लागि मिहिनेतकश जनता, पार्टी र क्रान्तिभन्दा व्यक्तिगत स्वार्थ वा महत्वाकाङ्क्षा नै प्रधान हुन्छ । पार्टी त्यो उद्देश्य पूरा गर्ने एउटा माध्यम मात्र हुन्छ । उनको सम्पूर्ण जीवनचक्र त्यही विन्दुका वरिपरि घुमिरहेको हुन्छ । प्रेम र विवाहलाई पनि उनले त्यही दृष्टिकोणले हेरिरहेका हुन्छन् । त्यसरी डा. जगदीशको माध्यमद्वारा उपन्यासमा कम्युनिस्ट आन्दोलनमा देखा पर्ने व्यक्तिवादी र अवसरवादी चरित्रमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।      उपन्यासमा चित्रण गरिएकी दिव्याले पनि कम्युनिस्ट आन्दोलनको अवसरवादी चरित्रको प्रतिनिधित्व गर्दछिन् । उनी वामपन्थी र प्रगतिशील छात्रा हुन्छिन् । उनले प्रायशः क्रान्तिकारिताको प्रदर्शन पनि गर्ने गर्दछिन् । उनमा पदको महत्वाकाङ्क्षा पनि हुन्छ । उनले आफूले नपाएको पदको पनि प्रदर्शन गरेर आत्मप्रशंसा गर्ने पनि प्रयत्न गर्दछिन् । उनमा व्यक्तिगत स्वार्थको प्रबल इच्छा हुन्छ । उनको प्रेम र विवाहको सोचाइका पछाडि पनि त्यही प्रवृत्तिले काम गरेको हुन्छ । पहिले उनले साइकिल चढ्ने एउटा केटासित प्रेम गर्छिन् तर मोटरसाइकल चढ्ने युवकसितको सम्पर्कमा आएपछि साइकिल चढ्ने केटासितको प्रेमलाई त्याग्छिन् । दिदीको मृत्युपछि उनले एउटा पञ्चे भनेर आफ्नो भिनाजुसित विवाह गर्न अस्वीकार गर्दछिन् तर पछि उनको पद, वैभव र धनसम्पत्ति देखेपछि उनीसित विवाह गर्न तयार हुन्छिन् । आफ्नी दिदीको सल्लाह मानेर, भ्रष्टाचार गरेर भिनाजुले कमाएको धनसम्पत्तिका लागि गर्व गर्दछिन् । त्यसरी उनको जीवनप्रतिको दृष्टिकोण एकदम निकृष्ट प्रकारको हुन्छ । दिव्याको त्यो उदाहरणले वामपन्थी आन्दोलनसित जोडिएका कैयौँ युवक र युवतीको मानसिकताको प्रतिनिधित्व गर्दछ ।      उपन्यासले एकातिर, सम्पूर्ण ब्रह्माण्ड, पृथ्वीका विभिन्न महाद्वीप, महासागर, विभिन्न देशको इतिहास, संस्कृति, राजनीति, आन्दोलन आदिको अध्ययन गर्ने वा उपन्यासका विभिन्न पात्रलाई त्यसरी सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ भने अर्कातिर, प्रत्येक व्यक्तिलाई उनीहरूका जीवनका विभिन्न पक्ष र मनोवैज्ञानिक विश्लेषणसमेतका आधारमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । दिव्यासितको सम्पर्कपछि विद्या रोकाको चिन्तनमा देखा परेको अन्तद्र्वन्द्व त्यसको एउटा उदाहरण हो ।      सुनन्दाको मनमा उठ्ने गरेको अन्तद्र्वन्द्वबारे पनि उपन्यासमा विस्तृत र गहन रूपले प्रकाश हालिएको छ । उनको जीवन कैयौँ प्रकारका मानसिक अन्तद्र्वन्द्वका बीचबाट नै अगाडि बढेको हुन्छ । सर्वप्रथम हरि सिंहसितको विवाहबाट बच्न आफ्ना जेठा बासित भागेर जाँदा आफ्नो हजुर बालाई छाडेर जाँदा उनलाई धेरै नै मानसिक पीडा पुगेको थियो । राधा बहनको प्रस्तावमा पर्वतारोहण र सामाजिक सेवामध्ये के रोज्ने ? त्यो निर्णयमा पुग्दा पनि उनको मनमा ठूलो अन्तद्र्वन्द्व भएको थियो । गान्धीवादको ठाउँमा माक्र्सवादी–लेनिनवादी दर्शनलाई अपनाउने बेलामा पनि उनको मनमा ठुलो अन्तद्र्वन्द्व चलेको थियो ।      डा. जगदीशसितको विवाहको प्रस्तावलाई अस्वीकार गर्ने बेलामा पनि उनी ठूलो मानसिक अन्तद्र्वन्द्वका बिचबाट जानुपरेको थियो । खास गरेर स्टालिनग्राडमा उनको मनमा त्यस प्रकारको अन्तरद्वन्द्व बढी चलेको थियो । उनलाई सबैभन्दा ठुलो पीडा जलजलाको मृत्युबाट नै पुगेको थियो । कुनै प्रेमका कारणले होइन, जलजलाको मृत्युको शोकलाई भुल््न र दिल्लीबाट टाढा हुन नै उनले डा . जगदीशको प्रेम प्रस्तावलाई स्वीकार गरेकी थिइन् । पछि उनले थाहै नपाईकन मनमनै अजितलाई प्रेम गर्न थालेकी थिइन् ।      पहिले स्वयम् उनलाई पनि आफ्नो मनको कुरा राम्ररी थाहा भएको थिएन । भेलेन्टिनाले उनलाई त्यसबारे बताएपछि नै त्यसप्रति उनको ध्यान गएको थियो र उनले भेलेन्टिनालाई यो मात्र भनेर जबाफ दिएकी थिइन् ‘सायद’ तर अजितको कुनै वास्तविक नाम र ठेगाना पनि उनलाई थाहा थिएन । उनले आफ्नै गाउँमा गएर भेडा चराउने कुरा पनि सोच्न थालेकी थिइन् तर जलजलाको मृत्युपछि अजितले लेखेको डायरी पढेपछि उनले निश्चय गरेकी थिइन्, अजितलाई जसरी पनि खोज्ने । त्यसरी उपन्यासमा गरेको त्यो चित्रणबाट सुनन्दाका मनमा उठ्ने गरेको मानसिक द्वन्द्वबारे राम्ररी थाहा हुन्छ ।      उपन्यासकी मुख्य पात्र जलजला पनि ठुलो मानसिक द्वन्द्वको बिचबाट गएको देखिन्छ । उनको र अजितका बिचमा प्रेम भयो तर त्यो प्रेम सामान्य थिएन । त्यो अत्यन्त विवादग्रस्त थियो । उनीहरू दुवै जनाले एकातिर पार्टीको पङ्क्ति र अर्कातिर, ठुलो सामाजिक दबाबको सामना गर्नुपरेको थियो । त्यो प्रेमका कारणले जलजला कति धेरै मानसिक द्वन्द्व र दबाबका बिचबाट जानुपरेको थियो, उपन्यासमा उल्लेख गरिएका जलजला र अजितका बिचका पत्रबाट राम्ररी थाहा हुन्छ तर त्यस प्रकारको स्थितिमा पनि उनीहरू दुवै जनाको एकअर्काप्रतिको प्रेम तथा पार्टी र क्रान्तिप्रतिको आस्था तथा त्याग र समर्पणको भावनामा कुनै कमी आएको थिएन । त्यो उनीहरूको प्रेमको प्रधान पक्ष थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्